सेतोपाटी नोटको बारेमा (cc @setopati)


"सिमित मात्रामा बजारबाट विज्ञापन लिने र न्यूनतम पाठक शुल्क पनि उठाउने । सेतोपाटीमा आजैदेखि विज्ञापन खुल्ला गरिएको र निश्चित समयपछि पाठकबाट मासिक शुल्क उठाउने जानकारी गराउन चाहन्छौँ ।व्यवसायीक रूपमा अघि बढ्दै गएपछि सेतोपाटी अन्ततः एउटा पब्लिक लिमिटेड कम्पनीको रूपमा अघि बढोस् भन्ने हाम्रो चाहना छ ।" - सेतोपाटीले आफ्नो नोटमा लेखेकोछ । यो नोटसँगै सेतोपाटीको चर्चा अनलाइनमा चुलिएकोछ । फेसबुक, ट्विटर लगायतका साइटमा सेतोपाटीले लिन लागेको अबको कदमका बारेमा मिश्रित प्रतिक्रियाहरु आइरहेकाछन् ।

सेतोपाटीलाई मैले डिजिटल मिडिया स्टार्टअपको रुपमा हेरेकोछु । एक दर्जन पत्रकार आबद्ध रहेको डिजिटल मिडिया स्टार्टप सेतोपाटीले छोटो समयमा नै लोकप्रियता हासिल गरेकोछ । स्टार्टअप भनेको 'ट्रेडिसनल' तौर तरिकालाई च्यालेन्ज गर्दै, समस्याको समाधान नयाँ तरिकाले निकाल्ने र त्यसैको वरिपरि आफ्नो बिजनेस मोडल बनाउने आइडिया हो भनेर बुझ्दा हुन्छ ।


सेतोपाटी, आरभिएल रेडियो, पिकोभिको, क्लाउड फ्याक्ट्री, बर्थडे फरेस्ट, क्यास अन एड, थ्रेड पेन्ट्स लगायतका स्टार्टअपहरु नेपालमा देखिएकाछन् । केहीलाई छाडेर प्राय: सबै स्टार्टअपहरु आफ्नो बिजनेस मोडल कस्तो हुने भन्ने कुरामै अड्किएर रहेकाछन् । ती स्टार्टअपहरुले आफ्नो बिजनेस मोडल या भनौँ 'रेभिन्यु' को बाटो पहिल्याउन सके भने तिनीहरु धेरै अघि पुग्नेछन् तर यही बिजनेस मोडलको गोलचक्करमा घुमिरहनुपर्यो भने केही भन्न सकिन्न । सबै स्टार्टअपहरु कम्पनीमा परिणत हुँदैनन् पनि, संसारमा करिब ९० प्रतिशत स्टार्टअपहरु फेल हुनेगर्छन् ।स्टार्टअप फेलर धेरै कुराहरुका कारण हुनसक्छ, जस्तो कि टिम राम्रो नहुनु, युजर नहुनु, आम्दानीको स्रोत पहिल्याउन नसक्नु, मार्केट रिसर्च नगर्नु, हतारमा निर्णय लिनु आदि।


सेतोपाटीले आफ्नो आम्दानीको श्रोत विज्ञापन र पाठकबाट उठ्ने मासिक शुल्कलाई मानेकोछ । यसरी भन्नलाई कुनै रिसर्च त अवश्य नै गरेका होलान् । हुन त केही हप्ता अघि पाठकबाट राय, सुझाव पनि मागिएको थियो । स्टार्टअपको लागि पैसा भन्दा पनि लगन चाहिन्छ भन्ने गरिन्छ । प्रोडक्ट वा सर्भिस राम्रो छ भने केही समयपछि आम्दानीको बाटो पहिल्याउन सकिन्छ भन्ने गरिन्छ ।

हाम्रो परिवेशमा ट्विटरको प्रसंग अमिल्दो देखिएला तर ट्विटरको प्रसंग रोचक छ । सन् २००६ मा सुरु भएको ट्विटरले लगभग ६ वर्षपछि आफ्नो बिजनेस मोडल कस्तो हुने, आम्दानी कसरी गर्ने भन्ने पहिल्याउन सकेकोछ । त्यसो त भेन्चर क्यापिटलिस्टहरुले ट्विटरमा लगानी गरेका कारण, ट्विटरले सुरुमै आम्दानी कसरी गर्ने भनेर टाउको दुखाउनु परेन । यदि भेन्चर क्यापिटलिस्टहरुले ट्विटरमा लगानी नगरिदिएको भए, सायद ट्विटर अहिले इतिहास मात्रै हुन्थ्यो होला । यस अर्थमा ट्विटरलाई भाग्यमानी मान्न सकिन्छ र अहिले ट्विटर एउटा बलियो 'मिडिया इन्टिटी' को रुपमा अनलाइनमा उदाइरहेकोछ, आफ्ना ट्विटहरुबाट आम्दानीको स्रोत जुटाइरहेकोछ । तर हाम्रो नेपालमा भेन्चर क्यापिटलको कुरा छैन, नेपालमा 'इन्टरप्रेनर' भन्दा पनि 'बिजनेस म्यान'हरु छन्, जसलाई आज लगानी गरेपछि भोलिपल्टबाटै नाफा चाहिन्छ, जुन स्टार्टअपमा हुनसक्दैन । इक्विटिमा लगानी गर्ने 'बिड म्यानेजमेन्ट' ले पनि बिजनेस मोडल प्रमाणित गरिसकेका, दोस्रो-तेस्रो स्टेजमा पुगेका स्टार्टअप/कम्पनीहरुमा मात्र लगानी गर्ने बुझेकोछु । विरुवा भेन्चर आफूलाई इन्क्युवेटरको रुपमा स्थापित गर्न प्रयासरत छ जस्तो लाग्छ ।


विज्ञापन र पाठक शुल्क भन्दा अघि साइटमा कतिको भिजिट छ, भिजिटरहरु कहाँकहाँ बाट छन् । कुन उमेर समूह, लिंगका छन् भन्ने जानकारी हुनुपर्यो । कुनै डाटाविना नै म यस्तो र त्यस्तो गर्छु भन्नु मुर्खतामात्र हुनजान्छ । अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनले भनेको कुरा मलाई निकै घत लाग्छ ।

सेतोपाटीको सन्दर्भमा, आम्दानीको स्रोतलाई "फोकस" गर्नुभन्दा, "युजरबेस" बढाउन पहल गर्नु लाभदायक हुनसक्छ । जब पाठकहरुलाई सेतोपाटी दिनमा कम्तिमा एकपटक  हेर्नै पर्छ भन्ने हुन्छ,  त्यसपछि मात्र सेतोपाटी बिजनेसमा छिर्नुपर्छ भन्ने लाग्छ । सेतोपाटीको दिनमा कति भिजिटर छन्, त्यो कुरा त मलाई थाहा छैन तर उनीहरुले तिनै डाटाहरु हेरेर निर्णय लिएकाहोलान् भन्ने मेरो विश्वास छ ।
स्टार्टपहरु प्राय: सबैको "रेभिन्यु कर्भ" माथिको ग्राफमा देखाए जस्तै हुन्छ । स्टार्टअपहरुले केही ढिलो आम्दानी गर्न सुरुगर्छन् तर त्यसले सही दिशा लिएको खण्डमा 'एक्सपोनेन्सियल ग्रोथ' हुनेगर्छ ।

विज्ञापनले थेग्ला?

नेपालमा अनलाइन विज्ञापनको बजार कस्तो छ, मलाई धेरै थाहा छैन । इन्डिपेन्डेन्ट नेपाली ब्लगरहरुले 'गुगल एडसेन्स' मात्रैबाट मासिक २-३ हजार डलर सम्म आम्दानी गरेका उदाहरण छन् । जब हामी विज्ञापनको कुरा गर्छौँ भने, 'गुगल एडसेन्स'कै मात्र भर गर्नु घातक हुन्छ । विज्ञापन भन्ने वित्तिकै पत्रिका, टिभीमा देखिने किसिमका सबै खाले विज्ञापनहरु पर्छन् । त्यसो त अनलाइन खबर पनि विज्ञापनकै भरले मात्र चलेको होला, र अहिलेसम्म चलिरहेकैछ, त्यहाँ भित्र कसरी काम भइरहेछ, त्यो चाँहि मलाई थाहा छैन ।

ईकान्तिपुर, नागरिक, अन्नपुर्ण आदिहरु भने सेतोपाटी भन्दा विल्कुल फरक हुन् । ती प्रकाशन गृहका पत्रिकाहरुले नै ती वेवपोर्टलहरुको खर्च धानिरहेको यदाकदा सुनिएकोछ । सेतोपाटीलाई तत्काल आम्दानीको श्रोत चाहिएकोछ भने ईकान्तिपुर, नागरिकन्युजलाई अहिले खासै हतार छैन, उनीहरुले बिस्तारै पहिल्याउन सक्छन् वा सेतोपाटीको मोडल सफल भएको खन्डमा त्यही पच्छ्याउन पनि सक्छन् । हामी रिश्क लिन चाहँदैनौ, पहिलो हुन खोज्दैनौँ तर दोश्रो बन्न चाँहि तछाडमछाड नै हुनेगर्छ ।

विज्ञापन राख्ने निहुँमा साइटमा जथाभावि विज्ञापन राख्दा, पाठकहरुलाई पढ्न असजिलो हुन्छ भने साइट पनि भद्दा देखिन्छ, एकपटक साइट छिरेपछि दोहोर्याएर नछिरौँ जस्तो लाग्छ । अत: विज्ञापन नै राख्ने हुँदा, युजर एक्पिरियन्समा धक्का नपुग्ने गरि विज्ञापन राख्नुपर्ने हुन्छ । यस्तै 'एड्भोटोरियल' वा 'स्पोन्सर स्टोरी'हरु पनि गतिला आयश्रोतका माध्यम बन्नसक्छन्, तर विज्ञापनकै लागि मात्र लेख्नुपनि राम्रो होइन । स्पोन्सर गरिएका स्टोरीहरुमा आफूले पारदर्शिता देखाउन सक्नुपर्छ । केही दिन ब्रेन स्टोर्मिङ गरिएको खन्डमा यसको समाधान पक्कै निस्किन्छ । बाहिरका ठूला साइटहरुले विज्ञापनलाई कसरी 'म्यानेज' गरिरहेकाछन् भन्ने पनि अध्ययनको विषय बन्नसक्छ ।


पाठकले शुल्क तिर्लान?

पाठकले पैसा तिर्छन् भनेर मान्नुभन्दा पहिला आफ्ना पाठकहरु कस्ता छन्, कहाँ छन् भनेर जान्न जरुरी छ । मैले १० दिन अघि देखि एउटा मिडिया हाउसले सुरु गरेको 'मोबाइलमा फ्ल्यास न्युज' आउने सर्भिस सब्सक्राइब गरेँ, जुन अहिलेसम्म फ्रि छ । १० दिन त्यो सेवा प्रयोग गरेपछि मलाई के लाग्यो भने, न्युनतम मुल्यमा (मलाई यति सम्म भए हुन्थ्यो) सेवा लिन पाइन्छ भने, म  पैसा तिरेर उक्त सेवा रिन्यु गर्न तयार छु । म त तयार छु, अरु कत्तिको तयार छन्? अरुलाई सर्भिस कत्तिको मनपर्यो? कतिले यो सर्भिस लिएकाछन् भन्ने कुराको बारेमा मुल्य निर्धारण गर्नुअघि उक्त मिडियाहाउसले पक्कै पनि सोच्नुपर्छ । अर्को कुरा, पैसा सजिलै मोवाइलबाट तिर्न सकिन्छ भने मात्रै मैले उक्त सेवा लिन्छु । 'पेमेन्ट' गर्न झन्झट हुनेरैछ भने, मैले उक्त सर्भिस बाध्य भएर छोड्नुपर्छ ।

अत: मैले अनलाइन मिडिया स्टार्टअपमा देखेको मुख्य समस्या भनेको पेमेन्ट गेटवे नहुनु हो । फलाना बैंकबाट तिर्न मिल्ने भनेर पनि आउला तर मेरो खाता नभएको बैंक रहेछ भने, मन हुँदा हुँदै पनि म पैसा तिरेर पढ्दिन । पाठकबाट मासिक शुल्क भनिसकिएपछि कुन देशबाट कति जति पाठकहोलान् भन्ने अनुमान पनि होला । नेपालमा वा बाहिर कता धेरै पाठकछन् भन्ने कुराले पनि यहाँ ठूलो रोल खेल्छ ।

कुनै इकम्रस स्टार्टअप भएको भए, 'क्यास अन डेलिभरी' सिस्टम लाउन सकिन्थ्यो, पेमेन्ट गेटवे नै नहुँदा पनि असर नपर्ने थियो, तर अनलाइन मिडिया स्टार्टअपको केसमा त्यो लागु हुँदैन । सायद ५-१० वर्षपछि अहिलेका पत्रिकाहरु नहोलान्, अनलाइन मात्रै होला, सायद त्यसबेला सम्म एउटा 'युनिफाइड' पेमेन्ट गेटवे पनि बन्ला तर तत्काललाई चाँही नेपाल भित्र पेमेन्ट गेटवेको समस्या छ । अत: नेपाल भित्रबाट पैसा तिरेर पढ्छु भन्ने एकदमै न्युन होलान् ।

नेपाल बाहिर जहाँ पेमेन्ट गेटवेको समस्या छैन र उनीहरु शुल्क तिरेर पढ्न राजी छन् भने, त्यो समूह कत्रो छ, पहिल्याउन जरुरी छ । त्यसबाहेक शुल्क कति राख्ने भन्ने पनि एउटा ठूलो चुनौती हो । न्युयोर्क टाइम्सले १ डलरमा महिना भरको लागि आफ्ना कन्टेन्टमा 'एक्सस' दिन्छ ।अधिकांशले आइफोन/एन्ड्रोइडका एपहरु पनि १ डलरमा डाउनलोड गर्न दिन्छन् । त्यस हिसाबले सेतोपाटीले पनि १ डलर या भनौँ १ सय रुपैँया शुल्क तोक्नुपर्ने देखिन्छ । १ डलरले मैले १ महिनालाई सेतोपाटी पढ्न पाउँछु भने सायद सबैले पैसा तिरेरै पढ्छन् होला, तर आखिरी कुरा त्यही हो त्यो १ डलर सजिलै अनलाइन मार्फत पेमेन्ट गर्न सक्ने समूह कत्रो छ? (२ वा ३ डलर हुने बित्तिकै नपढ्न नि सक्छु, म सँग अरु टन्नै फ्रिमा समाचार पाइने पोर्टलहरु छन् पढ्नको लागि) १ हजार जना, ५ हजार वा १० हजार वा यो भन्दा पनि बढि ।शुल्क नै लिने हो भने पनि कन्टेन्ट कसरी अनलाइनमा दिने भन्ने चुनौती रहला । शुल्क तिर्नेले मात्र पढ्न पाउने हो कि, जो कोहीले पढ्न पाउने हो । शुल्क तिर्ने मात्रैले पढ्न पाउने हो भने, यसले ब्याक फायर नै गर्छ । कन्टेन्ट चोरी हुने, पाठकहरु घट्ने आदि विभिन्न समस्याहरु देखिन्छन् । शुल्क लिने न्युयोर्क टाइम्स, वाल स्ट्रिट जर्नलहरुले पनि सोचे अनुरुप राम्रो गर्न सकिरहेकाछैनन् ।

इन्डिपेन्डेन्ट ब्लगरहरु अनि ठूला मिडिया हाउसका अनलाइन पोर्टलहरु सेतोपाटीको बाटोमा ठूलो पर्खाल भइदिनसक्छन् । सेतोपाटीले आगामी हरेक कदम सोचेर चाल्नुपर्ने देखिन्छ ।

अन्त्यमा

सेतोपाटीले आम्दानीको स्रोत पहिल्याउन अलि बढि नै हतार गरेको हो कि जस्तो भान परेकोछ । विज्ञापनको कुरा सम्ममा त ठिकै होला, अहिले नै पाठक सँग शुल्क लिन्छौँ भन्नु अलि हतार नै हो । सेतोपाटीको नोटमा केही समयपछि शुल्क उठाउने कुरा भनिएकोछ । शुल्कको कुरालाई अलि पछि नै धकेल्दा हुन्छ र अहिलेलाई आफूखुशी डोनेसन दिने व्यवस्था पनि गर्न सकिन्छ । त्यसबाट पनि कत्तिको 'पैसा' तिरेर पढ्नेरहेछन्  भन्ने थाहा हुन्छ ।

अर्को कुरा चाँही सेतोपाटीले पाठकलाई के भ्यालु दिन्छ भन्ने कुरा हो । स्टार्टअपहरुले किन गर्दैछु भन्ने कुरा पहिले सबैलाई बुझाउन जरुरी हुन्छ, या भनौँ सेतोपाटी नै किन भनेर प्रश्न गर्दा त्यसको उत्तर के हुनसक्छ? त्यसपछिको पाटोमा कसरी गर्दैछु र के गर्दैछु भन्ने कुरामा आफू प्रस्ट हुनुपर्छ । सेतोपाटी किन भन्ने प्रश्नको जवाफ मिल्ने बित्तिकै सायद पाठकहरु सकरात्मक देखिन्छन् होला ।  (प्रधानपञ्चको प्रतिक्रिया पछि माथिको फोटो थपिएको हो)

एउटा डिजिटल मिडिया स्टार्टअपले, नेपालमा अहिलेसम्म नभएको कुरा गर्छु भन्दा हाँस्यास्पद सुनिनु जायज नै हो तर असम्भव भने छैन । कन्टेन्ट र युजरवेस राम्रो रहेको खण्डमा भने यी शुल्कका कुराहरु ठूला होइनन्। आगे भविष्यले बताउला । सेतोपाटीलाई शुभकामना ।

तस्विर साभार: livebook.in, futurelab.net 

14 comments :

  1. सेतोपाटीले जति सुकै पैसा राखोस, म पैसा तिरेर ग्राहक बन्छु, र अर्को एउटा फोकड-पाटी खोल्छु जस्मा सेतो पाटीका लेख कपि पेस्ट गर्छु, गुगलको एडसेन्स हाल्छु । यो बिजनेस मोडलले मैले मासिक तिरेको शुल्क पनि उठाउछु, गरीबलाई सहयोग पनि गर्छु।

    ReplyDelete
  2. प्रधानपञ्चSeptember 27, 2013 at 2:49 AM

    राम्रो लेख ! सेतोपाटीले अली हतार नै गरे जस्तो लाग्छ ! पहिला सेतोपाटी पढ्न किन जरुरी छ ? भन्ने बोध गराउन सके मात्रै पाठक पैसा तिर्न तयार हून्छन् ! "Not how or what we are doing, but why we are doing it" हरेक स्टार्टअपले यो प्रुभ गर्न जरुरी छ ! सेतोपाटीले अझै गर्न सके जस्तो लाग्दैन ! :) अहिलेकै अबस्थामा त आफ्नो टुइट पनि राख्या छ कि भनेर चेक गर्न मात्र सेतोपाटी हेरिन्छ । :D

    ReplyDelete
  3. Nice Article. But Success of Digital Market Startup might be pretty tough in Nepal as there are dozens of online portals who just copy-paste news.

    Few Business Module i can think of are
    1) a business model like #cashonad for Premium content. but Most of news must be free to all users
    2) make a Premium iPad/Android Pad version and user of these Apps can login into Setopati.com to access Premium News. This solves problem of payment gateway to certain extend. .
    3) Publish a paper copy of all Premium Articles in Weekly Setopati magazine. Something like 'Nepal' or 'Himal'. This will make Setopati accessible to all people who don't surf net a lot. and gives much needed CASH to Setopati.

    Setopati has ventured into something pretty interesting and wish them all the best.

    ReplyDelete
  4. धन्यवाद । मैले यो कुरा छुटाएछु । माथि एउटा अनुच्छेद थपेँ है ।

    ReplyDelete
  5. either-way @setopati will set an example whether the business model is sustainable in #nepal
    https://twitter.com/nabinkm/status/383232866567852032

    ReplyDelete
  6. सेतोपाटीवालाहरूको नजर पुग्यो कि पुगेन खै......! । एउटा सन्तुलित आलेख :)

    ReplyDelete
  7. प्रधानपञ्चSeptember 27, 2013 at 9:41 AM

    हस् ! अनुमती छ । :P

    ReplyDelete
  8. अनलाईन पेमेन्टको लागी त समस्या नहोला इसेवा र पेवे जस्ताले नेपालमा सेवा दिन सक्लान् वा एनसेल, टेलिकम सँग नि काम गर्न सक्लान। तर कन्टेन्टमा दम नभको अहिलेको अवस्थामा पैसा तिरेर नपढ्लान मानिसहरूले। आकारको लेखन दामी छ।

    ReplyDelete
  9. wow...Good article for Setopati...

    ReplyDelete
  10. It is important to understand and accept that journalism cannot survive as a service. It has to turn into a business to sustain itself, recent changes in international media scene have shown how important it is to generate revenue-almost as important as maintaining journalistic quality and independence.


    The days of free information is over, if we value it, we need to pay for it. In Nepali context, paywall may seem like a over zealous idea but someone has to do it first, right? Since they(Setopati) are a start up, taking risks should be expected and required of them. Startups are not for following a path, but creating one.


    All I want to say is, lets look at this bold experiment in a more positive way. If Setopati succeeds, it will create a world of possibilities for other startups in the country.

    ReplyDelete
  11. Thanks Sunil,

    I think, Like/Recommend button can work pretty well. Facebook retired it's Facebook share button, thus I've not implemented in this blog.

    ReplyDelete
  12. "९० प्रतिशत स्टार्टअपहरु फेल हुनेगर्छन् " , i think its 90%. Here is the good discussion on this : http://www.quora.com/What-is-the-truth-behind-9-out-of-10-startups-fail

    ReplyDelete
  13. सेतोपाटि मै प्रकाशित हूने केहि बक्वास लेखक हरु को पुर्बाग्रहि लेख पढ्न किन म पैसा तिरुला र?

    ReplyDelete
  14. Asia Explore Adventure & Travel is founded by the dedicated explorers and professional Team to operate the luxurious holiday tour and explore the incredible attractions to the various country of Nepal, Bhutan, Tibet and India.We are operating, classic tours, cultural &historical tours, leisure holiday tours,MICE,training& conference tours, Mercedes Benz terrain coach tours, outdoor adventure tours (trekking, hiking, outdoor camping, jungle safari, white water rafting, paragliding etc.), air/helicopter charters, special custom made itinerary tours for outbound travel agencies and provide “one time shop” services to our customers.

    Trekking in Nepal

    Annapurna Base Camp Trek

    Everest Base Camp Trek

    Langtang Valley Trek

    Mount Kailash Tours

    Kanchenjunga Trek

    ReplyDelete