Skip to main content

जनैपूर्णिमा तथा रक्षाबन्धन @ गोसाईस्थान

जनैपूर्णिमा तथा रक्षाबन्धन को अवसरमा यहाँहरु सबैलाई सुस्वास्थ्य र दिर्घायु को कामना सहित हार्दिक शुभकामना !

जनैपूर्णिमा तथा रक्षाबन्धन को लागि आज, यहाँ नजिकै रहेको गोसाइस्थान गइएको थियो । वनेपा र धुलिखेल बिच २८ किलो भन्ने ठाउँबाट करिब १५-२० मिनेट उकालो चढेर गोसाइस्थान पुग्न सकिन्छ । यो ठाउँ, तालु डाँडा को नाम ले पनि चिनिने गरिन्छ । गोसाइस्थान मा विभिन्न चाडपर्वहरुमा मेला लाग्नेगर्दछ । गोसाइस्थान मा पुजाआजा गर्न तथा रक्षाबन्धन बाँध्न को लागि, काठमाडौँ, धुलिखेल, वनेपा, पनौती लगायत का विभिन्न ठाउँहरुबाट भक्तजनहरु आएकारहेछन् । रसुवा को गोसाइकुण्ड मा झैँ यहाँ पनि गोसाइस्थानमा भक्तजनहरु को ठूलो घुँइचो थियो । यही जनैपूर्णिमा र रक्षाबन्धन को अवसरमा, गोसाइस्थान मा लिइएका केही तस्विरहरु यहाँ राख्दैछु ।





मन्दिर मा भित्र छिर्न र बाहिर निस्कन भक्तजनहरु को भिड ।


पैसो खोज्दैछन्, पानीभित्र चुम्बक बाँधिएको बल्छि थापेर !




झाँक्रिहरु ढ्याङ्ग्रो ठोक्दै, काम्दै, उफ्रदैछन् ! (छेउमा यसो नजिकै पुगेको थिँए, रक्सी को गन्ध ह्‍वास्स नाकमा पर्‍यो)


भ्याइनभ्याई छ, बाहुन बाजे लाई ! (डोरो बाँधिसकेपछि, टिका लगाइदिँदै)


पोखरी भित्र यहाँ पनि मुर्ति छ, सबैजना जल चढाउँदारहेछन् ।


कोही जल चढाउँदै, कोही पैसो खोज्दै !




कमाइगर्ने मौसम, सबै बाहुनहरु डोरो र जनै लिएर बसेका छन्, उनीहरुलाई भ्याइनभ्याइ छ । (भक्तजनभन्दा बाहुन धेरै होलान् भन्ने पिर)


पोखरी को डिल वरिपरि बसेर जल चढाउँदैछन् ।


माला, प्रसाद, सबै पाइन्छ यहाँ !


भट्टिदेखि, लङ्गुरबुर्जा सम्म छ, यही भिडभित्र !




सल्लाघारी भित्र रहेको गोसाइस्थान रमाइलो छ नि !

Comments

  1. ओ आकार ब्रो जनै साच्चै फेरेको भए आज चाँही भेज म म खाउँ है..बिर्सेंला फेरी

    ReplyDelete
  2. रसुवा को गोसाइकुण्डको बारेमा त सुनेको हो तर वनेपा र धुलिखेलको बिचमा पनि गोसाइस्थान रहेछ भनेर, त मलाई आजनै तपाँईको टाँसो बाट थाहा भयो।
    यति राम्रो प्रस्तुती अनी जानकारीको लागि धेरै धेरै धन्यवाद ।

    ReplyDelete
  3. आज मलाई मेरो बाल्यकालको जनै पुर्णिमाको दिनहरु याद आयो, घर नजिकैको छिमेकी बाहुन बाजेको घरमा जनै लगाइदिन ओहोरदोहोर गरिरहन्थे,ओहोरदोहोर चाँही बाजेको फुर्सद हुने थिएन नि टोल भरिका सबै बाजेका घरमा ओईरिन्थे त्यो दिन र बाजेले मन्त्र भन्नुभएको बेला मुखमा हेरिरहन्थे,रमाइलो लाग्थ्यो र यो दिनमा आमाले क्वाटी र खसिको मासु एकै ठाउँ मिलाएर पकाउनु भएको परिकार सगैँ भात मज्जाले खाइन्थ्यो अझै पनि स्मरणमा ताजै छ ..

    आकार जी लगायत तपाईंहरु सबैलाई जनै पुर्णिमा र रक्षा बन्धनको शुभकामना !!

    ReplyDelete
  4. lou aaja kukhuri kaa khayera janai laaye maile ta... aakar janaai ko laagi dhanyabaad!

    ReplyDelete
  5. फोटोहरु सबै कोणबाट लिनु भएको छ । आधा-आधी आफू पनि त्यहीं पुगेको महशुस भयो !

    ReplyDelete
  6. हास्यव्यंग्यको चाड गाईजात्रामा
    हाँस्ने केही विषयहरुः
    १. महँगीले थिच्नु
    २. कार आएर पेटीमै किच्नु
    ३. चामल खाएर पखालाले मर्नु
    ४. सीमारेखा रातारात सर्नु
    ५. पहिरोले मान्छे पुरिनु
    ६. अपराधीहरु सुरिनु....
    ... ... ...
    ... ... ...
    आउनुहोस्, मरी मरी हाँसौँ ।

    ReplyDelete
  7. हाहाहा, साह्रै हँसाउनुभयो एकल यात्री जी !

    ReplyDelete
  8. हो त मलाई पनि त्यही पुगे जस्तो लाग्यो फोटो हेर्दा, रमाईलै हुदो रहेछ जे होस।धन्यबाद है यो टासोको लागि।।

    ReplyDelete
  9. Kasto ramailo pictures haru...ma ta yesto chad parva ma kahi katai gako chaina...mela haru...yesto jatra haru..kei ni tah nai chaina...so i enjoyed these pics...different touch .....wud lov to be its part...

    ReplyDelete
  10. रक्षाबन्धनको सुखद उपलक्ष्यमा सबैमा शुभकामना ।
    फोटोहरु मार्फत झल्को दिलाउनु भएकोमा आकार जी लाई धेरै धेरै धन्यबाद ।

    ReplyDelete
  11. Kasto ramailo pictures haru...ma ta yesto chad parva ma kahi katai gako chaina...mela haru...yesto jatra haru..kei ni tah nai chaina...so i enjoyed these pics...different touch .....wud lov to be its part...

    ReplyDelete
  12. हाहाहा, साह्रै हँसाउनुभयो एकल यात्री जी !

    ReplyDelete
  13. ओ आकार ब्रो जनै साच्चै फेरेको भए आज चाँही भेज म म खाउँ है..बिर्सेंला फेरी

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post