Skip to main content

वाह ! बाबुराम

जेठ १४ नयाँ संविधान बनाइसक्नुपर्ने मिति तर अहिले सम्म को स्थिति हेर्दा संविधान भनेकै समय मा बन्छ भन्न मुस्किल छ !  ती ६०१ सभासद को काम बेलैमा संविधान बनाएर नेपाली जनतालाई दिनु हो । तर ती ६०१ सभासद २४-२५ दिशातर्फ फर्किएकाछन्, एउटा Dr. Baburam Bhattaraiले एकथरि भन्छ, अर्कोथरि ले अर्कै कार्यान्वायन गर्छ, अर्कोथरि विरोध जनाउँछ, अर्काथरि ले आन्दोलन गर्छ, अनि संविधानसभा को काम सबै ठप्प । कोही उद्घाटन मा व्यस्त त कोही भ्रमण गर्दैमा मस्त, संविधान बनाउने काम संवैधानिक समितिलाई, अरु को केही कामै छैन । अझ त्यति ले नपुगेर उच्चस्तरिय संयन्त्र, सबै भत्ता पकाउने विकल्पहरु !

काम केही भएको छैन, तर सभासदहरु तलब भने बुझिरहेकाछन् । संविधानसभा भवन छिरेको भएपनि तलब लिन सुहाउँथ्यो, हाजिरै नगरी पुरै तलब बुझ्छन् हाम्रा सभासद अनि नेताहरु । तर यही भिड मै माओवादी एकिकृत का वरिष्ठ नेता डा. बाबुराम भट्टराई भने अलग देखिए, उनले घोषणा गरे, गयल भएको दिन को तलब बुझ्दिन ।

पत्रिका ले समाचार लेख्यो ‘वर्ष दिन गयल भए पनि पूरै तलब बुझे सभासदहरुले’ अनि त्यसैकुरा को प्रतिक्रिया स्वरुप डा. भट्टराई ले घोषणा गरे, गयल दिन को पारिश्रमिक फिर्ता दिन्छु (बाबुरामले गयल समयको पारिश्रमिक फिर्ता गर्ने)। पक्कै पनि भट्टराई को यो कदम को सरहाना गर्नै पर्छ ।  विगत मा पनि भ्रमण भत्ता लगायत खर्च मा मितव्ययिता को उदाहरण भट्टराई ले पेश गरिसकेका छन् । एक हिसाब ले हेर्दा लाग्छ, सबै नेताहरुले भट्टराई को जस्तै काम गर्ने हो भने, देश ले केही अवश्य नै प्रगति नै गर्ने थियो ।

तर विडम्बना जुन पत्रिका मा ‘बाबुरामले गयल समयको पारिश्रमिक फिर्ता गर्ने‘ भनेर समाचार छापियो, सोही पत्रिका को त्यही अंक मै प्रमुख खबर यस्तो थियो ‘नक्कली बिल पेश गरी रकम लिन खोजे मन्त्रीहरुले’ । अब ती मन्त्रीहरुलाई के भन्ने ??? एकजना नेता छन्, जो गयल भएको समय को भत्ता बुझ्दिन भन्दैछन् अनि त्यसै भिड मा अन्य नेताहरु छन्, जो देशलाई कंगाल बनाउन लागिपरेकाछन्, नक्कली बिल पेश गरि गरि !

नेताहरु को कति आलोचना मात्रै गर्नु, उनीहरुबाट चालिएको कुनै राम्रो काम को पनि सहराना गरौँ न हैन र ?  पार्टि अनुसार उनको आफ्नो विचार छ राजनिति मा, संघियता अथवा भनौँ गणतन्त्र सम्बन्धि उनको विचार मा त सहमति जनाउन सक्दिन तर उनले चालेको यो कदमलाई भने भित्रि मन देखि नै समर्थन गर्छु । साधुवाद उनको यो कदमलाई ! वाह बाबुराम !!!

समाचार स्रोत: नागरिक दैनिक

Comments

  1. खै के खै के

    ReplyDelete
  2. 'बिरोधाभास 'March 10, 2010 at 1:14 AM

    बाबुराम पनि उही ड्याङ को मुला हो वास्तवमा....यस्कालागी उ अर्थ मन्त्री हुँदाको प्रसँग कोट्याउनु पर्ने हुन्छ। हचुवाको कुरो होइन हजार छन प्रमाणहरु....आफु popular हुन र सत्ता प्राप्तिको लागि देखावटी ढर्रा गर्छन् यि देश चुस्ने नकच्चरा ब्वासाहरु .....साबधान साथीहरु !!!

    ReplyDelete
  3. फिर्ता गरे भने त्यो राम्रो उदाहरण हुनेछ। अब हेरौं उनी आफनो वचनमा अडिन्छन् कि अडिदैनन्।

    ReplyDelete
  4. Ramro kura ta arule pani sikda hunchha ni

    ReplyDelete
  5. वैचारिक-राजनीतिक विमतिका बाबजुद राम्रो कदमको समर्थन गर्न कन्जुस्याइँ नगर्ने तपाईंको सुझबुझलाई पनि साधुवाद। आफ्ना नेतालाई ढाकछोप गर्दै बाँकी नेतालाई गाली गरेर आत्मतुष्टी लिने बानी लागेका हामीहरुमा यस्तो सुझबुझ साँच्चिकै खट्किएको देखिन्छ।

    ReplyDelete
  6. राम्रो खबर!!!
    तर यदि कुनै पनि नेतासंग नैतिकता बाकी रहेको भए उनीहरुले तलब नै लिनुहुन्न | काम नगरी झगडा मात्रै गरेर र आन्दोलन गरेर तलब लिनु कतिको नियम सङ्गत हुन्छ ??

    यी नेता भनौदाहरु हाम्रो कर तलबको रुपमा खाएर कम नगरी बस्नु नियम सङ्गत हो र ?

    ReplyDelete
  7. thikai chha doctor tapaile bhatta phirta garera ramro kam garnu bhayo dhanyabad tar ke garne tapainkaharule luter piter bhayepani khainai ra chhan tiniharulai kasari tahalagaunu hunchha.

    ReplyDelete
  8. Aba Iran Business class ma sawari bhayeko pani lekhney ki?

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post