Skip to main content

3 Idiots, Chetan Bhagat and Controversy

थ्रि इडियटस् (3 Idiots), बलिउड बक्स अफिसमा सुपरहिट सावित भइसक्यो । विधु विनोड चोप्डा प्रोडक्सन को ब्यानर मा राजकुमार हिरानी ले निर्माण गरेको चलचित्र थ्रि इडियटस् संसार भर का हलहरु मा हाउसफुल का साथ चलिरहेको छ । सर्वत्र यो चलचित्र को कुरा चलिरहेको छ । कोही भन्छन्, आमिर खान को हात मा अर्को सफल चलचित्र पर्‌यो । चलचित्र त एभरेज भन्दा निकै राम्रो छ । पक्कै चलचित्र धेरै राम्रो बनेको छ, धेरै पछि हल मै गएर चलचित्र हेरेर पनि आइयो । सबैको मुख मा 'All is Well' भन्ने शब्द झुन्डिरहेको छ, त्यसबाहेक 'Give me some sun shine, give me some rain' भन्ने गित पनि धेरै को मुख मा झून्डिरहेको छ ।

कुनै चलचित्र सफल हुनलाई अभिनय देखि लगानि, निर्देशन, संगित, कथा, पटकथा सम्म राम्रो र स्तरिय हुनुपर्छ । चलचित्र ले उठान गरेको विषय हाम्रो आफ्नै समस्या हो भन्दा फरक पर्दैन । पुरातन शिक्षा प्रणाली लाई त्यागेर नयाँ शिक्षा प्रणाली अंगाल्नुपर्छ भन्ने चलचित्र को सन्देशलाई सबैभन्दा सकरात्मक पाटो मान्नुपर्छ । यो चलचित्र सुपरहिट सावित हुँदै गर्दा, यसका अभिनेता देखि निर्देशक सम्म ले वाह वाही बटुलिरहेकाछन्, तर यो चलचित्रका कथाकारलाई भने अन्याय गरिएको छ भन्दा सायद धेरैलाई पत्यार नलाग्न सक्छ ।


हो आज म यही कुरा भन्दैछु, चलचित्र हेरेर आएको खुशी आफूँसग छँदै थियो, धेरै रमाइलो र राम्रो चलचित्र हेरेर आइयो भनेर तर जब म ट्विटर मा चेतन भगत को ट्विटलाई पच्छ्याउन थालेँ, तब भने मलाई यो फिल्म को निर्माण पक्ष ले एउटा लेखक प्रति गरेको व्यवहार देखेर साह्रै दिक्क लागेर आयो । हुन त, चर्चा पहिले नै चलेको थियो, थ्रि इडियट्स चेतन भगत को उपन्यास Five Point Someone मा आधारित चलचित्र हो । चेतन भगत अहिले का भारत का जल्दाबल्दा लेखक हुन् । अझ अनि चेतन भगत कै उपन्यास मा आधारित चलचित्र भनेर, हामीलाई यो चलचित्र चाँडो हेर्न मन लागेको थियो, साथ मा आमिर खान अभिनित चलचित्र राम्रो हुन्छ भन्ने विश्वास त छँदैथियो ।

अब मैले थाहा पाइसकेको छु, चलचित्र 3 Idiots, चेतन भगत कै उपन्यास Five Point Someone मा आधारित चलचित्र हो भनेर तर यहीँ आएर चलचित्र निर्माण पक्ष ले बेइमानी गरेको छ । चलचित्र निर्माण कम्पनी ले चेतन भगतलाई कुनै क्रेडिट दिएको छैन । कहिलेकाँहि सुनिन्थ्यो कथा चोरेर फिल्म बनायो तर यो सन्दर्भ मा निर्माण पक्ष कै डाको ठूलो छ, उनीहरु भन्छन् यो बिल्कुल हाम्रै कथा हो, त्यो उपन्यास सँग २-५ प्रतिशत सम्म मिल्न पुगेको मात्र हो । तर जब की ७० प्रतिशत भन्दा बढि कुराहरु Five Point Someone उपन्यास कै छन् । चेतन भगत, चलचित्र निर्माण पक्ष को नराम्रो चगुंल मा परेकाछन् । विगत २ वर्ष देखि चेतन भगत कै उपन्यास मा चलचित्र बन्दैछ भनेर सर्वत्र चर्चा हुँदा चेतन चुप नै थिए तर अहिले चलचित्र रिलिज भएपछि उत्साही भएका चेतन, चलचित्र निर्माण पक्ष ले कुनै क्रेडिट नदिएपछि, निकै रुष्ट भएकाछन् । फलस्वरुप केयौँ दिन देखि चुप रहेका चेतन भगत ले आज आफ्नो ब्लग मार्फत 3 Idiots चलचित्र आफ्नै उपन्यास Five Point Someone मा आधारित चलचित्र हो भनेर लेखेका छन् ।

आफ्नो ब्लग मा चेतन भगत लेख्छन् : 3 Idiots को कथा को बारेमा धेरै टिका टिप्पणी हुन थालेकोले, सबैलाई कुरा प्रष्ट होस् भन्ने सोचेर आज म ब्लग मा यी केही कुराहरु प्रष्ट गर्दैछु । चलचित्र निर्माण पक्ष ले आफूलाई अन्याय गरेको बताउँदै चेतन अगाडि लेख्छन्: मेरो उपन्यास को ७० प्रतिशत भन्दा कथा त्यो चलचित्र मा छन्, चलचित्र का दृश्य देखि लिएर, चलचित्र मा आउने हरेक ट्विस्टहरु, पात्रहरु मेरै उपन्यासमा आधारित छन् । मैले भन्दैमा विश्वास नगर्नुहोस्, तर मेरो उपन्यास पढेकाहरु लाई यो कुरा पक्कै थाहा छ ।



ब्लग मा उनी अगाडि लेख्छन्, निर्माण पक्ष ले पहिले 'Based on a novel by' भनेर क्रेडिट दिने कन्ट्राक्ट गरेको थियो । तर पछि उनीहरु ले बारम्बार प्रेसर दिएर 'nitiated by' राख्छु भन्न थाले, जुन आफैँ मा आश्चर्यजनक कुरा हो । अनि चेतन ले भनेछन्, मेरै कथा मै उपन्यास बन्ने भए नि केही छैन । यो हिसाब ले हेर्दा लाग्छ, निर्माण पक्ष ले निकै चलाखिपुर्वक चेतन भगतलाई लोप्पा खुवाइदिएछन् । पहिले अलि अलि मात्र प्रेरित हुने जस्तो कुरा गरेर पछि सबै त्यही उपन्यास मै आधारित भएर चलचित्र बनाइदिएछन्, 'एकदम, विल्कुल, फरक नयाँ कथा' भन्दै ।

चलचित्र रिलिज हुनुपर्व गरिने प्रिमियर मा पनि चेतनलाई सहभागि गराइएनछ, उनी लेख्छन् निर्माण पक्ष ले मलाई पहिले चलचित्र देखाएन, उनीहरु ले त आफ्नो चलचित्र को फाइनल स्कृप्ट सम्म देखाएनन् । ब्लग मै उनी फेरी लेख्छन्, चलचित्र रिलिज हुनुपुर्व चलचित्र कम्पनी ले आफूलाई कम्पनी मा बोलाएर, हात मा हात मिलाउँ भने, उनीहरुले भने हामीले बिल्कुल नयाँ कथा मा चलचित्र बनाएका छौँ, यसमा तपाई को कथा बाट २-३ प्रतिशत जति प्रभावित छ, हामी लेखकलाई मार्दैनौँ भनेर चिल्लो कुरा गरे तर रिलिज पुर्व चलचित्र भने देखाएनन् । त्यही पनि त्यति राम्रो कुरा उनीहरुले गरेपछि चेतन ले पत्याएछन् तर जब चलचित्र हेरे, तब हरेक दृश्य र पात्रहरु मिल्न थाले पछि उनलाई आफू ठगिएको थाहा भयो । आफ्नी आमाले चलचित्र हेर्दा, आफ्नो छोरा को नाम कतै उल्लेख नभएको देखेर आफ्नी आमा रोएको कुरा समेत भगत ले आफ्नो ब्लग मा लेखेकाछन् ।

चलचित्र मा सबैलाई क्रेडिट दिइएको रहेछ तर आफूलाई क्रेडिट दिएनन्, केही समय पहिले अफिस मा बोलाएर गरेको कुरा त 'सफेद झुट' रहेछ भन्ने कुरा भगतलाई चलचित्र मा आफ्नो उपस्थिति नदेखेपछि थाहा भयो । घर का अन्य सदस्यहरु ले पनि भगतलाई क्रेडिट नदिएको प्रति आश्चार्यचकित भएछन् । सायद यो भन्दा ठूलो अन्याय केही हुँदैन जसले 'सफेद झुट' बोल्छ । भगत अगाडि लेख्छन्, चलचित्र को रिलिज सँगै मेरा पाठकहरु को ईमेल, ट्विट र म्यासेज ले मेरा ईनबक्सहरु फुल भए तर चलचित्र निर्माण पक्ष ले म सँग ठूलो खेल खेल्यो । उनीहरुले मलाई क्रेडिट दिएनन्, सायद नयाँ कथा भनेर आफूहरु एवार्ड थाप्ने धुन मा छन् ।

ब्लग को अन्त्य मा ४ वटा पोइन्ट मा आफ्ना कुराहरु राखेका छन् । उनले लेखेका छन्, आमिरखान लाई यसबारे मा थाहा थिएन,तर निर्माण कम्पनी ले उनलाई मेरो किताब नपढ्न सुझाव दिएको थियो र आमिर ले पढेनन् पनि । अर्को पोइन्ट मा लेख्छन्, यो उपन्यास या भनौँ चेतन भगत ले यो कथा एवार्ड को लागि लेखेको थिएन, यो त शिक्षा प्रणाली परिवर्तन हुनुपर्छ भन्न को लागि लेखिएको थियो । अर्को पोइन्ट मा लेख्छन्, मलाई उनीहरु बाट केही चाँहिदैन, कथा को क्रेडिट उनीहरु नै लिउन्, उनीहरु खुशि रहुन् । अर्को मा पोइन्ट मा लेख्छन्, उनीहरु पैसा भएका मान्छेहरु, उनीहरु सँग पहुँच छ जति प्रचार प्रसार गरुन्, आखिर मेरा पाठकहरु लाई थाहा छ सत्य के हो ? पाण्डव र कौरब को उदाहरण दिँदै भन्छन्, कौरब सँग कति सेना थए, अनि आखिर कसले युद्ध जित्यो !

अन्तिम मा चेतन भगत लेख्छन्, केहिले मलाई चुप लागेरै बस भनेका थिए, बलिउड यस्तै हो भनेका थिए अनि म पनि चुप नै बस्न खोजेको थिँए तर सकिन । म भन्छु मान्छेहेरेर कुरा नगर्नुस्, एकपटक किताब पढ्नुस अनि मुभि हेर्नुहोस् सत्य तपाईका आँखा अगाडि हुनेछ । उनले अन्तिम मा मिडिया मा यो कुराहरु खोतल्ने पत्रकारहरु लाई पनि धन्यवाद दिएकाछन् । अनि भनेका छन्, म सदा सर्वदा सत्य कै पक्ष मा हुनेछु ।
--------------------------
आज एकाबिहानै  ट्विटर मा चेतन भगत ले लेखेका थिए, It's all over so have to explain - the 3idiots credit issue - see http://www.chetanbhagat.com/blog/ । अनि उनको ब्लग हत्तपत्त हेरेँ । बडो नमज्जा लाग्यो, एउटा लेखकलाई यस्तो गरिएको कुराहरु मैले कथा मा मात्र पढेको थिँए तर एउटा सफल लेखकलाई पनि यति सम्म गरिएला भनेर सोचेको चाँहि थिएन । खैर, चलचित्र हिट भइसकेको छ, अनि चेतन भगत को उपन्यास Five Point Someone कै आधार मा यो फिल्म बनेको छ ।  चेतन को ब्लग हेर्दा लाग्छ उनी कानुनी उपचार मा जाँदैनन् तर पनि यत्ति चाँहि भन्छु कि, फिल्म निर्माण पक्ष ले चेतन लाई नराम्रो सँग ठगेछन् । आशा गरौँ, चेतन ले आफ्नो काम अनुसार को क्रेडिट लिन सकुन चलचित्रबाट !

चेतन भगत को ब्लग पढ्नुहोस्, सायद धेरै कुरा प्रस्ट होला !
Chetan Bhagat's Blog: A book, a film and the truth

Comments

  1. Dammi chha bro..Keep rocking in 2010 too. A new year ahead waits more from ur side. Happy Blogging year 2010.

    ReplyDelete
  2. मैले पनि यो फिल्म हेरे। कथा र बिषय वस्तु निकै राम्रो छ। सफल फिल्म बनेको कुरा त शंकानै छैन। तर आज जुन कुरा थाह पाए चेतन भगतको बारेमा यस्ले निकै दुखी तुल्यायो। प्रश्ट भन्न पर्दा एउटा चोरी गरिएको सुन्दर हिराको माला लगाउदा खुसी लागेको रहेछ। यस्ता चोरहरुको यती ठूलो र खुल्लम्खुल्ला बिगबगी हुदो रहेछ।

    ReplyDelete
  3. दु:ख लाग्दो कुरा हो। आशा गरौं, चेतन भगतसंगको यो ब्यबहारपछि अरु लेखकहरु सचेत हुनेछन् र भविष्यमा यस्ता शोषण देखिनेछैनन्।

    ReplyDelete
  4. While working in the office I got the book FPS in my hand and the cover of the book (in the first edition there is written meaning of friends in dictionary style) made me to read the blurb and the first few pages and that made me to read the whole book and I became fan of Chetan Bhagat. It was his first book.

    I had been blogging then and by chance I got his blog in rediffblog and I used to visit his blog regularly. I came to know about his new book and had been waiting for that eagerly. And as soon as his 2nd book and 3rd book came out I read it. And regarding the 4th book 2 States, yet I've to get a signed copy to read it.

    I'm his big fan and I also have been waiting for the film to release and I saw the film yesterday and it was great surprise since starting of the film to till the end. This film is not completely based on FPS but also no one who has read the book would deny that the story is not taken from the CB's FPS.

    If Chatan Bhagat, India's Bestseller Author could be cheated than what would be the up coming and struggling writers and ordinary people.

    And whatever happened an example of a very bad trend in the bollywood and around the world.

    J

    ReplyDelete
  5. I think the credit must be given to the original writer also...

    ReplyDelete
  6. I think the credit must be given to the original writer also...

    ReplyDelete
  7. मैले पनि यो फिल्म हेरे। कथा र बिषय वस्तु निकै राम्रो छ। सफल फिल्म बनेको कुरा त शंकानै छैन। तर आज जुन कुरा थाह पाए चेतन भगतको बारेमा यस्ले निकै दुखी तुल्यायो। प्रश्ट भन्न पर्दा एउटा चोरी गरिएको सुन्दर हिराको माला लगाउदा खुसी लागेको रहेछ। यस्ता चोरहरुको यती ठूलो र खुल्लम्खुल्ला बिगबगी हुदो रहेछ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post