Skip to main content

Posts

Showing posts with the label Sunil

१) क्राइष्टलाई झैँ काँटी ठोकी, महान बनाइदिउँ झैँ लाग्ने ! हुसेनलाई झैँ पासो लगाई, अमर बनाइदिउँ झैँ लाग्ने ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा । २) मर्नै नपरी यिनेर्लेनै, फुत्तै बैतर्नी तार्लान जस्ता । खेल्न मागे बालकहेर्ले, तारै ऐले झार्लान् जस्ता ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ३) दक्षिण तिर बगाएर, उत्तर तिर खोजौँ लाग्ने ! दुई चार झापड पड्काएर, दुख्यो !!?? भनि सोधौँ लाग्ने ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ४) मति भर्ने महात्मा भए, उनैको सामु थुपार्नु हुन्थ्यो ! कोपार्नु सम्म कोपार्नु हुन्थ्यो, अनि चिउँडै सम्म लोपार्नु हुन्थ्यो ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ~ घिमिरे सुनिल Image: stanacosmin

कुबेलाको आंप जस्तो, अमिलो छ तिम्रो बोलि । बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली ।।   भन्नेले’त भगवान भन्लान् ! मान्नुपर्यो सारा जगत । गर्या छैनौ देखाउनलाई, ब्यर्थै गयो तिम्रो चोली ।। बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली !!! गालिगलौच गर्दै हिँड्छन्, भेट्लान् कुनै दिन तिन्ले । समयमै सुझाब तिम्लाई, सम्हाल है तिम्रो टोली ।। बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली !!!   जति पेल्यौ तेति कडा, निस्किसके जगत सारा । सक्षम छन् है पुर्याउनलाई, आर्यघाटमा तिम्रो डोली ।। बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली ।।।     -घिमिरे सुनिल Image : fashionablygeek.com

थाहा हुंदा हुंदै पनि मनले धिक्कार्दा धिक्कार्दै पनि मान्यतालाई फाल्नलाई नयां बिचार पाल्नलाई भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! मौसमलाई अनुकुल बनाई रछ्यान मा मुला सप्रेझैं सप्रेका पहेंला पहेँला काला काला झ्वाँक झ्वाँक भै कक्रेका भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! घांटीको गांड नै च्यात्तिनेगरि कराउन सक्ने अर्कोलाई लात्ताले बजारि नमज्जाले हराउन सक्ने मान्छेका खुट्टामा पिसाब फेर्दै मान्छेकै सामु दगुर्न सक्ने भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! सेतो कालो दुब्लो पातलो मोटो घाटो भाले पोथी दुलामा बस्ने काठमा बस्ने पानीमा बस्ने समान अनुपातमा भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! तै! पुगिहाल्छ कि भन्दै दुई सय पाँच को ठाउंमा छ सय एक नै ल्याईयो अनि थुपारियो प्रतिनिधि भ्यागुताहरु धार्नि पुर्याउनलाई !!!               - घिमिरे सुनिल

बिहानी भाले को डांक संगै, सुतिरहेको राजधानी मा अव्यवस्थित कृयाकलाप को कुइरीमण्डल अराजकता फैल्याउंदै दिनचर्या सुरु हुनु कुनै नौलो कुरा होइन। त्यही पनि राजधानी मौन नै छ, किनकी उ निर्जिव छ। यथास्थानमा छ र यावत सल्बलाहट भोग्न बाध्य छ। रोड देखिन बोर्ड सम्म,जाली देखि घर को पाली सम्म, फटाहा देखिन चोटाह सम्म इत्यादी सम्पूर्ण को सर्म नमानी कर्म गर्न पाइने कर्मथलो भैदिएको छ राजधानी। विश्वमान चित्र को ०.०३ प्रतिशत क्षेत्रफल ओगटेको मुलुक को यस राजधानी कत्तिनै पो ठुलो होला भन्ने सामान्य ठोकुवा त जो कोहिले पनि लगाउनु कुनै ठुलो कुरा भएन यध्यपि यहाँ हुने अराजकता कसैको ज्ञान चछु सम्म नपुगेको पनि हुन सक्दछ। यदि पुग्थ्यो होला त समाधान पनि निक्लिने थियो होला। वर्तमानलाई हाँक्न नसेके पनि भविष्य छर्लङै दृष्‍टिगोचर गर्न सक्ने भविष्यवक्ता पनि नजन्मिएका होइनन् यस राजधानी मा। भविष्यलाई छर्लङै देखि नाम राख्न सिपालु महापण्डितहरु ले न्वारन गरिदिएका कतिपय संघ संस्थाहरु का नाम र काम आज पनि पूर्णिमा को जून झैँ छर्लङै पाउन सकिन्छ। वायुसेवा निगम, टेलिकम, आयलनिगम,वन विभाग इत्यादी इत्यादी, अरु पनि धेरै छन् त्यो पत्ता

तिमीले निचोर्दै, चिथोर्दै खियाउन लाग्दा म कहिले आत्तिन्न । तिमी सँग शक्ति होला म सँग सामर्थ्य छ तिमी सँग क्रोध होला म सँग सहनशिलता छ तिमी सँग बुद्धि होला म सँग विवेक पनि छ ! त्यसैले तिमी र म वा म र तिमी जताबाट हेरौँ फरक स्पष्ट छ । तिमी पेल्न खोज्छौ म ढुंगा बन्छु तिमी उखेल्न खोज्छौ म अनन्त जरा गाड्छु तिमी धकेल्न खोज्छौ म हिमाल बन्छु तिमी पखाल्न खोज्छौ म अझै चम्किन्छु अनि तिमी थाक्दछौ किनकी म विर गाथा बोकेको गोर्खाली हुँ । सुस्ताहरु मा तिमी रजाँइ गर्न थाल्छौ अनि कालापानीहरुमा मलाई लाग्छ निभ्न लागेको दियो चम्के झैँ, मात्र त्यस्तै । तिमी कसैको अधीनमा रहँदा मैले कसै सामु शिर झुकाइन, कसैसामु घुँडा टेकिन र पिठ्युँ पनि आफ्नै धर्ति सामुन्ने नै थियो । तर पनि तिमी मलाई लाछी ठान्छौ, तिमी सँग क्रोध छ म सँग सहनशिलता छ, तिमी सँग बुद्धि छ तर म सँग विवेक पनि छ ! imgsrc: travel-nepal.com - घिमिरे सुनिल

ए एक्युरियम का माछाहरु तिम्रो अस्तित्व केबल सिसा को बन्द घेरा भित्र मात्र सिमित छ । तिमी रंगिबिरङ्गी छौ तर केवल मनोरञ्जनको साधन मात्र यति नै हो तिम्रो अस्तित्व त्यहाँ भन्दा बाहिर तिमी कहिल्यै आउन सक्दैनौ किनकी तिमी पानी बिना बाँच्नै सक्दैनौ पानी तिम्रो घर हो खाने भाँडो हो त्यसैले त होला तिमी पानी विमुख हुनेबित्तिकै छट्पटाउन थाल्दछौ उफ्रन थाल्छौ पुच्छर ले वरपर हिर्काउन थाल्छौ किनकी तिमी आफ्नो मात्र सोच्छौ । तिम्रो उफ्राइले कति किट मरे होलान् तिम्रो छटपटाइले कतिलाई पेल्यौ होला तर तिमी महान छौ त्यसैले त तिमीलाई छानि छानि एक्युरियम मा राखेकाछौँ । तिमी मा उत्पादकत्व छैन सृजनशिलता छैन केबल छ त घमन्ड सेतो, कालो, हरियो, निलो, रातो हुनुको । परिवर्तन हुनु छ भने घमन्ड छोड अनि पानी बिना पनि बाँच्न सिक अनि तिमी महान हुनेछौ विश्वव्यापी हुनेछौ र प्रेरणाको स्रोत पनि नत्र फगत जन्मनु र मर्नुबाहेक केही अस्तित्व रहने छैन केही रहने छैन । नोट: एक्युरियम ले संसद/संविधानसभा भवन जनाउँछ भने माछाहरु ले हाम्रा संसद/सभासद जनाउँछ । imgsrc: mydigitallife.info

त्यसै त्यसै ताजुब लाग्छ, सोच्दा झनै अजिव लाग्छ । नेतागण का अर्धबुद्धि, केही मात्र जिवित लाग्छ ।। गर्छन् सँधै नारावाजी, राती पनि घाम लाग्छ । हाम्लाई देओ तिम्रा ‘नारा’, जोत्‍नै मात्र काम लाग्छ ।। झिक्छन् अरे बिजुली नि, दिउँसै अब बत्ति बल्छ । भाँड मा गए तिम्रा बत्ति, हाम्रै टुकी काम लाग्छ ।।

Listen to Ghimiray Sunil. वर्षा सुरु भयो साथी, अब हेर भेल ल्याउँछ, काग ले पनि खानलाई, अब हेर बेल ल्याउँछ ! फुस्रा नारा फुस्रै बसे, अलिपछि धुस्रा बने, रोक्नुपर्ने उम्किसक्यो, चिप्लो पार्न तेल ल्याउँछ ! प्रथम भएस, प्रथम भएस केही बाट उर्दी आए, जसले भने नियमित र आंशिक समेत फेल ल्याउँछ ! उठ अब नसुत भो, अगाडि आउ मित्र तिमी समर्थन छ हाम्रो तिम्लाई, जसले अब मेल ल्याउँछ ! वर्षा सुरु हुन्छ साथी, अनि साँच्चै भेल ल्याउँछ, कागले पनि खानलाई, हेर साँच्चै बेल ल्याउँछ ! -घिमिरे सुनिल मदन भण्डारी मेमोरियल कलेज रातोपुल, काठमाडौँ । माथिको अडियो डाउनलोड गर्नुहोस् ।

Listen this audio by Ghimiray Sunil. च्यात्तिसक्यो तिम्रो धोती, कति अझै बटार्दैछौ, खुस्किसक्यो तिम्रो बोली, कति अझै सपार्दैछौ ! विचरा को खुट्टा तानी, अनि के नै गर्ने तिम्ले, तिम्रो हुति छैन भन्दै, कति अझै कोतार्दैछौ ! बाँकि रह्‍यो नेपाल नै, विर हुँ भनि देखाउनलाई, त्यसलाई पनि फेल भन्दै, कति अझै लोपार्दैछौ ! बुढो बरु खाँटि रै'छ, कुबेला मै आँप झारे, वृध्दलाई माया गर, कति अझै झपार्दैछौ ! माथिको अडियो डाउनलोड गर्नुहोस् । -घिमिरे सुनिल मदन भण्डारी मेमोरियल कलेज रातोपुल, काठमाडौँ ।

नेपाल को सडक कति धेरै सस्तो आन्दोलन त्यहीं हुने, जुलुस पनि त्यहीं अरु त अरु भए, नेता जान्छन् त्यही सडक ! विशेषता धेरै भएको सडक अरु कहाँ-कहाँ छ र ? मान्छे तात्न त्यही सडक त फोहर फ्याँक्न त्यही सडक, अरु त अरु भए, हुने गर्छ दिनहुँ झडप ! आफ्नो माग पुरा गराउन सबै ताक्ने त्यही सडक स्वास्नि कुटे त्यही सडक पार्टि फुटे त्यही सडक, अरु त अरु भए, कुख्रो किचेपनि त्यही सडक ! गाडि गुड्नुपर्ने त्यहाँ गाडिको त नामै छैन कहिले जान्छन् विद्यार्थी त कहिले शिक्षक त्यही सडक, अरु त अरु भए, मुल्य बढे त्यही सडक ! -सुनिल घिमिरे

- सुनिल माम अब भुजा भयो लोक पनि र्याप अरे माथि लायो पाखे भन्छन् पाइन्ट पनि तल झरे। तल्लाघरे रामे पनि शहर मा त राय्म्स भयो आमा भन्ने चलन पनि मम्मी बाट मम्स भयो। खुट्टा छोटो भए पनि ठुलो जुत्ता लाउनै पर्‍यो जमाना नै एस्तो हजुर यस्तै गरी चल्नै पर्‍यो। दौरा सुर्वाल छोडि अब हिपहप लुगा लगाउछन लोक बाजा कहाँ हुन्छ गीतार ड्रम्सेट बजाउछन्। भित्र जस्तो भए पनि बाहिरी लुगा सजाउंछन् केटा केटी चिन्नै गाह्रो उस्तै-उस्तै लुगा लगाउछन्।