Skip to main content

3 Idiots, Chetan Bhagat and Controversy

थ्रि इडियटस् (3 Idiots), बलिउड बक्स अफिसमा सुपरहिट सावित भइसक्यो । विधु विनोड चोप्डा प्रोडक्सन को ब्यानर मा राजकुमार हिरानी ले निर्माण गरेको चलचित्र थ्रि इडियटस् संसार भर का हलहरु मा हाउसफुल का साथ चलिरहेको छ । सर्वत्र यो चलचित्र को कुरा चलिरहेको छ । कोही भन्छन्, आमिर खान को हात मा अर्को सफल चलचित्र पर्‌यो । चलचित्र त एभरेज भन्दा निकै राम्रो छ । पक्कै चलचित्र धेरै राम्रो बनेको छ, धेरै पछि हल मै गएर चलचित्र हेरेर पनि आइयो । सबैको मुख मा 'All is Well' भन्ने शब्द झुन्डिरहेको छ, त्यसबाहेक 'Give me some sun shine, give me some rain' भन्ने गित पनि धेरै को मुख मा झून्डिरहेको छ ।

कुनै चलचित्र सफल हुनलाई अभिनय देखि लगानि, निर्देशन, संगित, कथा, पटकथा सम्म राम्रो र स्तरिय हुनुपर्छ । चलचित्र ले उठान गरेको विषय हाम्रो आफ्नै समस्या हो भन्दा फरक पर्दैन । पुरातन शिक्षा प्रणाली लाई त्यागेर नयाँ शिक्षा प्रणाली अंगाल्नुपर्छ भन्ने चलचित्र को सन्देशलाई सबैभन्दा सकरात्मक पाटो मान्नुपर्छ । यो चलचित्र सुपरहिट सावित हुँदै गर्दा, यसका अभिनेता देखि निर्देशक सम्म ले वाह वाही बटुलिरहेकाछन्, तर यो चलचित्रका कथाकारलाई भने अन्याय गरिएको छ भन्दा सायद धेरैलाई पत्यार नलाग्न सक्छ ।


हो आज म यही कुरा भन्दैछु, चलचित्र हेरेर आएको खुशी आफूँसग छँदै थियो, धेरै रमाइलो र राम्रो चलचित्र हेरेर आइयो भनेर तर जब म ट्विटर मा चेतन भगत को ट्विटलाई पच्छ्याउन थालेँ, तब भने मलाई यो फिल्म को निर्माण पक्ष ले एउटा लेखक प्रति गरेको व्यवहार देखेर साह्रै दिक्क लागेर आयो । हुन त, चर्चा पहिले नै चलेको थियो, थ्रि इडियट्स चेतन भगत को उपन्यास Five Point Someone मा आधारित चलचित्र हो । चेतन भगत अहिले का भारत का जल्दाबल्दा लेखक हुन् । अझ अनि चेतन भगत कै उपन्यास मा आधारित चलचित्र भनेर, हामीलाई यो चलचित्र चाँडो हेर्न मन लागेको थियो, साथ मा आमिर खान अभिनित चलचित्र राम्रो हुन्छ भन्ने विश्वास त छँदैथियो ।

अब मैले थाहा पाइसकेको छु, चलचित्र 3 Idiots, चेतन भगत कै उपन्यास Five Point Someone मा आधारित चलचित्र हो भनेर तर यहीँ आएर चलचित्र निर्माण पक्ष ले बेइमानी गरेको छ । चलचित्र निर्माण कम्पनी ले चेतन भगतलाई कुनै क्रेडिट दिएको छैन । कहिलेकाँहि सुनिन्थ्यो कथा चोरेर फिल्म बनायो तर यो सन्दर्भ मा निर्माण पक्ष कै डाको ठूलो छ, उनीहरु भन्छन् यो बिल्कुल हाम्रै कथा हो, त्यो उपन्यास सँग २-५ प्रतिशत सम्म मिल्न पुगेको मात्र हो । तर जब की ७० प्रतिशत भन्दा बढि कुराहरु Five Point Someone उपन्यास कै छन् । चेतन भगत, चलचित्र निर्माण पक्ष को नराम्रो चगुंल मा परेकाछन् । विगत २ वर्ष देखि चेतन भगत कै उपन्यास मा चलचित्र बन्दैछ भनेर सर्वत्र चर्चा हुँदा चेतन चुप नै थिए तर अहिले चलचित्र रिलिज भएपछि उत्साही भएका चेतन, चलचित्र निर्माण पक्ष ले कुनै क्रेडिट नदिएपछि, निकै रुष्ट भएकाछन् । फलस्वरुप केयौँ दिन देखि चुप रहेका चेतन भगत ले आज आफ्नो ब्लग मार्फत 3 Idiots चलचित्र आफ्नै उपन्यास Five Point Someone मा आधारित चलचित्र हो भनेर लेखेका छन् ।

आफ्नो ब्लग मा चेतन भगत लेख्छन् : 3 Idiots को कथा को बारेमा धेरै टिका टिप्पणी हुन थालेकोले, सबैलाई कुरा प्रष्ट होस् भन्ने सोचेर आज म ब्लग मा यी केही कुराहरु प्रष्ट गर्दैछु । चलचित्र निर्माण पक्ष ले आफूलाई अन्याय गरेको बताउँदै चेतन अगाडि लेख्छन्: मेरो उपन्यास को ७० प्रतिशत भन्दा कथा त्यो चलचित्र मा छन्, चलचित्र का दृश्य देखि लिएर, चलचित्र मा आउने हरेक ट्विस्टहरु, पात्रहरु मेरै उपन्यासमा आधारित छन् । मैले भन्दैमा विश्वास नगर्नुहोस्, तर मेरो उपन्यास पढेकाहरु लाई यो कुरा पक्कै थाहा छ ।



ब्लग मा उनी अगाडि लेख्छन्, निर्माण पक्ष ले पहिले 'Based on a novel by' भनेर क्रेडिट दिने कन्ट्राक्ट गरेको थियो । तर पछि उनीहरु ले बारम्बार प्रेसर दिएर 'nitiated by' राख्छु भन्न थाले, जुन आफैँ मा आश्चर्यजनक कुरा हो । अनि चेतन ले भनेछन्, मेरै कथा मै उपन्यास बन्ने भए नि केही छैन । यो हिसाब ले हेर्दा लाग्छ, निर्माण पक्ष ले निकै चलाखिपुर्वक चेतन भगतलाई लोप्पा खुवाइदिएछन् । पहिले अलि अलि मात्र प्रेरित हुने जस्तो कुरा गरेर पछि सबै त्यही उपन्यास मै आधारित भएर चलचित्र बनाइदिएछन्, 'एकदम, विल्कुल, फरक नयाँ कथा' भन्दै ।

चलचित्र रिलिज हुनुपर्व गरिने प्रिमियर मा पनि चेतनलाई सहभागि गराइएनछ, उनी लेख्छन् निर्माण पक्ष ले मलाई पहिले चलचित्र देखाएन, उनीहरु ले त आफ्नो चलचित्र को फाइनल स्कृप्ट सम्म देखाएनन् । ब्लग मै उनी फेरी लेख्छन्, चलचित्र रिलिज हुनुपुर्व चलचित्र कम्पनी ले आफूलाई कम्पनी मा बोलाएर, हात मा हात मिलाउँ भने, उनीहरुले भने हामीले बिल्कुल नयाँ कथा मा चलचित्र बनाएका छौँ, यसमा तपाई को कथा बाट २-३ प्रतिशत जति प्रभावित छ, हामी लेखकलाई मार्दैनौँ भनेर चिल्लो कुरा गरे तर रिलिज पुर्व चलचित्र भने देखाएनन् । त्यही पनि त्यति राम्रो कुरा उनीहरुले गरेपछि चेतन ले पत्याएछन् तर जब चलचित्र हेरे, तब हरेक दृश्य र पात्रहरु मिल्न थाले पछि उनलाई आफू ठगिएको थाहा भयो । आफ्नी आमाले चलचित्र हेर्दा, आफ्नो छोरा को नाम कतै उल्लेख नभएको देखेर आफ्नी आमा रोएको कुरा समेत भगत ले आफ्नो ब्लग मा लेखेकाछन् ।

चलचित्र मा सबैलाई क्रेडिट दिइएको रहेछ तर आफूलाई क्रेडिट दिएनन्, केही समय पहिले अफिस मा बोलाएर गरेको कुरा त 'सफेद झुट' रहेछ भन्ने कुरा भगतलाई चलचित्र मा आफ्नो उपस्थिति नदेखेपछि थाहा भयो । घर का अन्य सदस्यहरु ले पनि भगतलाई क्रेडिट नदिएको प्रति आश्चार्यचकित भएछन् । सायद यो भन्दा ठूलो अन्याय केही हुँदैन जसले 'सफेद झुट' बोल्छ । भगत अगाडि लेख्छन्, चलचित्र को रिलिज सँगै मेरा पाठकहरु को ईमेल, ट्विट र म्यासेज ले मेरा ईनबक्सहरु फुल भए तर चलचित्र निर्माण पक्ष ले म सँग ठूलो खेल खेल्यो । उनीहरुले मलाई क्रेडिट दिएनन्, सायद नयाँ कथा भनेर आफूहरु एवार्ड थाप्ने धुन मा छन् ।

ब्लग को अन्त्य मा ४ वटा पोइन्ट मा आफ्ना कुराहरु राखेका छन् । उनले लेखेका छन्, आमिरखान लाई यसबारे मा थाहा थिएन,तर निर्माण कम्पनी ले उनलाई मेरो किताब नपढ्न सुझाव दिएको थियो र आमिर ले पढेनन् पनि । अर्को पोइन्ट मा लेख्छन्, यो उपन्यास या भनौँ चेतन भगत ले यो कथा एवार्ड को लागि लेखेको थिएन, यो त शिक्षा प्रणाली परिवर्तन हुनुपर्छ भन्न को लागि लेखिएको थियो । अर्को पोइन्ट मा लेख्छन्, मलाई उनीहरु बाट केही चाँहिदैन, कथा को क्रेडिट उनीहरु नै लिउन्, उनीहरु खुशि रहुन् । अर्को मा पोइन्ट मा लेख्छन्, उनीहरु पैसा भएका मान्छेहरु, उनीहरु सँग पहुँच छ जति प्रचार प्रसार गरुन्, आखिर मेरा पाठकहरु लाई थाहा छ सत्य के हो ? पाण्डव र कौरब को उदाहरण दिँदै भन्छन्, कौरब सँग कति सेना थए, अनि आखिर कसले युद्ध जित्यो !

अन्तिम मा चेतन भगत लेख्छन्, केहिले मलाई चुप लागेरै बस भनेका थिए, बलिउड यस्तै हो भनेका थिए अनि म पनि चुप नै बस्न खोजेको थिँए तर सकिन । म भन्छु मान्छेहेरेर कुरा नगर्नुस्, एकपटक किताब पढ्नुस अनि मुभि हेर्नुहोस् सत्य तपाईका आँखा अगाडि हुनेछ । उनले अन्तिम मा मिडिया मा यो कुराहरु खोतल्ने पत्रकारहरु लाई पनि धन्यवाद दिएकाछन् । अनि भनेका छन्, म सदा सर्वदा सत्य कै पक्ष मा हुनेछु ।
--------------------------
आज एकाबिहानै  ट्विटर मा चेतन भगत ले लेखेका थिए, It's all over so have to explain - the 3idiots credit issue - see http://www.chetanbhagat.com/blog/ । अनि उनको ब्लग हत्तपत्त हेरेँ । बडो नमज्जा लाग्यो, एउटा लेखकलाई यस्तो गरिएको कुराहरु मैले कथा मा मात्र पढेको थिँए तर एउटा सफल लेखकलाई पनि यति सम्म गरिएला भनेर सोचेको चाँहि थिएन । खैर, चलचित्र हिट भइसकेको छ, अनि चेतन भगत को उपन्यास Five Point Someone कै आधार मा यो फिल्म बनेको छ ।  चेतन को ब्लग हेर्दा लाग्छ उनी कानुनी उपचार मा जाँदैनन् तर पनि यत्ति चाँहि भन्छु कि, फिल्म निर्माण पक्ष ले चेतन लाई नराम्रो सँग ठगेछन् । आशा गरौँ, चेतन ले आफ्नो काम अनुसार को क्रेडिट लिन सकुन चलचित्रबाट !

चेतन भगत को ब्लग पढ्नुहोस्, सायद धेरै कुरा प्रस्ट होला !
Chetan Bhagat's Blog: A book, a film and the truth

Comments

  1. Dammi chha bro..Keep rocking in 2010 too. A new year ahead waits more from ur side. Happy Blogging year 2010.

    ReplyDelete
  2. मैले पनि यो फिल्म हेरे। कथा र बिषय वस्तु निकै राम्रो छ। सफल फिल्म बनेको कुरा त शंकानै छैन। तर आज जुन कुरा थाह पाए चेतन भगतको बारेमा यस्ले निकै दुखी तुल्यायो। प्रश्ट भन्न पर्दा एउटा चोरी गरिएको सुन्दर हिराको माला लगाउदा खुसी लागेको रहेछ। यस्ता चोरहरुको यती ठूलो र खुल्लम्खुल्ला बिगबगी हुदो रहेछ।

    ReplyDelete
  3. दु:ख लाग्दो कुरा हो। आशा गरौं, चेतन भगतसंगको यो ब्यबहारपछि अरु लेखकहरु सचेत हुनेछन् र भविष्यमा यस्ता शोषण देखिनेछैनन्।

    ReplyDelete
  4. While working in the office I got the book FPS in my hand and the cover of the book (in the first edition there is written meaning of friends in dictionary style) made me to read the blurb and the first few pages and that made me to read the whole book and I became fan of Chetan Bhagat. It was his first book.

    I had been blogging then and by chance I got his blog in rediffblog and I used to visit his blog regularly. I came to know about his new book and had been waiting for that eagerly. And as soon as his 2nd book and 3rd book came out I read it. And regarding the 4th book 2 States, yet I've to get a signed copy to read it.

    I'm his big fan and I also have been waiting for the film to release and I saw the film yesterday and it was great surprise since starting of the film to till the end. This film is not completely based on FPS but also no one who has read the book would deny that the story is not taken from the CB's FPS.

    If Chatan Bhagat, India's Bestseller Author could be cheated than what would be the up coming and struggling writers and ordinary people.

    And whatever happened an example of a very bad trend in the bollywood and around the world.

    J

    ReplyDelete
  5. I think the credit must be given to the original writer also...

    ReplyDelete
  6. I think the credit must be given to the original writer also...

    ReplyDelete
  7. मैले पनि यो फिल्म हेरे। कथा र बिषय वस्तु निकै राम्रो छ। सफल फिल्म बनेको कुरा त शंकानै छैन। तर आज जुन कुरा थाह पाए चेतन भगतको बारेमा यस्ले निकै दुखी तुल्यायो। प्रश्ट भन्न पर्दा एउटा चोरी गरिएको सुन्दर हिराको माला लगाउदा खुसी लागेको रहेछ। यस्ता चोरहरुको यती ठूलो र खुल्लम्खुल्ला बिगबगी हुदो रहेछ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

SLC Result 2067/2068 Published : Check SLC Result 2067

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Monday published the results of the School Leaving Certificate (SLC) 2067 examinations held last year. Under the regular category, a total of 2,20,766 students passed the exams, with pass percentage standing at 55.5, the OCE said in a press statement. Among them 1,24,305 are boys and 96,461 are girls. Of those passing the iron gate, 23,0499 achieved distinction marks; 82,619 passed in the first division; 1,09795 second division and the rest in 8241 third division. As many as 4,54,022 students had appeared in the exams conducted in March this year. Likewise, under the exempted category, 9733 students passed the exams with the pass percentage of 17.30. Combining both the categories 2,30,509 students made it through the iron gate. via ~ The Himalayan Times We have uploaded SLC Result 2067 in .txt  and .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who...

Subscribe to Aakar Post