Skip to main content

धरहरा मा २ घण्टा

धरहरा सँगै को पार्क मा आइपुगेको छु । मध्यान्न को १२ बजेको छ । फागुन महिना भएर होला, गर्मी को आभास भै’रहेको छ । केही वर्ष अघि सम्म हेर्न मात्र पाइने धरहरा केही वर्ष देखि चढ्न मिल्ने भै’सकेको छ । त्यही भएर, यहाँ धरहरा चढेर काठमाडौँ हेर्न खोज्नेहरु को भिड छ ।

एउटा कुना को बेन्च मा म बसिरहेको छु, प्लान केही छैन । त्यही पुल्चोक देखि हिँडेर आएको थकाइ मार्न बसिरहेको छु । “पल्पसा क्याफे” को अडियो पेनड्राइभ मा राखेर ल्याँए भर्खरै, अच्युत दाइबाट, कति खेर सुनौँ जस्तो भै’रहेको छ । म कसैलाई पर्खिरहेको पनि छैन पार्क मा, तर पनि म बसिरहेको छु, विनाकाम पार्क मा । बाहिर होहल्ला छ, गाडि को घ्यारघ्यार को आवाज आइरहेको छ । थकाइ मार्ने पार्क त हो, तर शान्त छैन । सबै आ-आफ्नै पारामा छन्, कोही एक्लै छन्, कोही ग्रुपमा छन्, कोही साथिहरु सँग छन् त कोही सपरिवार आएका जस्ता देखिन्छन् ।

त्यसै बस्न अल्छि लाग्यो, एउटा फ्यान्टा ल्याएँ, सेल्फ सर्भिस रहेछ । त्यो सानो बोतल को फ्यान्टा पनि १ घन्टा लाएर सिध्याँए, सायद म अझै केहिबेर यही पार्क मा बस्ने वाहाना खोज्दैथिँए । मान्छेहरु को आगमन बाक्लिएको जस्तो लाग्छ । सबै बेन्च र कुर्सीहरु भरिएका छन्, कोही चिया को चुस्कि लिँदैछन् त कोही गफ मा मस्त छन् ।

धरहरा चढ्न जानेहरु को भिड छ, धरहरा को टुप्पा मा पनि भिड नै छ । टिकट लिँदै शरीर जाँच गराउँदै मान्छेहरु धमाधम भित्र जाँदैछन् । केही धरहरा चढेर फर्किरहेकाछन्, आफ्नो अनुभव वयान गरिरहेकाछन् । म चाँहि विनाकाम सबैतिर नजर पुर्‍याइरहेको छु, सबैलाई हेरिरहेको छु, अनि केही लेखे झैँ गर्दैछु । कोही चिनिएका अनुहार देखिन्छन् कि खोज्दैछु ।

मेरो छेवैमा केही घरजग्गा किनबेच को गफ गर्दैछन्, उनीहरु ब्रोकरहरु हुन् । केही मान्छेहरु चाँहि मलाई नै हेर्दैछन्, मैले यो लेख्दैगरेको नोटबुक तिर आँखा तन्काउँदैछन् , सायद भनिरहेका होलान्, कस्तो खुस्केट रहेछ । म थाहा नपाएझैँ गर्दैछु, म पनि कसैलाई पर्खिरहे झैँ बेला बेला मा घडि हेर्दैछु । पर्तिरको टेवलमा केही विदेशीहरु छन्, म सोच्दैछु, यी गोरीहरुलाई यस्तो ठाउँ अनि यति अस्तव्यस्त देखेर के लाग्दो होला तर सोध्न मन लागेको छैन ।

अर्को पर्तिर को टेबलमा एक युवती छिन्, सायद उनी पनि कसैलाई पर्खिँदैछिन् । टाउको मा सनग्लास अड्याएकी उनको गलामा मोति को माला देखिन्छ, अनि आँखा माथि खै के-के हो, लागएकी छिन् । निकै निडर जस्तो देखिने उनी सोचमा डुबेकी जस्तो लाग्छ । तर उनी पनि आफ्नो नजर सबैतिर डुलाउँदैछिन् । अनि अरुलाई हेरेर उनको अनुहार को एक्सप्रेसन पनि बद्लिरहेको छ ।

एउटा टेवलमा एकजोडि आइपुगेकाछन्, नाता त म भन्न सक्दिन, जो पनि हुन सक्छन् । केटा र केटि हुँदैमा कोही कसैको प्रेमी नहुन सक्छ तर हाम्रो सडेको मानसिकता मा प्राथमिकतामा रहेको छ, केटा र केटी सँगै देखिए प्रेमी-प्रेमीका । ती दुइजना पनि जो पनि हुनसक्छन्, दिदीभाइ, दाजुबहिनी आदि इत्यादि ! सायद उनीहरु आत्मिय मित्र पनि हुनसक्छन्, सँगै भए भन्दैमा प्रेमी-प्रेमिका हुन्छन् र ? यही हाम्रो सडेको मानसिकता का कारण पनि केटा र केटी साथी बन्न नसकेका हुन् कि ? नियालेर हेरेँ, युवकलाई, उ प्रहरी सेवा को तालिम मा भएजस्तो लाग्यो । उसको पोशाक, उसको कपाल कटाइ आदिकुराहरुले यस्तै कुरा को छनक दिँदै छ । मोवाइल मा आएको एसएमएस ले मेरो ध्यान खल्बल्याइदियो ।

एक हुल केटाहरु आइपुगेकाछन्, उनीहरु सँगै को बेन्चमा बसेका छन् । उनीहरुको कुरा ले थाहा पाएँ, त्यसमध्ये एउटा अमेरिका उड्ने तरखर मा रहेछ, सायद रमाइलो गर्न हिँडेका छन् । उनीहरुले चुरोट सल्काए, सबै १८-२० का जस्ता देखिन्छन् तर सबैको हातमा चुरोट सल्किरहेको छ । लाग्यो, आधुनिक सहरिया युवाहरु हुन्, जो आफ्नो जिवन यही धुँवा सँगै उडाइरहेकाछन् । चुरोट को धुँवा मेरो नाकमा ठोक्किन आइपुग्यो । म चुपचाप लेखिनैरहेको छु, उनीहरु धुँवा उडाइरहेकाछन्, नजानेरै मलाई समेत डिस्टर्व गर्दैछन् । एउटा सुरक्षा गार्ड आइपुगे । उनले विनम्र सँग केटाहरुलाई भन्दैछन् –“दाइ, त्यो माथि को बोर्ड हेर्नुस् त !” केटाहरु “सरी है, दाइ” भन्दै उठेर पार्क बाहिर गए, एउटा बेन्च खालि भयो । मैले आउने वित्तिकै त्यो बोर्ड देखेको भएपनि, मलाई लेखेको मात्र होला जस्तो लागेको थियो तर हैन, कार्यान्वायन पनि भएको रहेछ । बोर्डमा लेखिएको छ, “धुम्रपान निषेधित पार्क” ।



ती अघिकि कसैको पर्खाइ मा रहेकी युवतीसँगै को कुर्सीमा एउटा युवक आइपुगेको छ, उ पनि प्रहरी सेवा कै तालिमे जस्तो देखिन्छ, प्रजातन्त्र दिवस को विदामा तालिमकेन्द्र बाट बाहिर आएको हुनुपर्छ । २ बज्न लागिसकेछ, मलाई एउटा साथि भेट्न जानु छ, ठ्याक्क २ बजे नै । अब उठौँ क्यार, थकाइ मरिसकेको छ, एउटा साथिलाई भेटेर आज नै धुलिखेल फर्किनुपरेको छ ।

-सुन्धारा, ०६५ फागुन ७ गते
प्रजातन्त्र दिवस

Comments

  1. Ramailo din...
    Ramailo sanga biteko pal...

    ReplyDelete
  2. धरहरा घुमाउनु भएकोमा धन्यवाद, यो लेखले पुराना दिनहरुको याद आयो ।

    ReplyDelete
  3. साह्रै रमाईलो प्रस्तुति! कहिलेकाहीं यसरी मान्छेहरुको अवलोकन गर्न मलाई पनि खुब मन पर्छ।

    ReplyDelete
  4. आकार जी रमाइलो संग बितेछ त्यो दिन ।
    केटा र केटि हुँदैमा कोही कसैको प्रेमी नहुन सक्छ तर हाम्रो सडेको मानसिकता मा प्राथमिकतामा रहेको छ, केटा र केटी सँगै देखिए प्रेमी-प्रेमीका ।
    यो चाहि धेरै नै मन पर्यो मलाई ।

    ए साच्चै अनि कता हराउनु भाको आजसम्म?

    ReplyDelete
  5. kunai bisaya nai nabhaye pani yeti mitho tarikale prastut garnubhayeko rahecha paddha ekdam ramailo lagyo aakar jee.

    ReplyDelete
  6. आकार जी को पोस्ट मा फेरी पोस्ट हुन थालेछ .....म आकार जी को गफ मज्जाले सुनिरहे ....
    ..तर उहा त उठेर अन्तै पो गइ सक्नु भएछ ।
    प्रजातन्त्र दिवस को शुभकामना .... छिटै नेपाल ....ले दिगो शान्ति र विकाश पाओस ।

    ReplyDelete
  7. केहि छिन म पनि त्यतै वरिपरि घुमेको जस्तो भयो ।

    ReplyDelete
  8. कहिले कांही रेलमा पढ्ने कुरा केही नभए वा iPod को battery सकेको बेला मैले गर्ने काम पनि त्यस्तै हो
    यो टांसो पढे पछी मलाई पनि त्यस्तै लेख्ने idea फुर्यो

    ReplyDelete
  9. अनि त्यो पार्क बसुञ्जेल लेख्नुभएको यहि हो कि अर्थोकै हो ? यो चैं त गजबै लेख्नु भएछ रमाईलो लाग्ने गरेर । र पल्पसा क्याफेको ब्यग्र प्रतिक्षामा भएँ है म त ।

    ReplyDelete
  10. अाकारजी तपाइँको धरहरा यात्राले मलाइ पनि धरहराको छेउ गएर एकछिन भने पनि उभिन मन लाग्यो हुनत धेरै चोटी यो सँग छेउ मागेर हिडियो तर यसलाइ हेरेरै सोचिएन अब सोचेर बस्न मन लाग्यो अझ विषेश चाहि त्याहाँ हिडने मान्छेहरू बारेमा सोच्न मन लाग्यो ।

    ReplyDelete
  11. dharahara ko bhraman gare jasto bho, aaha!

    ReplyDelete
  12. मलाई नि राम्रो लाग्यो

    ReplyDelete
  13. तपाँइको धरहरायात्राले मलाइ केहि पुराना दिनहरुको झझल्को दिलायो ! म गहनापोखरिको चौरमा त्यसरि नै बसेर लेख्थेँ ! मान्छेहरुलाइ हेर्दै ! बडो गजबको स्मृति छन ति ! म ति उड्ने केटाहरुझैँ चुरोटमा उडाउँथे आफुलाइ ! पढेर निकै राम्रो लाग्यो !

    ReplyDelete
  14. आहा ..कति राम्रो ..

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

Subscribe to Aakar Post