नेपाल टेलिकमको प्रिपेड ईन्टरनेट डाटा प्याकेज

नेपाल टेलिकमका प्रिपेड मोबाइल प्रयोगकर्तालाई खुशीको खबर छ, आज भाद्र १ गतेबाट नेपाल टेलिकमको जिएसएम प्रिपेड मोबाइल फोनमा पहिलो पटक डाटा प्याकेज मार्फत ईन्टरनेट उपलब्ध हुनेभएकोछ ।

नेपाल टेलिकमले प्रिपेड मोबाइलको लागि, २ सय एमबी देखि १० जिबी सम्मका, ६ प्रकारका डाटा प्याकेजहरु सार्वजनिक गरेकोछ । अब ईन्टरनेट चलाउन प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले आफ्नो आवश्यकता अनुसारको डाटा प्याकेज किन्न सक्नेछन्। डाटा प्याकेजको फाइदा भनेको, अब ईन्टरनेट चलाउन पहिलेको भन्दा झनै सस्तो हुनेछ ।

प्रिपेड डाटा प्याकेजको दर

Plan Package Price (Rs.) Validity
Bronze 200 MB 130 1 Month
500 MB 300 1 Month
Silver 1 GB 500 1 Month
3 GB 1,290 2 Months
Gold 5 GB 1,800 3 Months
10 GB 2,800 6 Months
*उल्लेखित महसुल दरमा कर समावेश गरिएको छैन ।

डाटा प्याकेज कसरी किन्ने?

एसएमएसको माध्यमबाट सजिलैसँग आफूलाई चाहिएको डाटा प्याकेज किन्न सकिन्छ । डाटा प्याकेज किन्नको लागि 'डाटा प्याकेज'को नाम लेखेर १४१५ मा एसएमएस गर्नुपर्छ । जस्तै, दुई सय एमबी डाटा प्याकेज लिनको लागि DATA200MB लेखेर 1415 मा एसएमएस गर्नुपर्छ ।

नेपाल टेलिकमको पोष्टपेड मोबाइलमा पहिले देखि नै डाटा प्याकेज उपलब्ध छ । पोष्टपेड प्रयोगकर्ताले मासिक ९ सय रुपैयाँमा ५ सय बराबरको 'भोइस कल' र २ जिबी डाटा पाउँछन् ।
आफ्नो ईन्टरनेट डाटा कति सकियो, कति बाँकी छ भनेर थाहा पाउन VL लेखेर 1415 मा एसएमएस पठाउन सकिन्छ।
आकारपोष्ट एन्ड्रोइड एप् डाउनलोड गर्नुस्

0 प्रतिक्रिया :

Post a Comment