
Listen to Neelam Karki's Story 'Hawan' in RadioBachan.

‘हवन’ कथा संग्रह मा रहेका ४ वटा कथाहरु आज वाचन गरिँदैछ । 'खरिद बिक्रि', 'परिशिष्ट मृत्यु', 'हवन' र 'एकै मृत्यु का दुईरुप' गरि आज ४ वटा कथाहरु प्रशारण गरेका छौँ । सामाजिक यथार्थ र सामाजिक धरातलमा रहेर लेखिएका कथाहरु सबै यथार्थपरक छन् ।
खरिदबिक्रि कथामा बेचिएका चेलीहरु या भनौँ जबरजस्ति यौन पेशा मा संलग्न गराइएका चेलीहरु बारे लेखिएको छ । शरिरलाई मासु भन्दै कथा मा प्रयुक्त गरिएको छ । त्यस्तै परिशिष्ट मृत्युमा पनि बाँचुन्जेल कसैले नहेर्ने तर मरेपछि चाँहि सबैले हाइहाइ गर्ने प्रवृत्ति सत्य घटना भन्दै लेखिएको छ । अनि कथासंग्रहको शिर्ष कथा 'हवन' मा चाँहि सन्तानप्राप्तिका लागि एउटा पुरुष ले धेरै महिला बिबाह गरेको उल्लेख छ, 'हवन' शीर्षक ले नै धेरै भनिरहेको छ, कथा को बारेमा । 'एकै मृत्यु का दुईरुप' कथा ले चाँहि त्यही जनयुद्धकाल को तिता दिनहरु को स्मरण गराउँछ । एकै घरका दाजुभाइ, एउटा सिपाही भएर मरेको अर्को माओवादी कमान्डर भएर मरेको हृदयविदारक घटनालाई कथा मा उतारिको छ । मुख्यत: कथामा प्रयुक्त शब्दहरुले हामीलाई नजाने कहाँकहाँ छोइरहेको हुन्छ ।
निलम कार्की 'निहारिका' को लेखाइ यथार्थलाई खोतल्दै गएको छ । अनि प्रत्येक कथाहरु को आफ्नै छुट्टै विशेषता छ । सामान्यत: समाज मा घट्नेगरेका विकृति, विसंगति तथा घरेलु हिंसा को वरिपरि रहेर कथाकारले कलम चलाउनुभएको छ । हुन त कथाकार को जिवन पनि कथा भन्दा कुनै कमि छैन, निलम जी ले आफ्नो बारेमा लेखेको कुरा पनि यहाँ अच्युत घिमिरे पढेर सुनाउनुहुँदैछ ।
-माथिको अडियो डाउनलोड गर्नुहोस् ।