Skip to main content

अनुत्तरित प्रश्न

“तिमीले आफ्नु कुरा भनेर तिम्रो फर्मालिटि पुरागर्यौ, तर किन सँधै म सँग मात्रै, किन जीवनको हरेक च्यालेन्ज मलाई नै आउँछ ।
के तिमी कल्पना गर्न सक्छौ, ४ महिनाको बिचमा एउटै घरबाट ३ लाश निस्कदाँ के हुन्छ ?
अनिल, आज मेरो बहिनी को जन्मदिन तर कसलाई विस गरौँ म, कस्को सोख गरुँ म, यो संसार पापी छ, अनिल………. !”

माथिका शब्दहरु एसएमएस को रुपमा प्राप्त भएका हुन् जब मैले दु:खद घटना भन्दै समवेदना को सन्देश एक साथीलाई एसएमएस को रुपमा पठाएको थिँए । करिब ४ महिना अघि आफ्नो बुबा र बहिनीलाई उनले एकैसाथ गुमाएकि थिइन्, र अहिले हजुरबुबालाई ।

एसएमएस पढेपछि, मन मा अनौठो तरंगहरु पैदा भयो, अनि फेरी किन मलाई मात्रै भन्ने साथीको वाक्य सम्झेँ, झनै आफैँलाई अप्ठायारो हुँदै गयो, यो खबरले म त मर्माहत भएँ भने उनी नहुने कुरै भएन । जसलाई पर्यो त्यसलाई मात्र थाहा हुन्छ चोट के हो ? हामी ले सान्त्वनाको स्वरदिने मात्र न हो । के यो दु:ख हामीले बाँडेर लिन सक्छौँ ?

अनि मैले रिप्लाई गरेँ, “मलाई माफ गर, तिम्रो प्रश्नको जवाफ दिन एउटा शब्द पनि म सँग छैन, मात्र म त्यहाँ को स्थितिलाई सोच्नसक्छु अनि तिम्रो संवेदनालाई बुझ्न सक्छु, एक साथिका नाताले …… एउटा अपरिभाषित सत्य !”

केहीदिन भएको थियो उनको मिसकल, एसएमएस नआएको, प्राय: साथीहरुको मिसकल र एसएमएस आइरहन्छ, अत: मैले उनलाई मिसकल गरेँ, सम्झना स्वरुप । उताबाट तुरुन्तै कलब्याक आयो , मलिन स्वरमा हेल्लो भनिन, हजुरबुवा बित्नुभएको कुरा भनिन, आज ३ दिन, मेरो मुखबाट कुनै शब्द निस्किएन, मात्र मधुरो स्वरमा “सरी” भनेँ र फोन राखेँ, म मा केही कुरा बोल्ने हिम्मत नै आएन ।

चिता ले मरेकोलाई जलाउँछ तर चिन्ताले जिउँदालाई नै जलाउँछ


त्यसपछि मैले एकछिन केही सोच्न सकिन, मात्र उनले केही दिन पहिले भनेको कुरा याद आयो, बुबा र बहिनीले छाडेर गए, कहिले नफर्किने गरी । अनि आज थाहा पाएँ, उनको हजुरबुबा पनि बित्नुभएछ । जन्मेपछि मर्नुपर्छ भन्ने सबैलाई थाहा छ, तर यस्तो बज्रलाई सहने साहस हामीमा छैन, अझ केही महिनाको अन्तराल मै घरबाट सबै नफर्किनेगरि छाडेर जान्छन् भने त बाँच्ने ले कसरी चित्त बुझाउँछ र ?

जति सोच्छु त्यती नै असह्य हुँदै गएपछि अनि नाना थरीका तर्कनाहरु ले मन मा डेरा जमाउन थालेपछि, आफ्नो मन हलुको पार्न या भनौँ मनमा गुम्सिएका केही कुराहरु यहाँ लेखेको मात्र हुँ, थाहा छैन, उनलाई मैले यसरी लेखेको मन पर्छ कि पर्दैन ।

मानविय संवेदनालाई नाप्ने,जोख्ने आधार केही छैन अनि जति नै भनेपनि एउटालाई परेको चोट को मुल्याङ्कन अर्कोले गर्न सक्दैन किनकी यो कुराहरु मानविय संवेदना सँग नै जोडिएका हुन्छन् । खैर, अब म के जवाफ दिउँ भन्ने सोचिरहेको छु, उनलाई, अनि के भनेर सम्झाउँ, खै म सँग कुनै शब्द पनि छैन । अझ अब पालै-पालो जान्छन् होला भन्ने कुरामा मन धेरै डुलिरहेको होला, अनि नानाभाँतिका तर्कनाहरु आइरहेको होला । भन्छन् “चिता ले मरेकोलाई जलाउँछ तर चिन्ताले जिउँदालाई नै जलाउँछ”, खै, चिन्ता कसरी दुर गराउने ? अब उनलाई कसरी आश्वस्त पार्ने जीवन रंगिन छ भनेर ।

साँच्चै भन्ने हो भने, मैले उनलाई देखेको पनि छैन अनि उनीसँग धेरै परिचित पनि छैन, तर पनि एउटा नदेखिएको, नभेटिएको साथी को परिवारमा घटेको घटनाले मलाई स्तब्ध तुल्याएको छ सायद यो नै मानविय संवेदना हो । अनि उनलाई परेको असर हामी सबै ले नै अनुभव गर्न सक्छौँ, तर त्यो दु:खलाई हामी बाँढेर लिन सक्दैनौँ । के कुनै उपाय छ, मानविय संवेदनामा आधारित दु:खहरु सबैले बाँडिचुँडि लिने ?

-----------------------------------------------
आफ्नो कथा
२०६३-०१-०२ शनिबार को डायरीबाट:


देशमा जनआन्दोलन चलिरहेको छ, सयौँ घाइते भएका छन्, २-३ जना सहिद पनि भइसके, सबैको आ-आफ्नै पिडा छ । तर म अर्कै शोक मा डुबेको छु अनि आफ्नो व्यथा यही डायरीलाई भनिरहेको छु । हामी सँधै भाषण दिइरहेका हुन्छौँ, जन्म र मृत्यु शाश्वत सत्य हो त्यसैले जन्मेपछि एक दिन मर्नैपर्छ तर हामी आफैँलाई पर्दा भने यो सत्यलाई स्विकार्न गाह्रो हुँदोरहेछ । आज यस्तै भएको छ, मनले स्विकार गर्न नसकेपनि आमा (मावल को हजुरआमालाई हामी आमा भन्थ्यौँ) ले आज बिहान देखि कहिले फर्केर नआउनेगरि हामीलाई छाडेर जानुभएको छ । २ वर्षदेखि आमालाई क्यान्सरले सताएको थियो, आज बित्नुभएको खबर बुबा ले फोनबाट भन्नु भयो । मैले केही सोच्न सकिन, ह्या हैन होला भन्ने लागेर म रुन पनि सकिँन किनकी मलाई आमा मावलमै हुनुहुन्छ भन्ने लागिरहेको छ । अनि केहीबेरपछि, सम्झनामा आमासँगका पुराना कुराहरु आउनथाले तब मलाई महशुस भयो कि अब सायद आमा हुनुहुन्न, अनि रोएँ ढोका थुनेर बेस्सरी ।

आमा क्यान्सर ले बित्नुभयो, लाग्यो क्यान्सर भयंकर कै रोग रहेछ, यो चुरोट, रक्सी अनि जथाभावि खानेलाई मात्र लाग्ने होइनरहेछ । अनि क्यान्सर ले असल र खराब मान्छे पनि भन्दोरहेनछ । “आयो टप्प टिप्यो, मिती पुग्यो, टारेर टर्दैन त्यो……” यदी संसारमा मानविय संवेदना जोख्ने तराजु हुँदो हो त, जो कोही को पनि गुण-दोष निकाल्न सकिन्थ्यो, तर छैन । सबैलाई समान अनि सहयोग को दृष्टिले हेर्ने मेरी मावल की आमा क्यान्सर जस्तो रोग ले प्रताडित भएर बित्नु भयो । क्यान्सरसँग भयंकर पौँठेजोरी नै खेल्नुभयो २ वर्षसम्म, कहिले विर-हस्पिटल त कहिले आयुर्वेदिक उपचार । क्यान्सर लागेको कुरा उहाँलाई भनिएको थिएन तर पनि आमालाई थाहा थियो, क्यान्सर भनेर, आमाले कहिलेकाँही कुरै-कुरामा म सँग यी कुराहरु खुस्काउनुहुन्थ्यो । तर पनि आमा निराश हुनुहुन्थेन, आशावादी नै हुनुहुन्थ्यो । अहिले पनि टिभी मा आउने एउटा उपचार केन्द्र को प्रचार मा आमा बोलिरहनुभएको छ –“क्यान्सर रोग उपचार गरेमा निको हुन्छ” । हो, आजैबिहान पनि दश बजेपछि को एनटिभी को एउटा प्रोग्राम मा आमा यसै भन्दैहुनुहुन्थ्यो । संयोग ले भन्ने की के भन्ने आज आमालाई हेर्न भनेर नै म टिभी अगाडि बसेको थिँए अनि आमालाई हेरेँ पनि, आमा त्यही कुरा नै भनिरहनुभएको थियो, –“क्यान्सर रोग उपचार गरेमा निको हुन्छ” अनि हाँसिरहनुभएको थियो तर त्यसको लगत्तै घरबाट बुबाको फोन आयो –“मावल को आमा बिहान ४ बजे बित्नुभयो” ।

अब हुने-हुनामी टारेर टर्दैन, उहाँ निकै टाढा गइसक्नुभयो । तर पनि मन बुझाउन कठिन नै हुँदोरहेछ, भनेजस्तो सजिलो नहुने । यदि हामीले मरेर फेरी जन्मनु पर्छ भने, अर्को जन्म मा पुन: उहाँलाई नै हजुरआमा को रुपमा भेट्न पाइयोस् । अनि मामाघर जाँदा, आमाले “नातीहरु आएछन्” भनेको सुन्न पाइयोस् । अनि सत्तलसिंह राजाहरु को कथा बेलुका सुतेर फेरी फेरी सुन्न पाइयोस् । मेरो यही कामना छ, यदी हामी फेरी जन्मिनुपर्छ भने । जेहोस् आमाको आत्माले शान्ती पाओस अनि सँधै सम्झनामा आइरख्नसक्नुहोस् ।
अहिले मावल मा कस्तो स्थिति होला है, मान्छेहरु के गर्दाहुन्, सबैजना नै आमाको कुरा गरिरहेका होलान् । अनि सिंगो गाउँ नै स्तब्ध होला । आमा अलबिदा !!!

Comments

  1. के भन्नु र खै !!!!

    ReplyDelete
  2. 'खै कस्ले पायो मरिजानेलाई विर्षनै पर्दछ
    आँसुको प्रत्येक थोपामा बुझ जिन्दगी झर्दछ ।'

    कुनैदिन आफैंलाई सम्झाउने प्रयत्नमा लेखेको थिएं यि हरफहरु र पछि म जस्तै यदि कसैलाई रुनु परेको बेला मरण जीवनको शाश्वत सत्य हो भनेर मन थाम्न सहयोग गरोस भन्ने अभिप्रायले यसलाई पुर्ण गीतको आकारमा ढालेको थिएं ।

    तपाईँले पोष्टमा लेख्नुभएको सम्पुर्ण पिँडाहरुमा मेरो समबेदना छ साथै आमाको आत्मालाई शान्ती प्राप्त होस ।

    ReplyDelete
  3. शब्द वा भाषा वास्तबमै मानव संबेदना र भाव व्यक्त गर्न प्रयाप्त छैनन् ।

    भाषा र शब्दहरु अभीव्यक्तिका एकदमै कमजोर माध्यम हुन र कहिलेकाहि हाम्रा भाषा र शब्दहरु मनका कुरा अभिव्यक्त गर्न असमर्थ हुन्छन ।

    सियोले घोचे पनि ऐया! भन्नु पर्छ भने हात्तीले कुल्चे पनि 'ऐया!" नै भनिन्छ । तर ती दुई 'ऐया!'बिचका भोगाईका असिमित अन्तर शब्दमा देखिदैंनन्।

    भन्छन नि कसैलाई चिन्नु छ भने दूई वाक्यहरु बिचको 'मौनता' लाई सु्न्नु पर्छ र लेखीएका गहिरो कुरा पढनु छ भने दूई लाईन बिचको खाली भागलाई पनि पढनु पर्छ ।

    तपाईको लेखाईमा दुईलाईन बिचका खालि भागमा धेरै कुरा छन र हुन्छन। अनि म पनि आश गर्छु कि मैले नलेखीकनै व्यक्त गर्न खोजेको कुरा पनि तपाईले पक्कै बुझ्नु हुनेछ ।

    ReplyDelete
  4. Very interesting comments!

    Here is a great site in Nepal Bhasa that you might enjoy:

    नेपाल भाषा wiki browser

    ReplyDelete
  5. 'खै कस्ले पायो मरिजानेलाई विर्षनै पर्दछ
    आँसुको प्रत्येक थोपामा बुझ जिन्दगी झर्दछ ।'

    कुनैदिन आफैंलाई सम्झाउने प्रयत्नमा लेखेको थिएं यि हरफहरु र पछि म जस्तै यदि कसैलाई रुनु परेको बेला मरण जीवनको शाश्वत सत्य हो भनेर मन थाम्न सहयोग गरोस भन्ने अभिप्रायले यसलाई पुर्ण गीतको आकारमा ढालेको थिएं ।

    तपाईँले पोष्टमा लेख्नुभएको सम्पुर्ण पिँडाहरुमा मेरो समबेदना छ साथै आमाको आत्मालाई शान्ती प्राप्त होस ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ...

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली । मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।। आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी । मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।। चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी । फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।। एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली । कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।। -मुकुन्द "अनडेस्टिनी" बायोटेक, दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

Subscribe to Aakar Post