एकैछिन देउरालीमा [Photos]

सन् २०१२ को अन्तिम हप्ता, घर जाने मन भयो । मन लागेको मात्र के थियो, शनिबार बिहानै बल्खु पुगियो, टिकट लिएर 'टाटा सुमो'मा हुँइकिइयो । बल्खु - हेटौँडा सडकबाट आफू हिँड्न थालेको लगभग चार वर्ष हुनलाग्यो, एक हिसाबले भन्दा मुग्लिन - भरतपुरको बाटो पछिल्लो दिनहरुमा खासै हिँडिएकोछैन ।  साधारणतया मुग्लिनको बाटो गयो भने, बसले दिनभर जसो लगाउँछ ।

बाटो आधा छोटो पर्ने, अनि ४-५ घन्टामा नै घर पुगिने भएका कारण, बल्खु - हेटौँडा सडक हुँदै घर जान लागेको लगभग चार वर्ष पुग्यो । सुमो फर्पिङ, दक्षिणकाली, सिस्नेरी हुँदै देउराली पुगेर खाजा खानको लागि रोकियो। खाजा खान, सबैले अलि बढि नै समय लगाएका कारण, आफूले देउरालीको एक चक्कर लगाइयो भन्दा फरक पर्दैन । घाम लागेको अनि आकाश खुलेका कारण देउरालीबाट हिमालका मनमोहक दृश्य देखियो, जुन यसअघि मैले कहिले अनुभव गरेको रहेनछु । चारैतिर घुमिघुमि हेरियो, खुबै रमाइलो महशुस भयो, अनि साथैमा भएको मोबाइलबाट केही फोटोहरु खिचेँ !









बोनस:

सिमखोलाबाट उकालो लाग्दै, केही घुम्ती पार गरेपछि एउटा जाममा फसियो । हामीभन्दा केही पहिले आएको गाडीको पछाडीको स्प्रिङपट्टा भाँचिएर, पाङ्ग्रो निस्किएछ । साँघुरो उकालो बाटो भएका कारण अरु कुनै गाडीहरु छिर्न सक्ने अवस्था थिएन । हामी उक्त घुम्तीमा पुगेपछि अरु गाडीहरु पनि आइपुगे, अनि सुमोलाई सबै मिलेर उचालेरै बाटोको छेउमा लग्यौँ । राणाहरुले मान्छेहरुलाई भिमफेदीबाट गाडी बोकाएर, गाडी काठमाडौँ भित्र्याएका थिए, भन्दै आफूले नि हात लगाएर गाडी उचालेर साइडमा लगाइयो । एउटा अनौठो अनुभुति रह्यो, यो पनि । ;)



सन् २०१२ को अन्तिम दिन घरछेउमा लिइएको फोटो:

सन् २०१३ को पहिलो दिन सोही स्थानमा लिइएको फोटो:

















नोट: सबै फोटोहरु मोबाइलबाट खिचिएका हुन् र गुगल प्लसमा सम्पादन गरिएका हुन् । यही देउरालीका अरु धेरै फोटोहरु मेरो गुगलप्लस प्रोफाइलमा हेर्न सकिन्छ ।

8 comments :