जेठ १४ नयाँ संविधान बनाइसक्नुपर्ने मिति तर अहिले सम्म को स्थिति हेर्दा संविधान भनेकै समय मा बन्छ भन्न मुस्किल छ ! ती ६०१ सभासद को काम बेलैमा संविधान बनाएर नेपाली जनतालाई दिनु हो । तर ती ६०१ सभासद २४-२५ दिशातर्फ फर्किएकाछन्, एउटा ले एकथरि भन्छ, अर्कोथरि ले अर्कै कार्यान्वायन गर्छ, अर्कोथरि विरोध जनाउँछ, अर्काथरि ले आन्दोलन गर्छ, अनि संविधानसभा को काम सबै ठप्प । कोही उद्घाटन मा व्यस्त त कोही भ्रमण गर्दैमा मस्त, संविधान बनाउने काम संवैधानिक समितिलाई, अरु को केही कामै छैन । अझ त्यति ले नपुगेर उच्चस्तरिय संयन्त्र, सबै भत्ता पकाउने विकल्पहरु !
काम केही भएको छैन, तर सभासदहरु तलब भने बुझिरहेकाछन् । संविधानसभा भवन छिरेको भएपनि तलब लिन सुहाउँथ्यो, हाजिरै नगरी पुरै तलब बुझ्छन् हाम्रा सभासद अनि नेताहरु । तर यही भिड मै माओवादी एकिकृत का वरिष्ठ नेता डा. बाबुराम भट्टराई भने अलग देखिए, उनले घोषणा गरे, गयल भएको दिन को तलब बुझ्दिन ।
पत्रिका ले समाचार लेख्यो ‘वर्ष दिन गयल भए पनि पूरै तलब बुझे सभासदहरुले’ अनि त्यसैकुरा को प्रतिक्रिया स्वरुप डा. भट्टराई ले घोषणा गरे, गयल दिन को पारिश्रमिक फिर्ता दिन्छु (बाबुरामले गयल समयको पारिश्रमिक फिर्ता गर्ने)। पक्कै पनि भट्टराई को यो कदम को सरहाना गर्नै पर्छ । विगत मा पनि भ्रमण भत्ता लगायत खर्च मा मितव्ययिता को उदाहरण भट्टराई ले पेश गरिसकेका छन् । एक हिसाब ले हेर्दा लाग्छ, सबै नेताहरुले भट्टराई को जस्तै काम गर्ने हो भने, देश ले केही अवश्य नै प्रगति नै गर्ने थियो ।
तर विडम्बना जुन पत्रिका मा ‘बाबुरामले गयल समयको पारिश्रमिक फिर्ता गर्ने‘ भनेर समाचार छापियो, सोही पत्रिका को त्यही अंक मै प्रमुख खबर यस्तो थियो ‘नक्कली बिल पेश गरी रकम लिन खोजे मन्त्रीहरुले’ । अब ती मन्त्रीहरुलाई के भन्ने ??? एकजना नेता छन्, जो गयल भएको समय को भत्ता बुझ्दिन भन्दैछन् अनि त्यसै भिड मा अन्य नेताहरु छन्, जो देशलाई कंगाल बनाउन लागिपरेकाछन्, नक्कली बिल पेश गरि गरि !
नेताहरु को कति आलोचना मात्रै गर्नु, उनीहरुबाट चालिएको कुनै राम्रो काम को पनि सहराना गरौँ न हैन र ? पार्टि अनुसार उनको आफ्नो विचार छ राजनिति मा, संघियता अथवा भनौँ गणतन्त्र सम्बन्धि उनको विचार मा त सहमति जनाउन सक्दिन तर उनले चालेको यो कदमलाई भने भित्रि मन देखि नै समर्थन गर्छु । साधुवाद उनको यो कदमलाई ! वाह बाबुराम !!!
समाचार स्रोत: नागरिक दैनिक