करिब १-२ दिन देखि महिला साथिहरु को फेसबुक स्टाटसमा रङ (color) को नामहरु देखिन थालेको छ । हिजो कैयौँ साथिहरु को फेसबुक स्टाटस मा कलर को नाम देख्दा म तिनछक्क परेको थिँए, कसैले red, कसैले green,
कसैले blue, कसैले black, कसैले white, कसैले blue, कसैले pink, त कसैले creamy लेखेका थिए आफ्नो फेसबुक को स्टाटसमा । मलाई थाहा थिएन किन लेखेको हो, के लेखेको हो, कसको लागि लेखेको हो तर अधिकाशं को स्टाटस मा कलर को नाम मात्र भएपछि कौतुहलता जाग्नु स्वभाविक पनि हो । सायद, तपाईहरु ले पनि याद गर्नुभयो होला, प्राय महिला साथिहरु को फेसबुक स्टाटस मा कलर को नाम लेखिएको छ, अनि कति ले थाहा पाउनु भयो होला यो के हो भनेर अनि कति चाँहि अझै कुहिरो को काग नै बन्नुभएको होला । अनि सायद तपाई ले कमेन्ट गर्दा, के हो ? भनेर प्रश्न सोध्नु भएको भएपनि, जवाफ भने पाउनुभएको छैन होला । आउनुहोस्, यो विचित्र संसार मा हुने रोचक घटना अनि पराल को आगो झैँ फैलन पुगेको यो फेसबुक स्टाटस को बारेमा केही चर्चा गर्दैछु ।
ट्विटरमा आएको हिजो globalthoughtz.com को एउटा ट्विट निकै रोचक लाग्यो । अनि हत्त न पत्त ग्लोबल थट्ज को ट्विटलाई पच्छ्याउँदै यहाँ पुगेँ Tell Me Your Bra Color; We are Fighting Breast Cancer । पहिले त शीर्षक हेर्दा लाग्यो, ह्या के वाहियात लेखिराको होला, तर पढ्दै गएपछि भने केही बुझ्दै गएको जस्तो लाग्यो । अनि एकपटक google पनि गरेर हेरेँ, सर्च मा यही ब्रा, कलर, फेसबुक स्टाटस अनि ब्रेस्ट क्यान्सर का नतिजाहरु माथि निस्किए । त्यसपछि यसबारेमा बुझ्न mashable.com भन्ने अर्को ब्लग पच्छयाएँ । त्यसपछि केही बुझेको जस्तो भयो ।
आखिर फेसबुक स्टाटसमा कलरहरु को नाम किन लेखियो त ?
globalthoughtz.com अनि mashable.com लगायत का विभिन्न साइट र ब्लगहरु मा लेखिए अनुसार, "स्तन क्यान्सर (Breast Cancer) को बारेमा सचेतना जगाउन" को लागि महिलाहरुले आफ्नो ब्रा को कलर फेसबुक स्टाटसमा लेखिरहेका छन् रे ।
यिनै साइटहरुले suggest गरेको आधारमा freep.com मा पुगेँ, त्यहाँ यस्तो लेखिएको थियो :
The color update craze was started by women in Detroit who are trying to raise awareness around Breast Cancer (though October is Breast Cancer Awareness Month).
त्यस्तै bellybeyond.blogspot.com ले आफुले फेसबुक मा यस्तो म्यासेज पाएँ भनेर लेखेकि छिन्:
Some fun is going on.... just write the color of your bra in your status. Just the color, nothing else. It will be neat to see if this will spread the wings of breast cancer awareness. It will be fun to see how long it takes before people wonder why all the girls have a color in their status... Haha .
त्यस्तै अर्चना ले आफुले फेसबुकमा यस्तो म्यासेज पाएँ भनेर आफ्नो ब्लग मा लेखेकि छिन्:
In your FB status post the color of the bra you are wearing. Just the color, nothing else. Then send this message on to the girls in your life that you care about, leave the guys out of it, will be fun to keep them guessing when all they see are names of colors in our statuses! Do this for Breast Cancer Awareness and don't forget: FEEL YOUR BOOBIES(Girls)!
त्यस्तै mashable.com लेख्छ :
We’ve yet to dig up the real source of the trend, so if you have any information on how this got started and who’s behind it.
आफ्नो कुरा:
हुन त स्तन क्यान्सर को बारेमा सचेतना जगाउन को लागि ब्रा कलर लेखिएको भनिएको छ तर पनि सुरु कसले गर्यो भन्ने कुरा चाँहि थाहा छैन । यो कुरा कहाँ बाट कसले सुरु गर्यो भनेर अझसम्म पनि कसैलाई थाहा छैन । अत: लाग्छ यो कुरा पनि स्प्याम म्यासेज झैँ क्षणभर मै संसारभर फैलिएको छ । यसकिसिम का घटनाहरु पश्चिमि देशहरु मा सुरु हुनु कुनै नौलो कुरा होइन, अझ सचेतना र जागरण अभियान भनेपछि, यस्ता अजिव घटनाहरु क्षणभर मै ट्विटर अनि फेसबुक सञ्जाल मार्फत फैलिने गरेको छ ।
अनि पक्कै पनि यो फेसन कै रुपमा हिजो अधिकांश महिला साथिहरु को स्टाटस मा यी कलरका नामहरु देखिएको थियो । मलाई थाहा छैन, कति जनाले बुझेर लेखे अनि कति ले लहैलहै मा लेखे । खैर, कुरा जे भएपनि संसारभर का मान्छेहरुलाई कुरा गर्ने एउटा नयाँ बहाना बनेको छ । सबैमा यो कलर के हो भन्ने कौतुहलता जाग्ने कारण पक्कै पनि धेरै ले स्तन क्यान्सर को बारेमा त सुने होलान् तर मलाई शंकै लाग्छ कति प्रतिशत ले स्तन क्यान्सर के हो, कसरी स्तन क्यान्सर हुनसक्छ, कसरी स्तन क्यान्सर बाट जोगिन सकिन्छ भन्ने कुरा बुझे होलान, यसो बिचार गर्दा लाग्छ ती स्टाटस लेख्नेहरु मध्ये १-२ प्रतिशत महिलाहरुले मात्र यो के रहेछ भन्ने कुरा google मा खोजेर हेरे होलान् । कहिलेकाँहि अचम्म लाग्छ हामीहरु हावा कै तालमा हो मा हो मिलाउछौँ तर गाँठि कुरा के हो थाहा नै पाउँदैनौँ। मैले पनि केही साथिहरु को स्टाटस मा कमेन्ट लेखेको थिँए, ‘जागरण अभियान’ भनेर तर अधिकांश ले मेरो कमेन्ट डिलेट गरिदिए भने, केही चाँहि आफैँले डिलेट गरिदिँए, अनि कोही चाँहि यसले कसरी थाहा पाएछ भनेर अचम्मित देखिन्थे ।
यत्ति भन्छु कि, यो अभियान ले फेसबुक बाट नै भएपनि ठूलो तरंग ल्याइदिएको छ इन्टरनेटमा । अब मेरो आग्रह छ, फेसबुक स्टाटस मा ब्रा कलर लेख्नु भन्दा, अनि फेसबुकमा कमेन्ट गरेर बस्नुभन्दा यो स्तन क्यान्सर के हो भनेर बुझ्न पट्टि लागे धेरै फाइदा हुने थियो । साथै, जे जस्तो भएपनि स्तन क्यान्सर सचेतना अभियान ले सार्थकता पाओस, अनि स्तन क्यान्सर को बृद्धिदर घटेर जाओस्, हार्दिक शुभकामना छ ।
स्तन क्यान्सर को बारेमा बुझ्नुहोस्: Breastcancer.Org
Photo Credit:
AP & http://mashable.com