Skip to main content

ननिम्त्याइएको जन्ती [कथा]


बर्खे बिदाका दिन, घर बस्दा बस्दा वाक्कै लाग्थ्यो। आमा प्राय पर्म भर्न मेला जानु हुन्थ्यो, भाइ घरमै हुन्थ्यो तर त्योसँग फाइट मात्रै पर्थ्यो। हजुरआमा नि हुनुहुन्थ्यो, दिनभर फतफताई मात्रै रहनुहुन्थ्यो। टिभी पनि थियो टि-सिरिजको, तर शनिबार बाहेक अरु दिनमा बिहान नौ देखि बेलुकी पाँच बजेसम्म प्रसारण बन्द हुन्थ्यो। म ४ या ५ कक्षामा पढ्थेँ सायद, कोठैभरी कापी र किताब मिल्केका हुन्थे, बर्खे बिदाको लागि सब बिषयका सरहरुले यत्ति धेरै होमवर्क दिएका हुन्थे तर होमवर्क गर्न फिटक्कै मन लाग्दैनथ्यो। गर्मी उस्तै, पानी नपरेको दिनमा असारको गर्मीको के बयान गरिसाध्य, हन्नामा मकै पड्के जसरी घामले छानाका टिन तातेर पड्किन्थे। पौडीे खेल्न जाउँ भने बिजयपुर खोलो बढेर पुलसम्मै आउँथ्यो, बगाइहाल्यो भने भनेर पौडीन जान पनि डर लाग्थ्यो। अनि भान्छाकोठामा जान्थेँ, खाजा के राखिदिनु भएछ आमाले भनेर हेर्थें, सँधै निख्ला चिउरा। देख्नासाथ हुर्याइदिम जस्तो झोंक चल्थ्यो, तर जतिसुकै खान्न भनेर घुर्की लगाए पनि सुनिदिने कोही हुन्थेन। दिन ढल्दै गएपछि भोकले गलाउँदै लैजान्थ्यो, अनि मन नलाई नलाई त्यही चिउरा हसुर्न पर्थ्यो। तर भोकको मेसामा बिहान हुर्याइदिम झैँ भएका तिनै चिउरा यति मिठा हुन्थे कि बखान गरेर साध्य लाग्दैन। एक कच्यौरा चिउरा खाएर एक अङ्खरो पानी पिईदिएपछि त अरु के चाहियो? पेटभित्र गएसी चिउरा फुल्दोरहेछ, बेल्कासम्म भोकै लाग्थेन। यसरी बित्थे हाम्रा बर्खे बिदा।

त्यो दिन पनि आमा हाम्लाई खुवाइ वरी मेला जानुभयो, नौ दश कति बजेको थियो, डाँडामा कतै नरसिंह बजेको सुनियो। दौडिँदै हजुरआमा भएको ठाउँमा गएँ, "हजुराँ, कसको बिया हो नि?" भनेर सोधेँ। "थाह छैन मलाई" भन्नुभयो, फेरी एकछिनमा "बनका काँइलाको कान्छोको बिया अर्नी भनेका थिए, त्यसकै होला" भन्नुभो। "हाम्लाई नि निम्तो आइच?" फेरि सोधेँ। "त्यो त्यो त्यो नेप्परिएको काँइलोले हाम्लाइ के खान निम्तो अर्थ्यो? आको छैन", म खिस्रिक्क परेँ।

जति जति डाँडामा नरसिंह बज्थ्यो, आफ्नो मनमा बसको छतमा बसेर चिच्याउँदै जन्ती जाने रहर बढ्दै गइरहेको थियो। अझ मासुभातको भतेर, अझ कसै कसैको बिहेमा त दक्षिणा पैसा पनि दिन्थे। यस्ता कुरा सोच्न थालेपछि मन फिटिक्कै मानेन, निम्तो नभए नि जान्छु भनेर कस्सिएँ। पोहोर दशैमा मामाले ल्याइदेको सर्ट, परारको जिन पाँइट, स्कुलको जुत्ता कसेँ अनि हजुरआमा भठाउँ पुगें। "हजुराँ पैसा दिनु न, बजार जान्चु" भनेको त बुढीमाउले त झपारेर पो पठाइन्। खिस्रिक्क परें अनि कतै पैसा भेटिन्छ कि भनेर कोठा, भान्छाकोठा, बा का खल्ती, खोपा खोपी सबतीर छापा मारेँ, कहिँ केही भेटिन अनि अन्तिममा पुजा गर्ने ठाउँमा आमाले चढाएका पाँचवटा एक एक सुका का सिक्का रहेछन, तिनमा लागेका अबिर पखालेँ अनि लिएर हिँडेँ।

हिँड्दा गोजीका सिक्का छमछम बज्न थाले। कोही चिनेका केटाहरू त्यो सुनेर योसँग टन्न पैसा रहेछ भनेर पछि लागे भने बरबाद हुन्छ भन्ने लागेर चारवटा सिक्का छुट्टाछुट्टै एकुनटा गोजीमा अनि पाँचौ सिक्का त्यो जिनको पाँइटको दाहिने खल्तीमाथि सानो खल्ती हुन्छ नि? हो त्यहाँ राखेँ। अब सिक्का बज्न छोडे, ढुक्क हुँदै जन्ती आउने बाटोतिर गएँ।

कालिका चोकनेर दुइटा बस रोकिइरहेका रहेछन्। जन्ती जाने बस पक्कै तीनै रहेछन, अनि त्यहीँ बाट जन्ती सँग मिसिने निर्णय गरें। हामी केटकेटीलाई ठूलठूलाहरुले छतमा चढ्न दिन्थेनन्, आफुलाई भने खुब रहर लाग्थ्यो। त्यसैले जन्ती नआउँदै पहिल्यै छतमा गएर टुक्रुक्क लुकेर बसें। जन्ती आइपुगे। अलि दादा जस्ता देखिने दाइहरु पहिले छतमा चढे। मलाई देख्नासाथ "ओइ फुच्चे तल झर्" भने। "दाइ बस्छु नि" भनेको त "यहीबाट फाल्दिम् कि आफै झर्छस?" रे। फेरि खिस्रिक्क परेँ म, रातो मुख लाउँदै ओर्लिएँ। तल मेरा कक्षाका साथीहरू बले, जिग्री, कक्रोच रहेछन्। छतमा चानस पाइन्छ कि भनेर कुरेर बसेका, मलाई छतबाट झार्देको देखेर सिट भेट्टाउन टाप कसे। म पो बितारामा परें, न छतमा ठाम पाइयो न सिट। अझ कसैले "तँ निम्तो नगरी किन आइस?" भनेर फर्काइदिने त्रास छुट्टै थियो। जे पर्ला पर्ला भनेर बसभित्र छिरें, भिड रहेछ। तैपनि काखमा राख्लान् कि भनेर एकजना बृद्धको सिटनेर टाँसिएर बसें। बुढाले "कसका छोरा हौ बाबु" भनेर सोधे, मेरो सातो गयो। त्यतिनै खेर केटाहरुले "ओई ह्याँ ठाम् छ लास्टाँ, आइज" भने, म बुढालाइ केही नभनि पछाडी गएँ।

छोरेपाटन पुगेपछि बस रोकियो। छतका दादाहरु ड्याङ्डुङ् हामफालेर बाटो लागेपछि बल्ल थाह भयो जन्ती कृस्ती जाने रहेछन् भनेर। कृस्ती हाम्रोबाट पश्चिममा देखिने अग्लो डाँडो थियो, सुर्जे सँधै त्यही डाँडोमा अस्ताउँथ्यो, कृस्तीको टुप्पोबाट त आकाश छोइन्छ रे भन्थे। आज आकाश छुन पाइने भइयो भनेर खुशी लाग्यो। बले, जिग्री र कक्रोच पनि झरे, म तिनकै पछि लागेँ। आडमा प्वाँप प्वाँप बजाउँदै बरफवाला साइकल लिएर उभिएको थियो। केटाहरू त्यतै लागे, म नि पछि लागेँ। तिनिहरुले एकुनटा बरफ किनेर खाए। मुखमा हालिसकेपछि मलाई "खान्चस?" भनेर सोधे। मैले नि "मै सँ छ पैसा" भनेर अगाडिका दुइटा गोजीका सुका निकालेर मोहोर खाले रातो बरफ खाएँ।

जन्ती हिँड्न थाले। म पनि लुरुलुरु हिँड्न थालेँ। केटाहरू सँग पहिल्यैदेखि मेरो खासै टर्म मिल्दैन्थ्यो, त्यसैले उनीहरु मलाई छोडेर अघिनै गईसकेका थिए। म ज्यालामा नमिलेको (केजाति) जसरी घरी एक्लै, घरी जन्तीसँग हिँडिरहेको थिएँ। फुस्रेखोलाको झोलुङ्गे कटेपछि कृस्तीसम्मै ठाडै उकालो छ। उकालो पनि कस्तो भने नाकै ठोकिन्छ जस्तो। यताका मान्छेहरु क्यारेर ओहोरदोहोर गर्दा हुन जस्तो लाग्यो। दशचोटी बिसाउँदै बाटा वरिपरिका पानी-अमला खोस्रिँदै खाँदै बल्लबल्ल कृस्तीको उकालो काटियो। कृस्तीको टुप्पोमा पुगेपछि के के न आकाश छोइएला भनेको त के खाएर छुनु नि? आकाश त अझै कत्ति हो कत्ति माथि रहेछ।

त्यत्रो उकालो उक्लेर आएको, सार्है भोक लागिसकेको थियो। सबको उही हालत रहेछ। बेहुलीको घर पुग्नासाथ सबै जन्ती भतेर तिर लागे। बारीका कान्लाका डिलमा लस्करै गुन्द्री बिच्छयाइएका थिए। अरु मान्छे बसेको ठाउँमा गएर टुसुक्क बसिदिएँ, सानो जिउ, अटिहाल्यो। त्यसपछि माइती पक्ष आए, पहिलोले डोकाभरी टपरी लिएर आएका थिए, कसैलाई भेदभाव नगरी बराबर साइजका टपरी बाँडेर गए, दोस्रो आए भात हाल्दै, म सानो देखेर होला इत्रुको सानो भातको डल्लो हालेर गए, तेस्रा आए बाल्टि भरि झोल मासु लिएर, सबैलाई भजालोले मासु खन्याउँदै आए, मासुको पालोमा सबैजना जसरी म पनि एक्साइटेड थिएँ, तर मेरो एक्साइटमेन्ट तीनले मेरो टपरीमा मासु खन्याउनासाथै सकियो। टपरीमा हेर्छु त एउटा सानो बोसोको टुक्रा मत्रै, अरु केही छैन। के के न मासुभात खान आएको, एकदम मन रोएर आयो। यसो हेरेको, त्यही झोल पनि टपरीको बिटबाट पोखिएर आधा बाँकी रहेको रहेछ। त्यो नि पोखिएला भनेर घपाघप मुछिएको खाएँ, नमुछिएको फाल्दिएँ। तर कत्ति पनि चित्त बुझेन। ठूलाबडाहरुले मुख लेप्राएको देख्दा उनीहरुको पनि चित्त बुझेजस्तो लागेन।

केटाहरुले घरबाटै गुच्चा लिएर आएका रहेछन्। खेलेर बसेका। मलाई एक्लै देख्दादेख्दै पनि वास्ता गरेनन्। फँक्कैमा आएछु जस्तो लाग्यो। यताउता गर्दै टाइमपास त गरेँ तर फेरी भोक लाग्न पो थाल्यो। तीन सुका त अझै बाँकी थियो तर त्यसले एउटा "पावर" बिस्कुट नि आउँथेन। बिहेघर भन्दा माथिपट्टी भञ्ज्याङ् नेरी एउटा पसल थियो। लखरलखर त्यतै गएँ। चिया, पाउरोटी, सिन्के चाउमीन, तरकारी, समोसा के के रहेछन्। समोसाको कति हो भनेर सोधेँ, "पाँच मोहोर" भने। त्यो दिन म तेस्रो पटक खिस्रिक्क परेर फर्किएँ। आडमा चौतारो थियो, त्यहीँ एक्लै बसें। गोजीका सिक्का निकाल्छु भनेको, पछाडिको एउटा गोजीमा त दुलो पो परेको रहेछ। एउटा सुको नै गायब। साथमा तीन सुका त छ, कोही चिनेका ठुलो मान्छेसँग एक सुका मागेर बिस्कुट खान्छु भन्ने सोचेको थिएँ, त्यो पनि भएन अब। सार्है नरमाईलो लागेर आयो।

त्यतिकैमा केटाहरू आए। चोरहरुसँग कति पैसा रहेछन् कुन्नि? सबैले तरकारी पाउरोटि मगाए। तरकारीमा पाउरोटी चोब्दै म तिर हेरेर जिग्रीले "तैँले खाइस?" भन्यो। मलाई झनक्क रिस उठेर आयो, गएर हान्दिम जस्तो लाग्यो, तर एक त भोको पेटमा त्यो पनि तीनजना सँग भिड्ने तागत थिएन मसँग। त्यसैले उतापट्टि फर्केर बसें।

त्यतिकैमा पसल साहुजीले केटाहरुसँग कुरा गरेको सुनें, साहुजीले भने, "तिमोरु जम्मै कन्धनी डाँडाका हौ?", केटाहरुले एकसाथ "हम् भने", साहुजीले "तिमोरु मध्य बेसीको कृष्ण मास्टरको छोरो कोही हौ र?" भनेर सोधे, सबले "हैनम्" भने। एक्कासी चौताराबाट एउटा स्वर गुञ्जियो "म हुम्"। त्यो स्वर मेरो थियो। साहुजीले मलाई पसलमा बोलाएर सोधे, "कुन चैँ छोरा हौ बाबु?" मैले "जेठो हुम्" भनें। "मलाई चिनिचौ त?" म अलि कन्फ्युज भएँ। बुबाको मामाघर यतै हो भन्ने त थाह थियो तर उहाँ को हुनुहुन्छ थाह भएन र मुण्टो हल्लाएँ। "तेरो बा मेरो फुपुको छोरा हो। उ दाई छ यहाँ भन्ने सम्झेर कहिल्यै आउँदैन, तिमिहरुले झन के चिन्थ्यौ?" म उनको मुखमा टुलुटुलु हेरिरहेको थिएँ, "छोरो भोक लागेको छ?" यति सुन्नासाथ मेरा आँखा टिलपिलाए। ड्वाँ ड्वाँ रोइदिउँ जस्तो लाग्यो। मसिनो स्वरमा "अँ" मात्रै भन्न सकेँ। "के खान्छौ?" भनेर सोधे, मैले यताउता आँखा डुलाएँ तर केही भन्न सकिन। उहाँ आफैले ठुउउउलो पिलेटमा सिन्के चाउमिन, त्यसमाथि तरकारी र दुइटा अण्डा हालेर दिनुभयो। ग्वाम् ग्वाम् खाएँ। केटाहरू हेरेको हेरेई भए, लास्टमा एकमुठि मिठाइ हातमा हाल्दिएर "बालाई ठुलोबा लाई भेटेथेँ, सोध्नुभएको छ भन्नु है। अब जाओ नानी हो, बाटो लामो छ, फेरी जन्तीसँगै हिँड्न नसकेर छुटौला नि फेरी" भन्नुभयो। मैले फुर्तीसाथ "हस्" भनेर टाउको हल्लाएँ।

जन्ती आएका केही बुढाहरु फर्किँदै थिए, ठुलोबाले मलाई उनैको साथ लगाएर पठाइदिनुभयो। म हिँडेपछि केटाहरू पनि पछिपछि आए। मलाई मसँग भएको मिठाई माग्लान कि भन्ने पीर पर्न थाल्यो। बिहान भर्खरै आएको बाटो चिनेकै थिएँ, साथमा एक मोहोर अझै बाँकी थियो। यीनोरुलाइ मिठाई बाँढ्नु भन्दा त बरु छिटछिटो जान्छु, छोरेपाटन यीनोरु भन्दा पहिले पुग्छु अनि यीनोरुलाई देखाएर बरफ खान्छु भन्ने सोचेँ, अनि खाएका मिठाईँका खोल केटाहरुले देख्ने गरी बाटोमा फाल्दै बुढाहरुलाई छोडेर ओरालै ओरालो एक्लै टाप कसेँ।
- N®B
(यो कथा पोखराका निशांक रानाभाटले लेख्नु भएको हो । उहाँले यस अघि लेख्नुभएका कथा र अनुभुतिहरु  यहाँ गएर पढ्न सकिन्छ । उहाँलाई ट्विटरमा (@being_nrb) फलो गर्न सकिन्छ !)
आकारपोष्ट एन्ड्रोइड एप डाउनलोड गर्नुस्।

Comments

  1. कमेन्ट गर्नु सम्पुर्ण पाठकको कर्तब्य हुन जान्छ, त्यसैले कर्तब्य निर्वाह गर्नको खातीर यो कमेन्ट गरिएको हो।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हेए माईट [कथा]

अनि मैले पनि “हेए माईट” भन्न थालेँ।

जिन्दगीको २३ बर्ष “नमस्कार”, “ओई”, “ओहो! के छ हालखबर”, “भाइ, सुन त”, “दाइ सुन्नुस् त” जस्ता सम्बोधनबाट वार्तालाप सुरु गरेर सकियो। त्यसपछि पलायन भईयो। त्यहाँ एक दशक बिताउँदा आफ्नै पारामा “हेलो” “हाई”, “एक्स क्युज मी”, “ए ! तपाई नेपाली हो” जस्ता सम्बोधनले वार्तालाप सुरु गरियो । अर्को अर्थमा भन्दा, यसैमा बानी परिसकेको थियो, त्यहाँ यही ढगंले बोलाउनु पर्छ भन्ने थिएन। मान्छेहरू सम्बोधन गरेकै आधारमा व्यवहार गर्दैनथे। आफुलाई जे ठिक लाग्छ त्यही अनुसार सम्बोधन गर्दा हुन्थ्यो। त्यसपछि जिन्दगीको नयाँ अध्याय सुरु गर्न गुँड सारेर बिल्कुलै नयाँ ठाउँमा लागियो।


१४ घन्टाको फ्लाईटबाट निस्केर ईमिग्रेसनमा पुग्ने बित्तिकै एउटा पुलिस आएर “हेए माईट” भन्यो। यताकाले “माईट” भन्छन् भनेर त पहिलै यता आएका साथीहरूले च्याटमा “अ’राईट माईट” भनेको सुनेको थिएँ तर के, कति, कस्तो ठाउँमा, कति मात्रामा “माईट” प्रयोग गर्नु पर्ने हो भनेर चाँहि राम्रो संग बुझेको थिईन। ईमिग्रेसन सकेर बाहिर पुग्ने बित्तिकै एउटा साउथ एसियन उबर ड्राईभर “हेए माईट” भन्दै आयो र छुट्ने बेलामा “अ’राईट माईट” भनेर गय…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.
Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

Download Tihar Dhun and Deusi Bhailo Songs

Listen to Deusi Bhailo Songs.

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ ।

Download Tihar Songs: Bhailini/Bhailo - भैलो

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन

Download Tihar Songs: deusi re / देउसी रे

Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो…

Shruti Sambeg : Radha [Review & Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up.Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban.Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went.Radha faces a…