Skip to main content

झोला



Listen to Krishna Dharabasi's Story Jhola in RadioBachan.



आज को रेडियोवाचन मा लिएर आएका छौँ, कृष्ण धारावासी को झोला कथासंग्रह बाट ‘झोला’ शिर्षक को कथा । वाचन गर्दैहुनुहुन्छ अच्युत घिमिरे भने प्रविधिमा राम श्रेष्ठ हुनुहुन्छ । २०६० मा प्रकाशित झोला कथा संग्रह मा रहेको कथा ‘झोला’ वाचन गरिँदैछ । कथा मा, कथाकार धारावासी आफैँ उपस्थित भएकाछन् ।

घरमा झुण्ड्याइराखेको झोला मा कुनै अपरिचित ले ल्याइएको पत्र रहेछ, लेखक त्यही पत्र पढेर यहाँ सुनाउँदैछन् । कथामा कथाकार ले आफ्नो घरको परिवेश को पनि वर्णन गर्दैछन्, श्रीमती, आमा, छोरा सबैछन् कथा मा । त्यो अपरिचितको पत्र लेखक हामीलाई सुनाउँदैछन् । त्यो पत्र मा लेखिएको छ । मेरी आमा को सानैमा बिहे भयो, मेरो बुबा सँग । बुबाको यो दोश्रो बिहे थियो, आफूभन्दा ४० वर्ष कम उमेर की केटी सँग मेरो बुबाको बिहे भएको थियो । म ११ वर्ष को थिँए । एकदिन, बुबा को मृत्यु भयो, मेरी आमा सती जानुपर्ने भयो । म उहाँ सती होइन भन्छु, बुबाले सती नजानु भनेको कुरा सबैलाई सुनाउँछु तर मेरो कुरा कसैले सुन्न चाहेनन् । सबै भन्छन्, अब यिनी सती भइसकिन् । आमा एकहोरो हुनु भयो, नारीहरु सबै मेरी आमालाई र मलाई सहानुभुतीको नजरले हेरिरहेकाथिए । त्यहाँ उपस्थित नारीहरु आफ्ना श्रीमान का आँखामा आफ्नो आयु खोजिरहेका थिए । सबैजना सती बिधि गर्न व्यस्त थिए, मेरो कुरा कसैले सुनेन, मेरी आमालाई जिउँदै जलाउने भए, सती को नाम मा । लाश लिएर मलामी घाटतिर लागे, आमालाई श्रृंगार गराएर लाश सँगै हिँडाए । तमोर नदि को घाटमा बाहुन सती बिधि गर्न थाले, बिधि पुरा भएपछि, मेरी आमालाई चिता माथि राखे, अनि आमा को काखमा मेरो बाबुको टाउको राखियो, ठूल्दाजुले चिता मा आगो लगाउनुभयो । यसरी मेरी आमा लाई मेरो मरेको बाबुसँगै जिउँदै जलाएर खरानि बनाए, अब म टुहुरो भएँ । दिनहरु बित्दै थिए, म दिनहुँ गाईवस्तु चराउन जान्थेँ, एक दिन अचानक मैले मेरी आमालाई जंगलमा भेटेँ । जलाइसकेकी मेरी आमा कसरी जिउँदै भइन्... यदी यसकथा को पात्र ले आफ्नी आमालाई भेटेकै भएपनि, के त्यो समाज ले उनको आमालाई बाँच्न देला त ? सती गइसकेकी आइमाईलाई कसैले घरमा आश्रय देलान् त ? जलेर खरानी भइसकेको मान्छे, जिवित हुन सक्ला त ? जवाफ को लागि तपाईले यो रेडियोवाचन को पुरै अंक सुन्नुपर्नेछ । धारावासी का कथाहरुमा नारीवादी दृष्टिकोण पाइने गरिएको छ । यस कथामा सतिप्रथा को चर्चा गरिएको छ, अनि सतिप्रथा को उन्मुलन गर्ने श्री ३ चन्द्रशमशेर को पनि सम्झना गरिएको छ । एउटा कारुणिक र दर्दानाक कालखण्ड को याद यो कथाले गराउँछ ।

सती को नाम मा जिउँदै जल्नुपर्दा को पिडा यसकथाले प्रस्तुत गरेको छ । जिउँदै जल्नुपर्दा को जस्तो पिडा अरु केही होला त ? म त सम्झिसम्झि झस्किन्छु, यस्तो प्रथा कसले चलाएछ, लोग्ने मरेपछि जिउँदै जल्नुपर्ने । अनि फेरी सोच्नपुग्छु, सतीहरु कसरी जिउँदै चिता मा बस्थे होलान्, उनीहरु को मनोदशा के हुन्थ्यो होला । सोच्दै जाने हो भने, यो दलदल मा फस्दैँ गइन्छ । हुन त अहिले सतिप्रथा उन्मुलन भइसकेको छ तर पनि यस्तै किसिमका रुढिवादी चलनहरु नेपाल का कुनाकानी मा अझै व्याप्त छन्, संस्कारका नाउँमा । जेहोस्, सती प्रथा को उन्मुलन गर्ने श्री ३ चन्द्रशमशेर लाई हार्दिक धन्यवाद, उनले त्यो बेला पहल नगरेको भए थाहा छैन, अझ कति नारीहरुले सति को नाउँमा जल्नुपर्थ्यो होला । सतीप्रथा को विषयवस्तु र सती को पिडा लेख्नुहुने, कृष्ण धारावासीलाई हार्दिक धन्यवाद । रेडियोवाचन का श्रृंखलाहरु उपलब्ध गराइदिनुहुने, कार्यक्रमका प्रस्तोता अच्युत घिमिरेलाई हार्दिक धन्यवाद अनि कार्यक्रम मा बजेका गित संगित का स्रष्टाहरुलाई पनि हार्दिक धन्यवाद । सम्भव भएसम्म, अर्को हप्ता यस्तै कुनै एक भाग को कथा लिएर, अच्युत घिमिरेका साथ रेडियोवाचनमा उपस्थित हुनेछौँ । स्मरण रहोस्, यी श्रृंखलाहरु केही समय पहिले रेडियो एचविसी एफएम बाट बजिसकेका छन् ।

मेरो कुरा:
पहिले भने अनुसार मैले, आज डा. वानीरा गिरी को उपन्यास ‘कारागार’ प्रशारण गर्नुपर्ने थियो । ‘कारागार’ प्रशारण को लागि तयार पनि थियो तर अब म सायद एक डेढ महिना जति ब्लगमा नियमित हुनसक्दिन जस्तो लाग्यो । ढोकैमा आएको परीक्षा अनि त्यससँगै सुरु हुने विदा का कारण एक डेढ महिना जति ब्लग बाट टाढा भइन्छ जस्तो लाग्दैछ । अत: ‘कारागार’ को अंकहरु नियमित रुपमा प्रशारण गर्न सक्दिन जस्तो लाग्यो, अनि फेरी ती अंकहरु को प्रशारण मा नियमितता भएन भने, रेडियोवाचन खल्लो लाग्ने ठहर गर्दै, आज को लागि एक अंक मा सकिने धारावासी को कथा प्रशारण गरेको हुँ । अर्कोकुरा, रेगुलर नहुँदा नहुँदै पनि बिच बिचमा चाँहि उपस्थित हुन सक्छु है, अनि यहाँहरु का ब्लगहरु पनि चहार्दै गरौँला । सम्भव भएसम्म, अर्को साता पनि यस्तै एक अंक को कथा लिएर उपस्थित हुनेछौँ । अत: म यहीँ बाट, केही महिना ब्लगमा रेगुलर नभइने जानकारी गराउँदै विदा भए हैँ त ।

-माथिको अडियो डाउनलोड गर्नुहोस् ।

Comments

  1. This is such an nice story. Really aja Chandra Shumsher le testo nagareka bhaye...k hune thiyo hola....aja samma kati nari haruko tesari bali chadeko cha....
    But sochda...yo physical rup ma thiyo...but mentally...kati nari haru sati gayeko chan kunni ?

    Anyways....thnks for this story...really wonderful...

    ReplyDelete
  2. Thank you, Aakar ji & Achut Ji.

    ReplyDelete
  3. In fact I have already listened this story in the FM before, but enjoyed listening to it again here..
    Thanx for posting.. :)

    ReplyDelete
  4. यो कथा मलाई सबभन्दा मन परेको कथा मध्ये एक हो | आकार जीलाइ धन्यबाद छ है !

    तर धराबासीको यो कथा संग्रहका अरु कथाहरु भने खासै राम्रा छैनन ..

    ReplyDelete
  5. आकारजी कृष्णदाइ आफू धाराबासी नभएको र धराबासी चाहीं भएको भन्नुहुन्छ "आफ्नै उपनामको चर्चा" शीर्षक निबन्धमा | तर हरेकले अनुमान गर्ने भनेको भने धाराबासी नै हो | यो कुरा त्यहीं निबन्धमा पनि चर्चा भएको छ |
    रेडियो वाचन राखेर धेरै राम्रो गर्नु भएको छ | कामबाट थाकेर आउँदा "पेन किलर" भएको छ यो |
    धन्यवाद |

    ReplyDelete
  6. The hindi background music/song during telling story is so irritating and painful for ears.Arghhhhhhhhhh!!!!!!
    Story and recording is nice.
    What a great issue ? There was many bad things on the name of tradition. This is one of them.
    Chandra Shumsher did a great job...

    ReplyDelete
  7. aakar ji thank you for this one."radha" pani rakhnus na please?

    ReplyDelete
  8. Dear Visitor,
    will be podcasting Radha soon.Just wait few weeks.

    Regards,
    aakar

    ReplyDelete
  9. Thank you, Aakar ji & Achut Ji.

    ReplyDelete
  10. Thanks Achyutjee & Aaakarjee. I have already listened this story before 8-10 years ago in Swar Sangam programm in Radio Nepal by Nawaraj Lamshal. I wanted to listen again and my wish is fulfilled again. Thanks for sharing. Its very very nice.

    ReplyDelete
  11. Thanks Achyutjee & Aaakarjee. I have already listened this story before 8-10 years ago in Swar Sangam programm in Radio Nepal by Nawaraj Lamshal. I wanted to listen again and my wish is fulfilled again. Thanks for sharing. Its very very nice.

    ReplyDelete
  12. aakar ji thank you for this one."radha" pani rakhnus na please?

    ReplyDelete
  13. There's download link above in the page. Please download it from there.

    ReplyDelete
  14. how to download jola.could u help me..aakar dai.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post