ट्विटरमा आयो विश्वकप विशेष ह्यासफ्ल्याग र अन्य फिचरहरु

सन् २०१० को विश्वकप फुटबलको ताका ट्विटरले सुरु गरेको ह्यासफ्ल्याग, हिजोबाट फेरि ट्विटरमा देखापरेकोछ ।यसका साथै, ट्विटरले विश्वकपको पलपलको जानकारी दिने #WorldCup2014  टाइमलाइन र म्याचटाइम लाइन (#BRAvsCRO) पनि सार्वजनिक गरेकोछ ।


ह्यासफ्ल्याग
ट्विटरमा विश्वकप खेल्ने देशको सर्टफर्म (३ वटा अक्षर) मा ह्यासट्याग राखेपछि, ट्विटर वेब तथा मोबाइलमा उक्त देशको झन्डाको फोटो देखिन्छ, ट्विटर रंगीचंगी देखिन्छ । ह्यासट्याग राख्दा देशको झन्डा देखिनु नै ह्यासफ्ल्याग हो । जस्तो कि ब्राजिल समर्थकले #BRA लेख्नसक्छन्, ट्विटरले यस्तो देखाउँछ: 
वल्डकप टाइमलाइन तथा म्याच टाइमलाइन

#WorldCup #WorldCup2014 लाई वल्डकप टाइमलाइनको रुपमा ट्विटरले सार्वजनिक गरेकोछ । यी ह्यासट्यागहरु राखेर गरिएको ट्विटहरु उक्त पेजमा देखिनेछन्, जसबाट खेलको रियल टाइममा अपडेट पाउन सकिन्छ । म्याचटाइमलाइनमा भने, तत्काल भइरहेको खेलहरुबारे अपडेट पाउन सकिन्छ । त्यसो त आफूले पनि सोही ह्यासट्यागमा ट्विट गर्न सकिन्छ ।

साथै, विश्वकपको समयमा नयाँ खाता खोल्ने वा भनौँ ट्विटरमा साइन अप गर्ने प्रयोगकर्ताहरुलाई आफ्नो प्रोफाइल फोटो र कभर फोटो राख्न ट्विटरले सजिलो पारिदिएकोछ । विश्वकप खेल्ने टिमहरुको फोटोबाट नयाँ प्रयोगकर्ताले आफ्नो प्रोफाइल फोटो, कभर फोटो आदि सजिलै छान्न मिल्छ, जुन ट्विटर भित्रै उपलब्ध छ ।

फेसबुकले पनि 'ट्रेन्डिङ वल्डकप'  पेज सार्वजनिक गरेकोछ, जहाँ ट्विटरमा जस्तै #WorldCup #WorldCup2014 आदि ह्यासट्यागबाट रियलटाइम नतिजा थाहा पाउन सकिन्छ ।


(तस्विर: ट्विटर र फेसबुकबाट)

0 प्रतिक्रिया :

Post a Comment