Listen to this Poem.

जादु टुना या मोह
एकलकाँटे भइयो
सम्झनामा आइरहने दिनरात
तर साँच्चि तिम्रो अनुहार देखेकै छैन ।
नदेखिकनै देखेको जस्तो
नभेटिकनै भेटेको जस्तो
हरे, मलाई यो के भो !
कुराइ लामो लाग्दैछ
अनि अझै कुर्दैछु
कहिले त भेटिएला
साइत हेर्दैछु ।
मनमा छन् कुरा धेरै
गर्नुपर्ने र भन्नुपर्ने
सोध्दैछु जवाफ मनबाटै
भन्छौ, भेट्नैपर्छ
आफूले चेकजाँच गर्नैपर्छ !
नदेखिकनै अनि नभेटिकनै
विश्वासमा छु
कल्पनामै भएपनि
तिम्रो अनुहार हेर्छु ।
अरुलाई उडन्ते कथा जस्तो
मेरो मगज सन्केजस्तो
तर हैन,
नदेखिकनै देखेको जस्तो
नभेटिकनै भेटेको जस्तो
हरे, मलाई यो के भो !
-माथिको अडियो डाउनलोड गर्नुहोस् ।