Skip to main content

Posts

Showing posts with the label IT

अघिल्लो हप्ता 'वान्नाक्राइ र्‍यान्समवेयर'ले १५० देशका २ लाख ३० हजार भन्दा धेरै कम्प्युटरमा एकैसाथ आक्रमण गरेर सन्सनी मच्चायो । वान्नाक्राइ र्‍यान्समवेयर एक किसिमको कम्प्युटर भाइरस हो, जसले तपाईको कम्प्युटरको डाटालाई नियन्त्रणमा लिन्छ (या भनौँ अपहरण गर्छ) र त्यसवापत फिरौती माग गर्छ । प्रयोगकर्ताले फिरौती रकम नतिरेसम्म, कम्प्युटरका डाटाहरु प्रयोग गर्नबाट रोक्छ । मेरो कम्प्युटर अरुको नियन्त्रणमा कसरी होला? मेरो आफ्नै कम्प्युटरमा रहेको डाटा प्रयोग गर्न नसक्ने पनि होला र? भनेर प्रयोगकर्तालाई जिज्ञासा लाग्नु सामान्य हो । वान्नाक्राइ र्‍यान्समवेयर, र यसले नेपालमा पारेको प्रभाव र जोगिने उपायहरुबारे रिगो टेक्नोलोजीले तयार गरेको सामाग्री आजको ब्लगमा साभार गरेका छौँ । रिगो टेक्नोलोजी 'आइटि सेक्युरिटी' कम्पनी हो, जसले व्यवसायहरुको लागि चाहिने सफ्टवेयर टेस्टिङ, सेक्युरिटि अडिट, आइटि अडिट, सेक्युरिटी तालिम आदि विभिन्न सेवा प्रदान गर्छ । वान्नाक्राइ र्‍यान्समवेयर हामी पहिले देखिनै फिरौती माग्ने ऱ्यान्समवेयर (Ransomware) (एक प्रकारको कम्प्युटर भाइरस) का बारेमा सुन्दै आएकाछौं। जस...

केही दिन अघि, नेपाल को ‘आइटि’ क्षेत्र को अवस्था तथा यसले भोग्नुपरेका समस्या र समाधान अनि ‘आइटि’ को भविष्य र यसले देशको अर्थतन्त्र मा पार्ने प्रभाव बारे छलफल गर्न वनेपा को आइटि पार्क मा ‘बिबिसि वर्ल्ड ट्रष्ट’ को निर्माण मा बिबिसि रेडियो तथा कान्तिपुर टिभि ले ‘साझा सवाल’ नामक कार्यक्रम को आयोजना गरेको थियो । एक समयमा स्वर्गिय इन्द्र लोहनी ले चलाउने ‘बहस’ कार्यक्रम खुबै मन पर्थ्यो भने अहिले नारायण श्रेष्ठ ले सञ्चालन गर्ने ‘साझा सवाल’ कार्यक्रम उत्कृष्ट लाग्छ । आदरणिय दाजु, पत्रकार तथा साझा सवाल उत्पादन टिम का सदस्य दिपक भट्टराई को आग्रह स्विकार्दै कार्यक्रम मा सहभागी को रुपमा केही साथीहरु सहित आफूले उपस्थिति जनाइएको थियो । साझा सवाल प्राय: नियमित सुनिने र मन पर्ने कार्यक्रम भएपनि आफ्नो उपस्थिति भने पहिलो पटक थियो । करिब २ घन्टा को छलफल एकैछिन मा सकिएको झैँ भान भएको कार्यक्रम मा सहभागीहरु ले पर्याप्त समय भने नपाएको झैँ लाग्यो । कार्यक्रम को छलफल को केन्दविन्दु ‘आइटि’ भएको र सञ्चालन पनि आइटि पार्क मा आयोजना गरिएको ले, कार्यक्रम आइटि पार्क सँग पनि सम्बन्धित हुनुपर्छ भन्ने धारणा थियो । तर आ...

तपाई ब्लग वा साइट मा भिजिटर बढाउने सोच्दै हुनुहुन्छ भने, Inrev Systems को Buzzom.Com उपयोगी हुनसक्छ । Inrev Systems India को एउटा वेवसाइट buzzom.com मा Twitter Account को सहयोग मा आफूलाई रजिष्टर गरेर, आफ्नो Feed लाई रजिष्टर गर्न सक्नुहुन्छ । बढ्दै गएको प्रतिस्पर्धा सँगै, सबैलाई आफ्नो Traffic बढाउने सोच हुन्छ । तपाई को Twitter Account तथा ब्लग छ भने, buzzom.com तपाई को लागि धेरै नै उपयोगी हुनेछ । Buzzom.com को Feed Management मा गएर आफ्नो Feed  लाई म्यानेज गर्नसक्नुहुन्छ । तपाई ले त्यहाँ Feed URL, Post Cycle आदि मिलाउन सक्नुहुन्छ, बाँकि काम Buzzom ले गरिदिन्छ । तपाई ले आफ्नो ब्लगको पोष्टहरु लाई Cycle मा घुमाउन पनि सक्नुहुन्छ, कुन पोस्ट कति अन्तराल मा ट्वीटर तथा फेसबुक मा प्रकाशित गर्ने भनेर तपाई ले Buzzom मा मिलाउन सक्नुहुन्छ । अत: अटोमेटिक रुप मा तपाई का ब्लग पोष्टहरु Twitter तथा Facebook मा प्रकाशित हुन्छन् । फलस्वरुप, तपाई को ब्लग मा भिजिटर बढ्नेछन्, साथै nxy.in मा रजिष्टर गरेर, ट्वीट गर्दै केही हदसम्म पैसो कमाउन पनि सक्नुहुनेछ । Buzzom मा तपाई ले एक भन्दा बढि Feed हरु...

ट्विटर मा कत्ति को ट्विटिनु हुन्छ, आफ्ना कुराहरु ! सायद अधिकांश लिंकहरु छोटो पारेर नै ट्विट गर्नुहुन्छ होला, हुन त ट्विटर ले bit.ly लाई आफ्नो default Url Shortener बनाएको छ । यस्तै लिंक छोटो पार्ने Url Shortener हरु को भिड मा अर्को नयाँ NXY.IN नाम को Url Shortener  थपिन आइपुगेको छ । हुन त Url Short गर्न को लागि  tinyurl.com, bit.ly,tr.im,goo.gl आदि अनगिन्ति साइटहरु छन् । तर पनि nxy.in मा विशेष त्यस्तो के छ, जसको कारण nxy.in को प्रयोग हिजो आज दिनानुदिन बढ्दै छ ? nxy.in को बढ्दो प्रयोगलाई मध्यनजर राख्दै, आज म यसकै बारेमा केही चर्चा गर्दैछु ।  InRev systems , ले निर्माण गरेको nxy.in URL Shortener ले लामो लामो url लाई छोटो पारिदिन्छ । यसरी छोटो पारिएको URL ट्विटर, फेसबुक आदि जस्ता सोसल नेटवर्किङ साइटहरुमा सेयर गर्न सकिन्छ । NXY.IN मा गएर जो कोही ले लामा लामा भद्दा url हरुलाई छोटो पार्न सक्छन् । url short गर्ने त्यति धेरै साइट छन् तर किन यही नै भन्ने प्रश्न पनि उठ्न सक्छ । प्रश्न उठ्नु स्वभाविक पनि हो । अत: nxy.in नै किन भन्ने कुरा तल का केही बुँदा मा InRev systems का C...

अहिले को युग के को हो भनेर प्रश्न गरियो भने, सबैले दिने जवाफ एउटै हुन्छ । यो सुचना प्रविधि, कम्प्युटर प्रविधिको युग हो । अनि यही सुचना प्रविधि तथा कम्प्युटर प्रविधिलाई लक्ष्य गरेर नेपाल मा पनि आइटि पार्क को स्थापना गरियो । काभ्रे जिल्लामा आइटि पार्क त बन्यो तर यो अहिले एकदमै प्रयोगविहिन अवस्थामा रहेको छ । सायद IT Park पनि एक दिन त सञ्चालन मा आउँला भनेर, दिन कुरेर बसिरहेको जस्तो आभाष मिल्छ । करिब ३०० रोपनी मा फैलिएको, अत्यन्तै रमणिय स्थलमा रहेको सम्पुर्ण सुविधायुक्त आइटि पार्क प्रयोग विहिन अवस्थामा छ । सायद यस्तो दयनिय स्थिति देखेर होला, अहिले हाम्रा विज्ञान तथा प्रविधी मन्त्री गणेश साह जुर्मुराएका छन् । हाम्रो कृषी युग थियो, अब को युग कम्प्युटर को युग हो भन्ने बुझेका मन्त्री गणेश साह आइटि पार्क चलाउनै पर्छ भन्ने मान्यता राख्छन् । यसैको सुरुवाती कदम स्वरुप आज, वनेपाको आइटि पार्कमा एउटा सानो भलाकुसारी को कार्यक्रम राखिएको थियो । काठमाडौँ मा बसेर गफ हाँक्दैमा र आइटि पार्क को गफ दिँदैमा केही उपलब्धि हुँदैन भनेर नै यो कार्यक्रम आइटिपार्क मा नै गर्नुपरेको कुरा मन्त्रि साह ले प्रस्ट्याउनु भयो...

This is an IT Park of Nepal, which is situated at Banepa Kavre. यो वनेपा, काभ्रे मा रहेको आइटि पार्क हो । करोडौँ को लगानि मा बनेको यो घर प्रयोग विहिन अवस्था मा छ । आवश्यक सबै पुर्वाधारहरु भएको भए पनि सरकार को लापरवाही का कारण यो पार्क सञ्चालन मा आउन सकेको छैन । यदि यो पार्क सञ्चालन मा आउने हो भने सयौँ ले रोजगारी पाउनुको साथै देश ले पनि कम्प्युटर प्रविधी को क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्ने थियो ।