Skip to main content

Happy Holidays !!!

परीक्षा सकियो, अब करिब २ हप्ता (१४ फेब्ररी सम्म) जति को बिदा पाइएको छ । विदा पाइसकेपछि, विदा त मनाउनै पर्‍यो । सायद अब, घर तिर लागिन्छ, केही दिन को लागि, त्यसपछि फेरि यही दैनिकी नै दोहोरिन्छ । अब विदा भनेपछि,  मन उडेर घर पुगिसकेको छ, केही दिन यो ब्लग बाट टाढा भइदैँछ । अब विदा हुने बित्तिकै घर गएन भने पनि, घर मा अनेक शंका गर्ने, के गर्नु ? त्यही भएर नि विदा हुने बित्तिकै लागेँ है म घर तिर ! हा हा हा

अत: यसै ब्लग मार्फत, केही दिन ब्लग रेगुलर  अपडेट हुन नसक्ने जानकारी पनि गराउँछु । यद्यपि, बुलबुल र श्रुतिसंम्बेग का अंकहरु नियमित रुप मा प्रशारण भइरहनेछन् । साथै, बिच बिच मा सकेसम्म ब्लग मा झुल्कने प्रयास गर्नेछु ।

खै, यो ईन्टरनेट को नशा भन्ने कुरा पनि अचम्म को हुने रहेछ, छोड्नै मन नलाग्ने तर के गर्नु घर तिर चलाउन मिल्दैन, अब मोबाइल मा NTC कै GPRS को साथ को आश छ, २ हप्ता को लागि ।   यहाँहरु को हरेक दिन शुभ बितोस् । Happy Hoplidays !!!

 

Happy Holidays

Comments

  1. Happy Holidays Aakar jee.
    घरतिर निकै रमाइलो गर्नुहोला, आफ्नो त जागिरमा साटिएको जिन्दगी छ, क्यार्नु !!?

    ReplyDelete
  2. लौ यो त अलिक हजम भएन नि यार । यत्तिका दिन 'aakarpost' update नहुदा त 'reader' हरुले बिर्सेंलान नी फेरी। यस्सो घरतिर बाट पनि लेख्ने गरौ न हो 'गाउँका गफसफ'.... बरु परेको म बेहोरूला । anyway, have a wonderful time bro!!!

    ReplyDelete
  3. लौ यो त अलिक हजम भएन नि यार । यत्तिका दिन 'aakarpost' update नहुदा त 'reader' हरुले बिर्सेंलान नी फेरी। यस्सो घरतिर बाट पनि लेख्ने गरौ न हो 'गाउँका गफसफ'.... बरु परेको म बेहोरूला । anyway, have a wonderful time bro!!!

    ReplyDelete
  4. Happy Holidays Aakar jee.
    घरतिर निकै रमाइलो गर्नुहोला, आफ्नो त जागिरमा साटिएको जिन्दगी छ, क्यार्नु !!?

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post