तपाई के सोच्दैहुनुहुन्छ ? कुन पुराना कुराहरु सोच्दैहुनहुन्छ ? कुन पल को स्मरण गर्दै हुनहुन्छ ? तपाई त्यो कुरा को मात्र जवाफ दिनसक्नुहुन्छ, जुन कुरा तपाई को दिमाग मा आइरहेको छ, सोचिरहनु भएको छ तर अब यस्तो प्रविधि आइसकेको छ, तपाईले सोचिरहेका कुराहरु pattern-detection software को माध्यमबाट अरुहरु ले पनि थाहा पाउन सक्छन् ।
केही हिन्दि अनि अंग्रेजी मुभिहरुमा यस्ता कुराहरु देख्दा, वाहियात लाग्ने गर्थ्यो, अझ भनौँ न, नचाहिने कुरा देखाउँछ भने जस्तो लाग्थ्यो । तर अब वास्तविकता मै कसले के सोचिरहेको छ, कुन पल को कल्पना गरिरहेको छ, आदिजस्ता कुराहरु थाहा पाइने भएको छ ।
हुन त केही वर्ष पहिले नै, फोटोहरुको भिडमा तपाई कुन फोटो हेर्दैहुनुहुन्छ भन्ने कुरा पत्ता लगाउन वैज्ञानिकहरु सफल भइसकेकाछन् । तर अहिले त झन्, सोचेको कुरा नै पत्ता लगाउने प्रविधि विकास भइसकेको छ । भर्खरै का पछिल्ला अनुसन्धान अनुसार, अनुसन्धानकर्ताहरुले कुन व्यक्ति ले के सोचिरहेको छ भन्ने कुरा चित्र का माध्यमबाटै देखाउन सक्ने भएकाछन् ।
गतहप्ता Chicago मा भएको Society for Neuroscience को मिटिङ मा University of California का "neural decoder” Jack Gallant र Shinji Nishimoto ले अहिलेसम्म कै आश्चार्यजनक नतिजा प्रस्तुत गरेर देखाएका थिए । उनीहरुले कसैको दिमाग मा हुने कृयाकलापहरु हेरेरै, उक्त व्यक्ति ले के सोचिरहेको छ, कुन पल को स्मरण गरिरहेको छ भन्ने कुरा, मुभि मै उतार्न सकिने कुरा देखाएका थिए । सोही मिटिङ का अन्य सहभागि ले पनि, neural decoding को माध्यमबाट जो कसैको दिमाग पढ्न सकिने, सोचिरहेको कुरा पत्ता लगाउन सकिने अझ भनौँ न, भविष्य को योजना नै पत्ता लगाउन सक्ने कुरा बताएका थिए ।
कसैको दिमाग पढ्न सकिने प्रविधि पत्ता लाग्नु भनेको चानचुने कुरा पक्कै होइन । "mind reading" technologies को बारेमा धेरै प्रश्नहरु उठ्ने गरेका कारण, अनुसन्धानकर्ताहरु यो प्रविधिलाई neural decoding भन्ने गरेकाछन् । यो neural decoding प्रविधि व्दारा कसैको दिमाग को कुरा पत्ता लगाउनु भनेको कहिले राम्रो त कहिले घातक पनि सावित हुनसक्छ ।
Jack Gallant र Shinji Nishimoto ले सयौँ दिन गरिएको परिक्षण पश्चात कसैको दिमाग पढ्न सकिने दाबी गरेका थिए । उनीहरु ले अनुसन्धान का क्रम मा २ जना व्यक्ति लाई चलचित्र देखाएका थिए अनि ती दुइमाथि अनुसन्धान गरिँदा कम्प्युर प्रोग्राम का माध्यम बाट ती व्यक्तिहरु ले कुन पल को कल्पना गरिरहेकाछन् भन्ने कुरा पत्ता लगाएका थिए ।
अब, अलि होशियार हुनुपर्ने जमाना आएछ, के गर्नु आफ्नो दिमाग मा आइरहेको कुरा पनि अरु ले पढिदिन्छ रे ! Facebook ले सोध्ने प्रश्न ‘What’s on your Mind?” ले सबैलाई दिक्क लगाइरहेको हुन्छ, अनि हामीहरु केही न केही लेखिरहेका हुन्छौँ । तर अब त मेसिन ले समेत हामीले सोचेको कुरा पत्ता लगाइदिने भइसकेछ ।
*This article is inspired by Ewen Callaway's article published in NewScientist's [28 October 2009] article 'Brain scanners can tell what you're thinking about' . To know more about this research, you can follow above link.

अर्को नया कूरा!! लौ आकारसँग नसकिने भो!!!
ReplyDeleteओहो ! रमाईलो पनि खतरनाक पनि रहेछ जानकारी त !।
ReplyDeleteसाँच्चै अब फेसबुकमा स्टाटस अपडेट गर्नलाई कम्प्युटरमा त्यस्तै Mind reading Software ईन्स्टल गर्यो भने त "What’s on your Mind?" लेखेको ठाउँमा एकैछिन हेर्दे मात्रै पुग्ने भयो त ।
This is useful for people with physical dis-abilities.
ReplyDeleteI had similar one here...
http://palaipalo.blogspot.com/2009/09/mind-over-matter-brain-computer.html

ओहो ! रमाईलो पनि खतरनाक पनि रहेछ जानकारी त !।