फेसवुक डेस्कटप म्यासेन्जर परिक्षण गरिँदै [Facebook Testing Desktop Chat Client]

साथीहरु सँग फेसबुक च्याट गर्ने गर्नुभएकोछ भने, तपाईहरुको लागि खुशीको खबर छ, फेसबुकको आफ्नै डेस्कटप च्याट म्यासेन्जर [Facebook Desktop Chat Messenger] चाँडै आउँदैछ । टेकक्रन्चका अनुसार सोसल नेटवर्किङ साइट फेसबुकले केही दिन देखि सिमित व्यक्तिहरुलाई यो सुविधा परिक्षणको रुपमा उपलब्ध गराउँदै आएकोछ ।

facebook-messenger-for-windows

हाललाई “विन्डोज सेभेन” मा परिक्षणको रुपमा ल्याइएको फेसबुक मेसेन्जरमा च्याटका अलवा, नोटिफिकेसन र टिकरफिडको पनि सुविधा रहेको छ । फेसबुकमा कसले के गर्यो भन्नेकुरा डेस्टकटपबाटै थाहा पाइनेछ । याहु म्यासेन्जर, विन्डोज लाइभ म्यासेन्जर आदि अन्य डेस्कटप क्लाइन्टहरु मार्फत फेसबुक च्याट गर्दै आएका प्रयोगकर्ताहरुका लागि फेसबुकले ल्याएको आफ्नै डेस्कटप म्यासेन्जरले कत्तिको मोहनी लाउने हो, त्यो चाँहि भविष्यले नै बताउला ।

डेस्कटप म्यासेन्जर डाउनलोड गर्ने कुनै पब्लिक लिंक नदिइ फेसबुकले यो सुविधा केही सिमित प्रयोगकर्ताहरुलाई उपलब्ध गराएको छ, तर फेसबुक हेल्प सेन्टरमा विन्डोज डेस्कटप म्यासेन्जरबारे उल्लेख गरिएकोछ । फेसबुकको होमपेजमा बेलाबेलामा आउने फेसबुकको सूचना पढ्दै गर्नुहोस्, सायद तपाईलाई पनि डेस्कटप म्यासेन्जर परिक्षण गर्ने अवसर मिल्न सक्छ ।  होमपेजमा तलको फोटोमा देखाइएको जस्तो सूचना देख्नुभयो भने, परिक्षण अवधिमै फेसबुक डेस्कटप च्याट म्यासेन्जरको प्रयोग गर्नसक्नुहुन्छ ।

windows-messenger-home-page-prompt“विन्डोज सेभेन”का लागि मात्र उपलब्ध रहेको फेसबुक च्याट म्यासेन्जरको परिक्षणले राम्रो नतिजा दिएको खण्डमा चाँडै नै म्यासेन्जर सबै प्रयोगकर्ता र सबै प्लाटफर्मको लागि उपलब्ध गराइनेछ ।

यो पनि -

अब स्काइपबाट सिधै फेसबुकमा कुरा गर्न सकिने [Call Facebook Friends From Skype]

फेसबुक फोन आउँदै [The Facebook Phone–Buffy]

तस्विर: टेकक्रन्च

0 प्रतिक्रिया :

Post a Comment