ट्विटरमा बाग्मती सफाइ अभियानलाई समर्थन [सन्दर्भ: अभियानको सय हप्ता]

आज बाग्मती नदी सफाइ थालिएको एक सय हप्ता, नेपाल टेलिकमले हिजै एसएमएस गरेर आज मानव हाते साङ्लो बनाइने सूचना दिँदै, अभियानमा सामेल हुन आह्वान गरेको थियो । त्यसै अनुसार आज शनिबार, बाग्मती सफाइ अभियान थालिएको सय हप्ता पुगेको अवसरमा सुन्दरीजल देखि चोभारसम्मको २८ किलोमिटर लामो मानव हाते साङलो बनाइएको थियो।


बाग्मती सफाइ अभियानको एक सय हप्ता र हाते साङ्लो बनाइने खबरले, बिहान देखि नै ट्विटरमा बाग्मती सफाइ अभियानको सन्दर्भमा पक्ष र विपक्षमा ट्विटहरु देखिए। ट्विटर सेन्टिमेन्ट एनालिटिक्स इन्जिन, ओपिनिओका अनुसार आज बाग्मतीको सन्दर्भमा लगभग ७ हजारवटा ट्विट गरिएको थियो, त्यसमध्ये करिब ६ हजार ट्विट नेपाली भाषामा गरिएको थियो भने बाँकी १ हजार ट्विट अंग्रेजी भाषामा गरिएको थियो ।

बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म गरिएका ७ हजार ट्विटहरु मध्ये, करिब ६८ प्रतिशतले बाग्मती अभियान सफाइ अभियानलाई समर्थन गरेका थिए, भने करिब २१ प्रतिशत अभियानप्रति नकरात्मक देखिन्थे। त्यस्तै ११ प्रतिशत चाँही न्युट्रल बसेका थिए । अोपिनिओका संस्थापक, चन्दन गुप्ताका अनुसार  'बाग्मती', 'बाग्मति', 'वाग्मती', 'Bagmati' आदि लेखेर गरिएका ट्विट र ह्यासट्यागहरुलाई ओपिनिओले ट्रयाक गरेको थियो। ओपिनिओले विभिन्न "मेसिन लर्निङ अल्गोरिदम्" लगाएर, "अटोमेटिक" रुपमा ट्विटलाई सकरात्मक र नकरात्मक भनेर छुट्याउने गर्छ।


ट्विटरमा आएको यी ट्विटहरुको आधारमा, बाग्मती सफाइ अभियानमा जनसमर्थन छ भनेर मान्न सकिन्छ । माथि देखाइएको मानव हातेसाङ्लो'को फोटोले पनि बाग्मती सफाइ अभियानमा देखिएको समर्थनको अन्दाज लगाउन सकिन्छ । आशा गरौँ, एकदिन बाग्मती अवश्य सफा हुनेछ ।

तस्विर: सेतोपाटी (पहिलो), चन्दन (इन्फोग्राफिक)
Install Aakar Post Android App from Google Playstore

0 प्रतिक्रिया :

Post a Comment