Skip to main content

Facebook Status became Colorful with Bra Color, But Why ?

करिब १-२ दिन देखि महिला साथिहरु को फेसबुक स्टाटसमा रङ (color) को नामहरु देखिन थालेको छ । हिजो कैयौँ साथिहरु को फेसबुक स्टाटस मा कलर को नाम देख्दा म तिनछक्क परेको थिँए, कसैले red, कसैले green, Facebook Status became Colorful with Bra Color, But Why ?कसैले blue, कसैले black, कसैले white, कसैले blue, कसैले pink,  त कसैले creamy  लेखेका थिए आफ्नो फेसबुक को स्टाटसमा । मलाई थाहा थिएन किन लेखेको हो, के लेखेको हो, कसको लागि लेखेको हो तर अधिकाशं को स्टाटस मा कलर को नाम मात्र भएपछि कौतुहलता जाग्नु स्वभाविक पनि हो । सायद, तपाईहरु ले पनि याद गर्नुभयो होला, प्राय महिला साथिहरु को फेसबुक स्टाटस मा कलर को नाम लेखिएको छ, अनि कति ले थाहा पाउनु भयो होला यो के हो भनेर अनि कति चाँहि अझै कुहिरो को काग नै बन्नुभएको होला । अनि सायद तपाई ले कमेन्ट गर्दा, के हो ? भनेर प्रश्न सोध्नु भएको भएपनि, जवाफ भने पाउनुभएको छैन होला । आउनुहोस्, यो विचित्र संसार मा हुने रोचक घटना अनि पराल को आगो झैँ फैलन पुगेको यो फेसबुक स्टाटस को बारेमा केही चर्चा गर्दैछु ।

ट्विटरमा आएको हिजो globalthoughtz.com को एउटा ट्विट  निकै रोचक लाग्यो । अनि हत्त न पत्त ग्लोबल थट्ज को ट्विटलाई पच्छ्याउँदै यहाँ पुगेँ Tell Me Your Bra Color; We are Fighting Breast Cancer । पहिले त शीर्षक हेर्दा लाग्यो, ह्‍या के वाहियात लेखिराको होला, तर पढ्दै गएपछि भने केही बुझ्दै गएको जस्तो लाग्यो । अनि एकपटक google पनि गरेर हेरेँ, सर्च मा यही ब्रा, कलर, फेसबुक स्टाटस अनि ब्रेस्ट क्यान्सर का नतिजाहरु माथि निस्किए । त्यसपछि यसबारेमा बुझ्न mashable.com भन्ने अर्को ब्लग पच्छयाएँ । त्यसपछि केही बुझेको जस्तो भयो ।

आखिर फेसबुक स्टाटसमा कलरहरु को नाम किन लेखियो त ?
globalthoughtz.com अनि mashable.com  लगायत का विभिन्न साइट र ब्लगहरु मा लेखिए अनुसार, "स्तन क्यान्सर (Breast Cancer) को बारेमा सचेतना जगाउन"  को लागि महिलाहरुले आफ्नो ब्रा को कलर फेसबुक स्टाटसमा लेखिरहेका छन् रे ।

यिनै साइटहरुले suggest गरेको आधारमा freep.com मा पुगेँ, त्यहाँ यस्तो लेखिएको थियो :
The color update craze was started by women in Detroit who are trying to raise awareness around Breast Cancer (though October is Breast Cancer Awareness Month).

त्यस्तै bellybeyond.blogspot.com ले आफुले फेसबुक मा यस्तो म्यासेज पाएँ भनेर लेखेकि छिन्:
Some fun is going on.... just write the color of your bra in your status. Just the color, nothing else. It will be neat to see if this will spread the wings of breast cancer awareness. It will be fun to see how long it takes before people wonder why all the girls have a color in their status... Haha .

त्यस्तै अर्चना ले आफुले फेसबुकमा यस्तो म्यासेज पाएँ भनेर आफ्नो ब्लग मा  लेखेकि छिन्:
In your FB status post the color of the bra you are wearing. Just the color, nothing else. Then send this message on to the girls in your life that you care about, leave the guys out of it, will be fun to keep them guessing when all they see are names of colors in our statuses! Do this for Breast Cancer Awareness and don't forget: FEEL YOUR BOOBIES(Girls)!


त्यस्तै mashable.com लेख्छ :
We’ve yet to dig up the real source of the trend, so if you have any information on how this got started and who’s behind it.
Facebook Status became Colorful with Bra Color, But Why
आफ्नो कुरा:
हुन त स्तन क्यान्सर को बारेमा सचेतना जगाउन को लागि ब्रा कलर लेखिएको भनिएको छ तर पनि सुरु कसले गर्‍यो भन्ने कुरा चाँहि थाहा छैन । यो कुरा कहाँ बाट कसले सुरु गर्‍यो भनेर अझसम्म पनि कसैलाई थाहा छैन । अत: लाग्छ यो कुरा पनि स्प्याम म्यासेज झैँ क्षणभर मै संसारभर फैलिएको छ । यसकिसिम का घटनाहरु पश्चिमि देशहरु मा सुरु हुनु कुनै नौलो कुरा होइन, अझ सचेतना र जागरण अभियान भनेपछि, यस्ता अजिव घटनाहरु क्षणभर मै ट्विटर अनि फेसबुक सञ्जाल मार्फत फैलिने गरेको छ ।

अनि पक्कै पनि यो फेसन कै रुपमा हिजो अधिकांश महिला साथिहरु को स्टाटस मा यी कलरका नामहरु देखिएको थियो । मलाई थाहा छैन, कति जनाले बुझेर लेखे अनि कति ले लहैलहै मा लेखे । खैर, कुरा जे भएपनि संसारभर का मान्छेहरुलाई कुरा गर्ने एउटा नयाँ बहाना बनेको छ । सबैमा यो कलर के हो भन्ने कौतुहलता जाग्ने कारण पक्कै पनि धेरै ले स्तन क्यान्सर को बारेमा त सुने होलान् तर मलाई शंकै लाग्छ कति प्रतिशत ले स्तन क्यान्सर के हो, कसरी स्तन क्यान्सर हुनसक्छ, कसरी स्तन क्यान्सर बाट  जोगिन सकिन्छ भन्ने कुरा बुझे होलान, यसो बिचार गर्दा लाग्छ ती स्टाटस लेख्नेहरु मध्ये १-२ प्रतिशत महिलाहरुले मात्र यो के रहेछ भन्ने कुरा google मा खोजेर हेरे होलान् । कहिलेकाँहि अचम्म लाग्छ हामीहरु हावा कै तालमा हो मा हो मिलाउछौँ तर गाँठि कुरा के हो थाहा नै पाउँदैनौँ। मैले पनि केही साथिहरु को स्टाटस मा कमेन्ट लेखेको थिँए, ‘जागरण अभियान’ भनेर तर अधिकांश ले मेरो कमेन्ट डिलेट गरिदिए भने, केही चाँहि आफैँले डिलेट गरिदिँए, अनि कोही चाँहि यसले कसरी थाहा पाएछ भनेर अचम्मित देखिन्थे ।

यत्ति भन्छु कि, यो अभियान ले फेसबुक बाट नै भएपनि ठूलो तरंग ल्याइदिएको छ इन्टरनेटमा । अब मेरो आग्रह छ, फेसबुक स्टाटस मा ब्रा कलर लेख्नु भन्दा, अनि फेसबुकमा कमेन्ट गरेर बस्नुभन्दा यो स्तन क्यान्सर के हो भनेर बुझ्न पट्टि लागे धेरै फाइदा हुने थियो । साथै, जे जस्तो भएपनि स्तन क्यान्सर सचेतना अभियान ले सार्थकता पाओस, अनि स्तन क्यान्सर को बृद्धिदर घटेर जाओस्, हार्दिक शुभकामना छ ।

स्तन क्यान्सर को बारेमा बुझ्नुहोस्: Breastcancer.Org


Photo Credit:
AP & http://mashable.com

Comments

  1. Aakar Post is always interesting....no doubt. And i agree with you...just don't go after rumors. Think deeply about what's going on.

    Nice post Aakar. Thumbs up!!!!

    ReplyDelete
  2. dami hai aakar.malai ta atti ramro lagyo yo post yaar.dami hai.keep it up
    suleman

    ReplyDelete
  3. Gud work aakar bro! Really a disgusting way to promote breast cancer awereness ... A bull Shit Approach!

    ReplyDelete
  4. BTW....Aakar bro le rakheko photo chahi dammi chha...hahaha

    ReplyDelete
  5. Well, In my Opinion ..
    Although I am aware of what Breast Cancer is ....I founnd the message in my inbox that put your color of lingerie and I did it so excitingly...with view that one it supports the Breast Cancer fighting campaign and the other Boys will not know and be confused abt it...

    It make me to think abt it...I dont think it is hamrful

    ReplyDelete
  6. Thanks to all.
    Well, I'ven't said its harmful...and after publishing blog I've got some message in facebook as well...and thanks to them, who have forwarded that message to me after publishing blog... But I don't think its only a issue of women...so, I'm bit pissed off because of the message conveyed in facebook. And its good that, people are getting awareness about Breast Cancer through facebook status...cool !!!

    Bro its just for awareness...and sometime we have to publish photos too man...lol... कथा ले मागे जति भन्याजस्तो हो के, यो पनि ! हा हा हा

    ReplyDelete
  7. yeap Aakar bro....Katha le mage anusar expose garekai ramrao...hamra Nepali heroine haru le ni tesai vanchann...hahaha

    ReplyDelete
  8. ए कुरा यसो रहेछ? मलाई के थाह त। हिजो मेले एक जना साथीको स्ट्याटसमा कालो रगं देखेर। के भएछ भनेर के के भनियो भनियो। लौ रमाईलो पो रहेछ त। यो फेसबुकले पनि के गर्छ गर्छ वा!!

    ReplyDelete
  9. फेसबुकले मागे जति रे !! hahaha thanx for the post !
    मेरो एक जना साथीको status चाही यस्तो थियो -

    FACEBOOK VIRUS ALERT!!!!!!!An email was sent to a girl asking her to post her Bra color purposefully.......This is a virus.Inorder to get rid of this virus please do the following steps.... Open ur Bra.Go to computer,webcam settings- enable it.record a 5 minutes movie.Finally repost it to your facebook status.Wait for ...response. If there are more than 100 comments in just 7 minutes of posting then you are free from virus else repeat the steps properly and clearly and post it again.Thank you.

    अब यस्लाई नेताको भाषणलाई तोड मरोड गरेर गलत व्याख्या गरेको भने झैँ breast cancer को कुरा चाहीँ पछी थपिए झैँ लाग्यो । तर यो आफवाह सँग breast cancer को प्रसँग जोडेर चाहीँ राम्रै काम गरे झैँ लाग्यो मलाई ।

    ReplyDelete
  10. हामि चाही के सुरु गर्नु नि अब ??

    ReplyDelete
  11. मैले पनि हिजों २-४ जना साथीहरुकोमा यो 'रंग' देखेको थिएँ फुर्सद नभएकोले के हो भनेर बुझ्न पनि भ्याएको थिइन ....कुरो यस्तो रै छ :)

    ReplyDelete
  12. मैले पनि हिजों २-४ जना साथीहरुकोमा यो 'रंग' देखेको थिएँ फुर्सद नभएकोले के हो भनेर बुझ्न पनि भ्याएको थिइन ....कुरो यस्तो रै छ :)

    ReplyDelete
  13. फेसबुकले मागे जति रे !! hahaha thanx for the post !
    मेरो एक जना साथीको status चाही यस्तो थियो -

    FACEBOOK VIRUS ALERT!!!!!!!An email was sent to a girl asking her to post her Bra color purposefully.......This is a virus.Inorder to get rid of this virus please do the following steps.... Open ur Bra.Go to computer,webcam settings- enable it.record a 5 minutes movie.Finally repost it to your facebook status.Wait for ...response. If there are more than 100 comments in just 7 minutes of posting then you are free from virus else repeat the steps properly and clearly and post it again.Thank you.

    अब यस्लाई नेताको भाषणलाई तोड मरोड गरेर गलत व्याख्या गरेको भने झैँ breast cancer को कुरा चाहीँ पछी थपिए झैँ लाग्यो । तर यो आफवाह सँग breast cancer को प्रसँग जोडेर चाहीँ राम्रै काम गरे झैँ लाग्यो मलाई ।

    ReplyDelete
  14. हामि चाही के सुरु गर्नु नि अब ??

    ReplyDelete
  15. ए कुरा यसो रहेछ? मलाई के थाह त। हिजो मेले एक जना साथीको स्ट्याटसमा कालो रगं देखेर। के भएछ भनेर के के भनियो भनियो। लौ रमाईलो पो रहेछ त। यो फेसबुकले पनि के गर्छ गर्छ वा!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post