Bulbul : Episode - 111 [Tribute to Jagjit Singh] #JagjitSingh

Listen to Bulbul Episode-111

नबुझ्नु पनि केही छैन। बुलबुल संचालन गर्नु अघि सम्म मलाई जगजितको "होठों से छुलो तुम" र "वह कागज कि कस्ती" बाहेक कुनै गज़ल, गीत मन पर्दैन थियो । तर गज़लकै कार्यक्रम संचालन गर्दै जाने क्रममा उनको गायकी यति धेरै मन पर्न थाल्यो कि अचेल म आफूलाई उनको फ्यान भन्न मन पराउँछु । ~ अच्युत घिमिरे, कार्यक्रम सञ्चालक !

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

Bulbul is a Radio Program (a gajal program).

Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

Download Bulbul : Episode-111

1 comment :

  1. we will alwayzz love u( jagjit singhh)............n diz show iz amazingg............too gooddd

    ReplyDelete