Skip to main content

Republic of Nepal

लामो प्रतिक्षा पछि २०६५ जेठ १५ गते रातको करिब ११:२२ बजे नेपाल गणतन्त्र राज्य भएको घोषणा गरिएकोछ । बैठक बिहान दिनको ११ बजे बस्ने भनिएको भएपनि दलहरु बिच सहकार्य हुन नसक्दा अनि राष्ट्रपति को बारेमा सहमति हुन नसक्दा बिहान बस्ने भनिएको बैठक दिउँसो ३, बेलुका ६ भन्दै राती ९ बजे सुरु भएको थियो । यसै बैठकलाई लक्षित गरेर खुलामञ्च मा दिउँसो एउटा तथा बेलुका बिआइसिसि मा दुईवटा बम बिस्फोट गराइएको थियो । बिस्फोटन को जिम्मा रणविर सेनाले लिएको छ ।

आज बैठक बस्ने भनिएकोले बिहानैदेखि गणतन्त्र को पक्षमा नारा जुलुस भएको थियो भने ठाउँ-ठाउँमा खुशियाली मनाउँदै विविध साँस्कृतिक कार्यक्रमहरु गरिएको थियो । धेरै शंका र उपशंका विच गणतन्त्र घोषणा भएको छ । प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला ले पेश गरेको गणतन्त्र को प्रस्ताव को पक्ष मा ५६० मत तथा विपक्षमा ४ मत परेको थियो । अब नेपाल गणतान्त्रिक राज्य बन्ने कुरा मा शंका नरहेपनि, कार्यान्वायन पक्षको बारेमा केही भन्न नसकिने स्थिति छ । दलहरु कसरी अगाडि जाने हुन्, सहमति को कुरा कहिलेसम्म राम्रो हुने हो, यी यावत कुराहरु मा अहिले नै केही भन्न नसकिएपनि, नारायणहिटिलाई संग्राहलय बनाउने भइएकोछ भने ज्ञानेन्द्रलाई दरबार छोड्न १५ दिन को म्याद दिने बताइएको छ ।

केही दृश्यहरु शब्दमा:
- घन्टि बज्यो, बाहिर भएका सभासदहरु पनि भित्र आए
- केवि गुरुङले बैठक को अध्यक्षता गरे, ज्ञात-अज्ञात शहिदहरु प्रति मौनधारणा गरियो
- प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला को प्रवेश
- कोइराला ले सहिद प्रति श्रद्दान्जलि व्यक्त गर्दै, आफ्नो र राष्ट्र को सपना आज को दिन साकार भएको कुरा व्यक्त गरे
- कोइराला व्दारा एक युग मा एक चोटि आउने दिन आजै भएको बताए
- कोइरालाको लिखित वक्तव्य रामचन्द्र पौडेल ले पढेर सुनाए
- भारतिय लोक सभा का अध्यक्षको पत्र केवि गुरुङले पढेर सुनाए
- गृहमन्त्रि कृष्ण प्रसाद सिटौला ले निर्णयार्थ केहि प्रस्तावहरु राखे
- सिटौला ले प्रस्ताव राखिरहँदा, हृदयश त्रिपाठीले "संघिय" शब्द छुटेको भन्दै सच्याउन भने
- गणतन्त्र को प्रस्तावमा भोटिङ गरियो
- प्रतिभा राणा, चन्द्र बहादुर गुरुङ, चित्र बहादुर के सि, प्रकाशचन्द्र लोहनी आदिले आफ्ना केही असहमतिहरु जनाए
- गणतन्त्रको पक्षमा ५६० मत र विपक्षमा ४ मत परेको घोषणा गर्दै पहिलो बैठक को समापन भएको घोषणा गरियो
- अर्को बैठक जेठ २३ गते बस्ने कुरा सार्वजनिक गरियो

फरक प्रसंङ्ग:
- प्रधानमन्त्रि प्रचण्ड र बाबुराम भट्टराई सँग हात मिलाउँदै चाँडै बाहिर निस्के
- बैठक सुरु हुनु अगावै जस्तो राप्रपा नेपाल का चन्द्रबहादुर गुरुङ केही भन्न खोज्दैथिए, केवि गुरुङले पछि समय दिने बताए
- बिच-बिच मा केही दृश्यहरु कमेडि लाग्थे, जस्तो कि केवि गुरुङ ले "कटु सत्य" भन्नुपर्ने मा कटु मा धेरै जोड दिँदै "कट्टु सत्य" भनेका थिए, हलमा नजानिँदो हाँसो फैलिएको थियो
- बेला-बेला मा केवि गुरुङ अलमल मा परेका देखिन्थे
- माइकहरु पर्याप्त नभएको हो या, प्रयोग मा नल्याइएको हो, सभासदहरुले बोल्न माइक खोजी गरिएको थियो
- केही सभासदहरु निदाइरहेका देखिन्थे
- बिआइसिसि बाहिर बम पड्काएको आशंका मा दुईजनालाई प्रहरीले नियन्त्रण लियो
- पछि फेरी एकै बाइक मा सबार भएर हुँकिएका ३ जनालाई पनि प्रहरीले नियन्त्रण मा लिएको छ
- सडकमा मान्छेहरुको उपस्थिति बाक्लो छ
- प्राय: सबै नेपाली टिभि च्यानल तथा रेडियोहरुले कार्यक्रम को प्रत्यक्ष प्रसारण गरेका थिए भने ब्लग तर्फ माइसंसार ले विश्वव्यापी रुपमा कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो

दायित्व:
हामीसबै नेपाली को काँधमा एउटा ठूलो दायित्व आएको छ, देश बनाउने । आशा छ सबै राम्रैको लागि हुनेछ अनि हामी गणतान्त्रिक राज्य नेपाल का अनुशासित जनता भएर शान्तिपुर्वक जिवनयापन गर्दै देशलाई विकास तर्फ अग्रसर गराउने छौँ । देश का लागि जिवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै, नयाँ गणतान्त्रिक नेपाल को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Comments

  1. HAAPY REPUBLIC NEPAL (new Nepal).

    ReplyDelete
  2. HAPPY REPUBLIC NEPAL....

    ReplyDelete
  3. Long live the Federal Democratic of Nepal!!!

    Jaya Nepal!!!

    ReplyDelete
  4. Let us share this moment with all!
    Wishing all best !!

    Hope now our country can take grat leap in development and betterment.

    ReplyDelete
  5. नेपालमा आएको गणतन्त्र अमेरिकाले निर्यात गरेको प्रजातन्त्र जस्तै भारतको टिरिकमा आएको जस्तो लाग्यो सुद बाबुको कुराकानीले गर्दा त्यसैले गणतन्त्रलाई सावधानी सहित स्वीकार । तर यो गणतन्त्र सिक्कीममा आए जस्तो नहोस् । नेपाली पासपोर्टमा विदेश घुम्न जाँदा एअरपोर्टमा सम्मान जनक व्यवहार पाउन सक्ने खालको मुलुकको रचना होस् । नेताहरुले विगार्ने र खुट्टा तान्ने नगरि देश विकास गरे राम्रो ।

    ReplyDelete
  6. गणतन्त्र नेपाल जिन्दावाद!

    गणतन्त्र नेपालका अनन्त सपनाहरु क्रमैसंग पुरा हुंदै जाउन । नेपाल र नेपालीको जय होस ।

    ReplyDelete
  7. welcome to new nepal
    welcome to new era of development along with its indigenous culture
    we all nepalese praise for our motherland's relief finally after about 300 years

    ReplyDelete
  8. welcome to new nepal
    welcome to new era of development along with its indigenous culture
    we all nepalese praise for our motherland's relief finally after about 300 years

    ReplyDelete
  9. नेपालमा आएको गणतन्त्र अमेरिकाले निर्यात गरेको प्रजातन्त्र जस्तै भारतको टिरिकमा आएको जस्तो लाग्यो सुद बाबुको कुराकानीले गर्दा त्यसैले गणतन्त्रलाई सावधानी सहित स्वीकार । तर यो गणतन्त्र सिक्कीममा आए जस्तो नहोस् । नेपाली पासपोर्टमा विदेश घुम्न जाँदा एअरपोर्टमा सम्मान जनक व्यवहार पाउन सक्ने खालको मुलुकको रचना होस् । नेताहरुले विगार्ने र खुट्टा तान्ने नगरि देश विकास गरे राम्रो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Subscribe to Aakar Post