Skip to main content

Posts

भो लिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको । अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ : “मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,...

Kathmandu University Computer Club (KUCC) को १२ औँ साधारण सभा तथा पहिलो वर्ष का विद्यार्थीहरुको स्वागत कार्यक्रम आज नोभेम्बर १ तारिख का दिन काठमाडौँ युनिभर्सिटि को सिभि रमन अडिटोरियम मा सम्पन्न भएको छ । कार्यक्रम मा KUCC को वार्षिक काम को समिक्षा गरिएको थियो भने, आगामी वर्ष का KUCC का योजनाहरु पनि प्रस्तुत गरिएको थियो । काठमाडौँ विश्वविद्यालय का रजिस्ट्रार, प्रोफेसर डक्टर भद्रमान तुलाधर को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा स्कुल अफ इन्जिनियरिङ का डिन, प्रोफेसर डक्टर भोला थापा को पनि उपस्थिति थियो । कार्यक्रम को सुरुवात मा KUCC का निवर्तमान Vice President आकाश दिप शाक्य तथा क्लब का General Secretary अभिषेक सिंह ले २००८-०९ मा क्लब ले गरेका गतिविधिहरु को बारेमा जानकारी दिनुभएको थियो भने Treasurer आशरा श्रेष्ठ ले क्लब को आर्थिक विवरण पेश गर्नु भएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविद्यालय का रजिस्ट्रार, प्रोफेसर डक्टर भद्रमान तुलाधर ले कम्प्युटर डिपार्टमेन्ट तथा शिक्षक विद्यार्थी को हित का लागि विश्वविद्यालय ले आवश्यक पुर्वाधारहरु मा विशेष जोड दिने उल्लेख गर्दै, विश्वविद्यालय सद...

तपाई के सोच्दैहुनुहुन्छ ? कुन पुराना कुराहरु सोच्दैहुनहुन्छ ? कुन पल को स्मरण गर्दै हुनहुन्छ ? तपाई त्यो कुरा को मात्र जवाफ दिनसक्नुहुन्छ, जुन कुरा तपाई को दिमाग मा आइरहेको छ, सोचिरहनु भएको छ तर अब यस्तो प्रविधि आइसकेको छ, तपाईले सोचिरहेका कुराहरु pattern-detection software को माध्यमबाट अरुहरु ले पनि थाहा पाउन सक्छन् । केही हिन्दि अनि अंग्रेजी मुभिहरुमा यस्ता कुराहरु देख्दा, वाहियात लाग्ने गर्थ्यो, अझ भनौँ न, नचाहिने कुरा देखाउँछ भने जस्तो लाग्थ्यो । तर अब वास्तविकता मै कसले के सोचिरहेको छ, कुन पल को कल्पना गरिरहेको छ, आदिजस्ता कुराहरु थाहा पाइने भएको छ । हुन त केही वर्ष पहिले नै, फोटोहरुको भिडमा तपाई कुन फोटो हेर्दैहुनुहुन्छ भन्ने कुरा पत्ता लगाउन वैज्ञानिकहरु सफल भइसकेकाछन् । तर अहिले त झन्, सोचेको कुरा नै पत्ता लगाउने प्रविधि विकास भइसकेको छ । भर्खरै का पछिल्ला अनुसन्धान अनुसार, अनुसन्धानकर्ताहरुले कुन व्यक्ति ले के सोचिरहेको छ भन्ने कुरा चित्र का माध्यमबाटै देखाउन सक्ने भएकाछन् । गतहप्‍ता Chicago मा भएको Society for Neuroscience को मिटिङ मा University of California का "n...

Listen to Shirish Ko Phool Episode: 4. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ । श्रुतीसम्बेग को यो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' को चौथो तथा अन्तिम अंक लिएर उपस्थित भएका छौँ । आज को वाचन सँगै, 'शिरिष को फूल' को वाचन सकिन्छ । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार गर्नुभएको कार्यक्रमलाई प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम ले साथ दिइरहनुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद ! विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ । आगामी हप्ता हामी श्रुती सम्बेग मा 'शंकर लामिछाने' ले 'शिरिष को फूल' को लागि लेख्नुभएको भुमिका तथा पारिजात कै अर्को कथा 'मैले नजन्माएको छोरो' लिएर उपस्थित हुनेछौँ ।

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए...

Sundial Clock या भनौँ सौर्य घडि लाई विश्व को सबैभन्दा पुरानो घडि प्रविधि मानिन्छ । नेपाल मा पनि, काठमाडौँ घन्टाघर सँगै, छेउ मा सौर्य घडि रहेको छ । सौर्य घडि भएर पनि, अहिले कुनै उपयोग मा भने आएको छैन । एउटा भुलेको इतिहास झैँ भएर, त्रिचन्द्र कलेज को छेउ मा झोक्राएर बसिराको भान पर्छ । झार र घाँसहरु ले छोपिएको, अनि भएको घडि को पनि संरक्षण नगरिएको देख्दा दिक्क लागेर आउँछ । 'अजबगजब ब्लग' का नविन सर ले मैले घन्टाघर को फोटोहरु राखेको बेला भन्नु भएको थियो, त्याँ Sundial Clock छ । अनि म दोहोरिएर गएको थिँए खोज्न, Sundial Clock लाई । तर यस्को अवस्था देख्दा चाँहि विरक्त नै लाग्यो । लाग्यो, हामी केही कुरा पनि जोगाएर राख्न सक्दैनौँ । Sundial Clock को अवस्था मैले भन्नु भन्दा पनि, तल को फोटो मा हेरेर बुझ्नु होला है । खासमा, Sundial Clock मा समय कसरी हेरिन्छ भनेर कौतुहलता होला, तल को फोटोलाई नियालेर हेर्नुस् त्यहाँ विभिन्न कोणहरु मा धर्काहरु बनाइएका छन्, रोमन मा १ देखि १२ लेखिएका छन् । अनि समय हेर्नलाई चाँहि सूर्यलाई आधार बनाइन्छ । सूर्य जता छ, त्यस्कै आधारमा घडि हेर्दै यति बज्यो भनेर भन्न...

Listen to Shirish Ko Phool Episode: 3. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ । श्रुतीसम्बेग को यो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' को तेस्रो अंक लिएर उपस्थित भएका छौँ । सकम्बरी सँग को एकतर्फी प्रेमले भित्र भित्रै खोक्रो भएको सुयोगविर ले के गर्लान् त ? आज को शिरिष को फूल को अंक यही कुरा को वर्णन सँगै अघि बढ्दै गएको छ । अत: सुन्नुहोस्, श्रुती सम्बेग को यो अंकमा पारिजात को शिरिष को फूल । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ, भने प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार को काम गर्नुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद ! विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ ।