जनैपूर्णिमा तथा रक्षाबन्धन को अवसरमा यहाँहरु सबैलाई सुस्वास्थ्य र दिर्घायु को कामना सहित हार्दिक शुभकामना !
जनैपूर्णिमा तथा रक्षाबन्धन को लागि आज, यहाँ नजिकै रहेको गोसाइस्थान गइएको थियो । वनेपा र धुलिखेल बिच २८ किलो भन्ने ठाउँबाट करिब १५-२० मिनेट उकालो चढेर गोसाइस्थान पुग्न सकिन्छ । यो ठाउँ, तालु डाँडा को नाम ले पनि चिनिने गरिन्छ । गोसाइस्थान मा विभिन्न चाडपर्वहरुमा मेला लाग्नेगर्दछ । गोसाइस्थान मा पुजाआजा गर्न तथा रक्षाबन्धन बाँध्न को लागि, काठमाडौँ, धुलिखेल, वनेपा, पनौती लगायत का विभिन्न ठाउँहरुबाट भक्तजनहरु आएकारहेछन् । रसुवा को गोसाइकुण्ड मा झैँ यहाँ पनि गोसाइस्थानमा भक्तजनहरु को ठूलो घुँइचो थियो । यही जनैपूर्णिमा र रक्षाबन्धन को अवसरमा, गोसाइस्थान मा लिइएका केही तस्विरहरु यहाँ राख्दैछु ।

झाँक्रिहरु ढ्याङ्ग्रो ठोक्दै, काम्दै, उफ्रदैछन् ! (छेउमा यसो नजिकै पुगेको थिँए, रक्सी को गन्ध ह्वास्स नाकमा पर्यो)

कमाइगर्ने मौसम, सबै बाहुनहरु डोरो र जनै लिएर बसेका छन्, उनीहरुलाई भ्याइनभ्याइ छ । (भक्तजनभन्दा बाहुन धेरै होलान् भन्ने पिर)