Skip to main content

झोला



Listen to Krishna Dharabasi's Story Jhola in RadioBachan.



आज को रेडियोवाचन मा लिएर आएका छौँ, कृष्ण धारावासी को झोला कथासंग्रह बाट ‘झोला’ शिर्षक को कथा । वाचन गर्दैहुनुहुन्छ अच्युत घिमिरे भने प्रविधिमा राम श्रेष्ठ हुनुहुन्छ । २०६० मा प्रकाशित झोला कथा संग्रह मा रहेको कथा ‘झोला’ वाचन गरिँदैछ । कथा मा, कथाकार धारावासी आफैँ उपस्थित भएकाछन् ।

घरमा झुण्ड्याइराखेको झोला मा कुनै अपरिचित ले ल्याइएको पत्र रहेछ, लेखक त्यही पत्र पढेर यहाँ सुनाउँदैछन् । कथामा कथाकार ले आफ्नो घरको परिवेश को पनि वर्णन गर्दैछन्, श्रीमती, आमा, छोरा सबैछन् कथा मा । त्यो अपरिचितको पत्र लेखक हामीलाई सुनाउँदैछन् । त्यो पत्र मा लेखिएको छ । मेरी आमा को सानैमा बिहे भयो, मेरो बुबा सँग । बुबाको यो दोश्रो बिहे थियो, आफूभन्दा ४० वर्ष कम उमेर की केटी सँग मेरो बुबाको बिहे भएको थियो । म ११ वर्ष को थिँए । एकदिन, बुबा को मृत्यु भयो, मेरी आमा सती जानुपर्ने भयो । म उहाँ सती होइन भन्छु, बुबाले सती नजानु भनेको कुरा सबैलाई सुनाउँछु तर मेरो कुरा कसैले सुन्न चाहेनन् । सबै भन्छन्, अब यिनी सती भइसकिन् । आमा एकहोरो हुनु भयो, नारीहरु सबै मेरी आमालाई र मलाई सहानुभुतीको नजरले हेरिरहेकाथिए । त्यहाँ उपस्थित नारीहरु आफ्ना श्रीमान का आँखामा आफ्नो आयु खोजिरहेका थिए । सबैजना सती बिधि गर्न व्यस्त थिए, मेरो कुरा कसैले सुनेन, मेरी आमालाई जिउँदै जलाउने भए, सती को नाम मा । लाश लिएर मलामी घाटतिर लागे, आमालाई श्रृंगार गराएर लाश सँगै हिँडाए । तमोर नदि को घाटमा बाहुन सती बिधि गर्न थाले, बिधि पुरा भएपछि, मेरी आमालाई चिता माथि राखे, अनि आमा को काखमा मेरो बाबुको टाउको राखियो, ठूल्दाजुले चिता मा आगो लगाउनुभयो । यसरी मेरी आमा लाई मेरो मरेको बाबुसँगै जिउँदै जलाएर खरानि बनाए, अब म टुहुरो भएँ । दिनहरु बित्दै थिए, म दिनहुँ गाईवस्तु चराउन जान्थेँ, एक दिन अचानक मैले मेरी आमालाई जंगलमा भेटेँ । जलाइसकेकी मेरी आमा कसरी जिउँदै भइन्... यदी यसकथा को पात्र ले आफ्नी आमालाई भेटेकै भएपनि, के त्यो समाज ले उनको आमालाई बाँच्न देला त ? सती गइसकेकी आइमाईलाई कसैले घरमा आश्रय देलान् त ? जलेर खरानी भइसकेको मान्छे, जिवित हुन सक्ला त ? जवाफ को लागि तपाईले यो रेडियोवाचन को पुरै अंक सुन्नुपर्नेछ । धारावासी का कथाहरुमा नारीवादी दृष्टिकोण पाइने गरिएको छ । यस कथामा सतिप्रथा को चर्चा गरिएको छ, अनि सतिप्रथा को उन्मुलन गर्ने श्री ३ चन्द्रशमशेर को पनि सम्झना गरिएको छ । एउटा कारुणिक र दर्दानाक कालखण्ड को याद यो कथाले गराउँछ ।

सती को नाम मा जिउँदै जल्नुपर्दा को पिडा यसकथाले प्रस्तुत गरेको छ । जिउँदै जल्नुपर्दा को जस्तो पिडा अरु केही होला त ? म त सम्झिसम्झि झस्किन्छु, यस्तो प्रथा कसले चलाएछ, लोग्ने मरेपछि जिउँदै जल्नुपर्ने । अनि फेरी सोच्नपुग्छु, सतीहरु कसरी जिउँदै चिता मा बस्थे होलान्, उनीहरु को मनोदशा के हुन्थ्यो होला । सोच्दै जाने हो भने, यो दलदल मा फस्दैँ गइन्छ । हुन त अहिले सतिप्रथा उन्मुलन भइसकेको छ तर पनि यस्तै किसिमका रुढिवादी चलनहरु नेपाल का कुनाकानी मा अझै व्याप्त छन्, संस्कारका नाउँमा । जेहोस्, सती प्रथा को उन्मुलन गर्ने श्री ३ चन्द्रशमशेर लाई हार्दिक धन्यवाद, उनले त्यो बेला पहल नगरेको भए थाहा छैन, अझ कति नारीहरुले सति को नाउँमा जल्नुपर्थ्यो होला । सतीप्रथा को विषयवस्तु र सती को पिडा लेख्नुहुने, कृष्ण धारावासीलाई हार्दिक धन्यवाद । रेडियोवाचन का श्रृंखलाहरु उपलब्ध गराइदिनुहुने, कार्यक्रमका प्रस्तोता अच्युत घिमिरेलाई हार्दिक धन्यवाद अनि कार्यक्रम मा बजेका गित संगित का स्रष्टाहरुलाई पनि हार्दिक धन्यवाद । सम्भव भएसम्म, अर्को हप्ता यस्तै कुनै एक भाग को कथा लिएर, अच्युत घिमिरेका साथ रेडियोवाचनमा उपस्थित हुनेछौँ । स्मरण रहोस्, यी श्रृंखलाहरु केही समय पहिले रेडियो एचविसी एफएम बाट बजिसकेका छन् ।

मेरो कुरा:
पहिले भने अनुसार मैले, आज डा. वानीरा गिरी को उपन्यास ‘कारागार’ प्रशारण गर्नुपर्ने थियो । ‘कारागार’ प्रशारण को लागि तयार पनि थियो तर अब म सायद एक डेढ महिना जति ब्लगमा नियमित हुनसक्दिन जस्तो लाग्यो । ढोकैमा आएको परीक्षा अनि त्यससँगै सुरु हुने विदा का कारण एक डेढ महिना जति ब्लग बाट टाढा भइन्छ जस्तो लाग्दैछ । अत: ‘कारागार’ को अंकहरु नियमित रुपमा प्रशारण गर्न सक्दिन जस्तो लाग्यो, अनि फेरी ती अंकहरु को प्रशारण मा नियमितता भएन भने, रेडियोवाचन खल्लो लाग्ने ठहर गर्दै, आज को लागि एक अंक मा सकिने धारावासी को कथा प्रशारण गरेको हुँ । अर्कोकुरा, रेगुलर नहुँदा नहुँदै पनि बिच बिचमा चाँहि उपस्थित हुन सक्छु है, अनि यहाँहरु का ब्लगहरु पनि चहार्दै गरौँला । सम्भव भएसम्म, अर्को साता पनि यस्तै एक अंक को कथा लिएर उपस्थित हुनेछौँ । अत: म यहीँ बाट, केही महिना ब्लगमा रेगुलर नभइने जानकारी गराउँदै विदा भए हैँ त ।

-माथिको अडियो डाउनलोड गर्नुहोस् ।

Comments

  1. This is such an nice story. Really aja Chandra Shumsher le testo nagareka bhaye...k hune thiyo hola....aja samma kati nari haruko tesari bali chadeko cha....
    But sochda...yo physical rup ma thiyo...but mentally...kati nari haru sati gayeko chan kunni ?

    Anyways....thnks for this story...really wonderful...

    ReplyDelete
  2. Thank you, Aakar ji & Achut Ji.

    ReplyDelete
  3. In fact I have already listened this story in the FM before, but enjoyed listening to it again here..
    Thanx for posting.. :)

    ReplyDelete
  4. यो कथा मलाई सबभन्दा मन परेको कथा मध्ये एक हो | आकार जीलाइ धन्यबाद छ है !

    तर धराबासीको यो कथा संग्रहका अरु कथाहरु भने खासै राम्रा छैनन ..

    ReplyDelete
  5. आकारजी कृष्णदाइ आफू धाराबासी नभएको र धराबासी चाहीं भएको भन्नुहुन्छ "आफ्नै उपनामको चर्चा" शीर्षक निबन्धमा | तर हरेकले अनुमान गर्ने भनेको भने धाराबासी नै हो | यो कुरा त्यहीं निबन्धमा पनि चर्चा भएको छ |
    रेडियो वाचन राखेर धेरै राम्रो गर्नु भएको छ | कामबाट थाकेर आउँदा "पेन किलर" भएको छ यो |
    धन्यवाद |

    ReplyDelete
  6. The hindi background music/song during telling story is so irritating and painful for ears.Arghhhhhhhhhh!!!!!!
    Story and recording is nice.
    What a great issue ? There was many bad things on the name of tradition. This is one of them.
    Chandra Shumsher did a great job...

    ReplyDelete
  7. aakar ji thank you for this one."radha" pani rakhnus na please?

    ReplyDelete
  8. Dear Visitor,
    will be podcasting Radha soon.Just wait few weeks.

    Regards,
    aakar

    ReplyDelete
  9. Thank you, Aakar ji & Achut Ji.

    ReplyDelete
  10. Thanks Achyutjee & Aaakarjee. I have already listened this story before 8-10 years ago in Swar Sangam programm in Radio Nepal by Nawaraj Lamshal. I wanted to listen again and my wish is fulfilled again. Thanks for sharing. Its very very nice.

    ReplyDelete
  11. Thanks Achyutjee & Aaakarjee. I have already listened this story before 8-10 years ago in Swar Sangam programm in Radio Nepal by Nawaraj Lamshal. I wanted to listen again and my wish is fulfilled again. Thanks for sharing. Its very very nice.

    ReplyDelete
  12. aakar ji thank you for this one."radha" pani rakhnus na please?

    ReplyDelete
  13. There's download link above in the page. Please download it from there.

    ReplyDelete
  14. how to download jola.could u help me..aakar dai.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

BarCamp Kathmandu 2011 on 6th August #barcampktm

An ad-hoc ‘un-conference’ BarCamp is being organized on 6 th August at Nepal Administrative Staff College (NASC) Jawalakhel, Lalitpur Nepal. BarCamp is a common ground for like-minded people. It is about change and innovation. BarCamp is a free event, which means everyone is invited. It is participant driven program where discussions are not limited to just one topic, but a wide range of topics. BarCamp offers a favorable environment for young, motivated and talented people to interact. More importantly, it is where ideas get shared, created and advanced. This is not a formal gathering of black suits but an intense camp for those who strive to achieve. “We believe BarCamp Kathmandu 2011 will be a great opportunity to network with likeminded people and interact with potential customers, clients, and maybe even competitors! If you plan to reach out to the young and motivated in Nepal, this is the place to do it” , according to BarCamp Kathmandu 2011 Organizing Committee. The who

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post