Thoughts On Ongoing Issue on Nepali Tweetosphere #TwitterKanda #Opinion

कुरो सुरु भयो, साता को ट्विटस् भन्दै, कान्तिपुर को साप्ताहिक परिशिष्टाङ्क हेल्लो शुक्रबार मा छापिने ट्विट बाट । त्यसपछि सुरु भयो ट्विटरमा झगडा, व्यक्तिगत तवर मै उत्रिएर ।

मेरो मान्यता "पब्लिक ट्विटहरु पत्रिकामा छाप्न पाइन्छ" भन्ने थियो र यही नै रहेको छ । तर कसैको व्यक्तिगत कुराकानी वा कसैको व्यक्तिगत जिवनलाई असर पार्ने किसिम को ट्विटहरु भने पत्रिका ले छाप्नु हुँदैन भन्ने मेरो धारण थियो र छ पनि । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालहरुमा प्रयोगकर्ताहरु ले आफ्ना विभिन्न भाव र मनोदशा पोखिरहेका हुन्छन् । कोही जिस्किरहेका हुन्छन् त, कोही आफ्ना 'फ्रस्ट्रेसन' निकालिरहेकाहुन्छन् । मानविय स्वभाव नै त्यस्तै हुन्छ कि, उ आफ्ना मनोभावहरु छताछुल्ल पारेर, आफू हल्का हुन चाहन्छ । हिजो आज मानिसहरु डायरी, ब्लग, फेसबुक हुँदै ट्विटरमा आफ्ना कुराहरु पोखेर आफूलाई 'स्ट्रेस'रहित बनाउन चाहन्छन् । एकैछिन हाँस्न पाइन्छ भनेर पनि कतिपय नेपाली ट्विट प्रयोगकर्ताहरु ट्विटरमा छिरिरहेकाछन् ।

साँच्चै भन्दा नेपाली जमात मा ट्विटर पब्लिक च्याट गर्ने थलो को रुपमा परिणत हुँदै गएको छ, जहाँ समान्य कुरा देखि ठूला र राम्रा कुरा सम्म मा बहस र छलफल हुने गरेको छ । आपसमा घोच-पेच गरेर ट्विट गर्नु सामान्य बनिसकेको छ । २ जना विच को कुरा तेस्रो व्यक्ति सँग सम्बन्धित नहुन सक्छ, र तेस्रो व्यक्तिले २ बिच को कुरा बुझ्छ भन्ने पनि छैन । दर्जनौँ को संङ्ख्यामा रहेका नेपाली ट्विटर प्रयोगकर्ताहरु को आ-आफ्नै ग्रुप छन्, आ-आफ्नै समूहमा छलफलहरु चलिरहेको हुन्छ, जुन तेस्रो व्यक्तिका लागि कुनै महत्व को रहँदैन । कोही थोरै ट्विट गर्छन्, कोही धेरै ट्विट गर्छन्, कोही रिट्विट मात्र गर्छन् त कोही आपसमा जिस्किएर र घोचपेच गरेर मात्र बस्छन् । तर जब कुनै 'इश्यु' उठ्छ तब सबै छलफल मा जुट्छन् र समाधान निकाल्ने प्रयत्न गर्छन् । भर्खरै नेपाली ट्विटर जगतमा देखिएका 'ट्विटडिबेट' र 'टिएफसिनेपाल' अभियान ट्विटरमा गरिएको राम्रा कामहरु मध्यमा पर्दछ ।

अनि नेपालीहरु को ट्विटर प्रति को बढ्दो क्रेज देखेर नै हुनसक्छ, कान्तिपुर ले केही महिनादेखि रमाइला ट्विटसहरु छाप्न थाल्यो ।  अनि सम्भवत मैले कुनै अघिल्लो ब्लग मै 'हेल्लो शुक्रबार' ले नयाँ थालनि गरेको भन्दै तारिफ गरिसकेको छु । सुरु सुरु का अंकमा रमाइला र केही उपयोगी ट्विटहरु नै छापिएको आभाष मलाई भएको थियो । तर पछिल्लो २-३ हप्ता मा भने, छाप्न पाइन्छ भन्दैमा जे पनि छाप्छौँ भने झैँ गरि ट्विट छापिन थाल्यो ।

यहाँ छाप्न पाइन्छ, पाइन्न भनेर निति नियम को कुरा मैले गर्न खोजेको हैन । अन्तराष्ट्रिय 'प्राक्टिस' नै यस्तै छ, ट्विटरलाई नै आधार मानेर समाचारहरु प्रकाशन प्रशारण हुने गरेको छ । ब्लग र वेवसाइटमा पनि ट्विटलाई आधार मानेर समाचार/विचार लेख्ने गरिएको छ, सायद यसै कारण ले होला, ट्विटर आफैँले नै "ट्विट बेक” गर्ने नयाँ साइट केही महिना पहिले नै 'लन्च' गरिसकेको छ, जहाँ बाट ट्विट जस्ता को तस्तै 'कपि' गरेर ब्लग र वेवसाइटमा प्रकाशन गर्न सकिन्छ । (हेर्नुस् How To: Embed Tweets in Blog and Website)

छाप्न पाइने कुरा एकठाउँ मा छ, तर पनि कसैको व्यक्तिगत जिवनमा पत्रिकामा ट्विट छापिएकै का कारण 'आघात' पर्छ, सम्बन्ध बिग्रन्छ भने त्यसकुरा को जिम्मेवार को हुन्छ ? एउटा को लागि रमाइलो लागेको ट्विट अर्काको लागि पनि रमाइलो नै हुन्छ भन्ने हुँदैन । एउटा प्रसंग र समयमा गरिएको कुरा अर्को परिस्थितिमा पाच्य नहुन सक्छ, योग्य नहुन सक्छ । जस्तो कि दुई जना जिस्केर पब्लिकमा गफ गरिरहेकाछन् भने, उनीहरुले भनेका कुरा अरुले कुन परिस्थितिमा कसरी बुझ्ने ? पब्लिक मा भएको कुरा भन्दैमा उक्त कुरा सबैका लागि जानकारीमुलक नहुन सक्छ, सबैको चासो को विषय नहुन सक्छ । ती दुई विच को कुरा अर्को परिस्थितिमा अर्कै अर्थ दिनसक्छ । अत: मेरो मान्यता छ, 'ट्विट छाप्नु पर्छ, तर ट्विट छान्दा अलिकति 'सेन्सिवल' हुनु जरुरी छ । 'सेन्सिवल' भन्न को मतलब, ट्विट छाप्पिसकेपछि उक्त कुराले कसैलाई हानी नगरोस् बरु त्यसले नयाँ कुरा बारे लाखौँ पाठकलाई जानकारी दिओस् । र ट्विट छान्दा अलिकति पनि 'सेन्स' लगाउने हो भने यस्ता  समस्याहरुलाई टार्न सकिन्छ ।

समग्रमा भन्दा, पत्रिकाले ट्विट छाप्ने नै भएपछि, ट्विट छान्दा सावधानी अपनाउनु पर्छ, पाठक को गोपनियता को सम्मान गर्नुपर्छ । सार्वजनिक ठाउँमा गरिएको कुरो भन्दैमा सबैकुरा छाप्न योग्य हुँदैनन् , सार्वजनिक रुपमा गरिएको कुरा मा प्रयोगकर्ताको गोपनियता हुँदैन भन्ने पनि हुँदैन । अनि सार्वजनिक ठाउँमा आमचासो को कुरा मात्र हुन्छन् भन्ने पनि हुँदैन । यो ब्लगबाट पत्रकारलाई पत्रकारिता सिकाउन खोजेको पनि होइन, कारण पत्रकारलाई पत्रकारिता को ज्ञान नभए अरु कसलाई होला र ?

tweetकुरो गरौँ पछिल्लो समय छापिएको ट्विट को । प्रभात र म विच भएको कुराकानी को विच को अंश प्रकाशित गरिएको रहेछ, त्यस्तै नेपालडायरी ट्विटर ह्यान्डल भएका एकजना दाइ को अफिस को बोस को बारेमा गरेको टिप्पणी रहेछ । मेरो विचार मा ती दुवै ट्विटहरु प्रकाशन योग्य थिएनन् । कसैलाई ती ट्विटहरु पढेर हाँसो उठ्ला तर ती ट्विट छापिएकै कारण जागिर गुम्छ भने त्यसको जिम्मेवार को हुन्छ ? नेपाल डायरी को ट्विटलाई आधार मान्ने हो भने, 'ट्विट कै कारण उनको जागिर गयो' । प्रभात र म बिच भएको ट्विटमा हामीहरु एउटा कुनै प्रसंगलाई लिएर जिस्किरहेका थियौँ । मलाई लाग्छ हामी दुइबिच को सबै ट्विट न-नियाल्ने अर्को तेस्रो व्यक्ति ले त्यो कुरा बुझ्दैन र त्यो कुरा हामी बिच भएको नितान्त व्यक्तिगत कुरा हो । मलाई अचम्म लागेको छ, पत्रिकाले त्यस ट्विट बाट के अर्थ निकाल्यो र के बुझेर छापे ? उक्त ट्विट मा 'टिम भ्यवर' जस्ता टेक्निकल 'टर्म' प्रयोग भएका छन् । र त्यो परिस्थितिमा हामी विच भएको कुरालाई अर्को तेस्रो व्यक्तिले बुझ्दा 'उल्टो अर्थ' निकाल्ने प्रवल सम्भावना छ । अत: उक्त ट्विट पत्रिका मा छाप्न लायक को ट्विट थिएन ।

त्यस्तै नेपालडायरी ले आफ्नो बोस को बारेमा टिप्पणी गरेर, आफूभित्र गुम्सिएको कुरा ट्विटरमा पोखेका थिए तर त्यो कुरा पत्रिकाले छाप्दियो । उनीहरुले एकक्षण पनि सोचेनन्, उक्त ट्विट ले कसैको जिवनमा कत्तिको प्रभाव पार्छ भनेर । हो, एकपटक पढ्दाहाँसो उठ्छ गज्जब को टिप्पणी गरेछन् भनेर, तर अलि गहिरिएर सोच्नुस् त त्यो कुरा उनकै बोसले थाहा पाए के हुन्छ ? उनले ट्विटरमा पोखेका थिए, कारण उनलाई थाहा थियो उनको बोस ट्विटर मै छैनन् । तर परिस्थितिले जटिल मोड लियो, जब पत्रकारले परिस्थिति को गाम्भिर्यता बुझेनन् र हाँसो मै उक्त कुरा उडाउन खोजे । त्यसो त उक्त दिनै पत्रिका मा ट्विट छापिएका राजेश लुइँटेल ले पनि  ट्विट छाप्पिएको मा आपत्ति जनाएकाछन् ।

ट्विट छापिएपछि ट्विटर जगत मा ताण्डव नै मच्चियो । प्रभात ले चाहिने नचाहिने बोले भनिएको छ, (शुक्रबार क्लास सकेर उक्त दिन काठमाडौँ लागिएको कारण सबै ट्विट पच्छ्याउन सकिएन) । सायद प्रभात ले अलि बढि नै बोलेका थिए । तर यस विषयमा धेरै जानकारी नभएका कारण यसबारे धेरै भन्न सक्ने अवस्थामा म छैन । र साँच्चै भन्दा म प्रभातलाई चिन्दा पनि चिन्दिन । जसरी अरु ट्विटरमा भेटिएका हुन् त्यसरी नै प्रभात पनि ट्विटर मा भेटिएका हुन् (अहिले हराइपनि सके), आपस मा जिस्केर बस्ने कारण दाइ सम्बोधन गर्दै मैले ट्विट गर्ने गरेको पनि हुँ । ट्विटरमा धेरैजसो, दाजु, दिदी, काका, मामा आदि सम्बोधन गरेर नै मैले ट्विट गर्ने गरेको छु । हो म ट्विटरमा प्रभातलाई चिन्थेँ तर व्यक्तिगत जिवनमा धेरै ट्विटर प्रयोगकर्तालाई चिन्दिन । फेसबुक र ट्विटर मा हजारौँ साथी र फलोअरहरु छन् । र म थोरै व्यक्तिलाई मात्र व्यक्तिगत तवर मा चिन्छु । ट्विटरमा आत्मिय लाग्ने साथीहरु थुप्रै छन् तर व्यक्तिगत तवरमा चिनिएका साथिहरु औँला मा गन्न सकिनेछन् । यो अनलाइन संसार नै यस्तै छ भन्ने कुरामा कसैलाई दुविधा नहोला र सबैले यही नै महशुस गरेको हुनुपर्छ भन्ने मेरो बुझाइ छ ।

नभन्नुपर्ने कुराहरु थियो भनिहालेछन् तर मैले शनिबार मात्र ट्विट पच्छ्याउने मौका पाएँ । शुक्रबार देखि शनिबार सम्म मा नै धेरै कुराहरु भइसकेका रहेछन् । शुक्रबार राती साप्ताहिक रुपमा हुने गरेको ट्विट डिवेटमा पनि यही पत्रिकाले छापेको ट्विट को बारेम बहस र छलफल भएको रहेछ । छाप्न मिल्ने नमिल्ने, सबै ट्विट छापिसकेपछि पनि बोल्न मिल्ने नमिल्ने सबै कुराहरु दुवैपक्ष ले बोलेछन् । दुवै पक्ष अर्थात ट्विटर जमात र पत्रिका का प्रतिनिधि । सबै को प्रश्न पत्रकारहरु तर्फ नै तेर्सिएको थियो, व्यक्तिगत जिवनमा असर पार्ने ट्विटहरु किन छापियो ? र सबैको सुझाव थियो, 'सेन्स' लगाएर ट्विटहरु को छनौट गर्नुपर्यो, ट्विटरमा भएका 'जे पायो त्यही' ट्विट भन्दा, ट्विटर मा हुने गरेका राम्रा काम कुराहरु को ट्विट छाप्नुपर्यो  आदि आदि ।

तर यहाँनेर पत्रकारहरुले आफ्नो संयमता गुमाउन पुगे । हुन त आरोपहरु लागिसकेपछि, जो कसैको दिमाग सन्किनु, पारो तातिनु, साधारण कुराहरु नै हुन् । पत्रकार को पेशा नै त्यस्तै हो, उनीहरुले गाली र ताली सँधै पाइरहेका हुन्छन् । तर पनि देश को प्रतिष्ठित पत्रिका का पत्रकारहरु को बारेमा मैले कहिले पनि, उनीहरुले त्यस्तो सम्म भन्न सक्छन् भनेर सोचेको थिइन । मैले शनिबार को ट्विटहरु पच्छ्याउने मौका पाएँ, उनीहरुको प्रतिक्रिया ट्विटरमा निरन्तर हेरिरहेँ, पढिँरहेँ । आफूले सोचेको भन्दा निकै फरक कुराहरु ट्विटर मा देखिँदा, म छक्क परेँ । उनीहरुले धेरै कुरा को उदाहरण दिए, टुँडिखेल देखि चिरिञ्जीवी वाग्ले सम्म का । यसबाटै धेरै ले धेरै चिन्ने र बुझ्ने मौका पाए ।

मलाई लागेथ्यो, पत्रकारहरुले भन्नेछन्, 'सुझाव का लागि धन्यवाद, आगामी अंक देखि हामी ट्विट छान्दा विचार पुर्याउनेछौँ' । तर यस्तो त के भन्थे, ठूला ठुला कुरा गर्नथाले । अनि यता ट्विटर चलाउनेहरु पनि के कम, तथानाम भन्न थाले । एक किसिमले ट्विटर कुरुक्षेत्रमा परिणत भएको थियो । दर्जनौँ को संङ्ख्या मा ट्विटर प्रयोगकर्ताहरु र दुई जना को सङ्ख्यामा पत्रकारहरु थिए । एक अर्का ले आरोप प्रत्यारोप गरिरहे । 'धन्यवाद, आगामी अंक देखि हामी ट्विट छान्दा विचार पुर्याउनेछौँ' मात्रै भनिदिएको भए, यो कुरा त्यसै सकिएर जान्थ्यो ।

साना तिना विषयमा विवाद र छलफल प्राय सँधै नै ट्विटरमा हुने गरेको छ, सबैको विचार एउटै नहुनु, मानविय स्वभाव नै हो । तर विडम्बना ठूला कुरा बढि भए । ‘पब्लिक्ली’ लेखिएका जुनसुकै ट्विट छाप्न सक्ने कुरा मात्र पत्रकारले बताइरहे । पाठकहरु का लागि पत्रकारिता गर्ने तर जब तिनै पाठकहरु यसो गर्न पाइँदैन भन्छन् भन्दा, म गरेरै छाड्छु भन्ने अडान मा पत्रकारहरु बस्न सुहाँउदैन जस्तो लाग्छ । धेरै प्रयोकर्ताहरुले निरन्तर प्रश्न को वर्षा गरिरहे तर पत्रकारहरु ले चित्तोबुझ्दो जवाफ दिएनन् बरु  उल्टै यस्तो र त्यस्तो भनेर प्रतिवाद गरिरहे । बोल्न हुने र नहुने कुराहरु दुवै पक्षले बोलिरहे । उनीहरु सबै व्यक्तिगत तवरमै ओर्लिएर झगडा गरिरहे । म पनि आफ्नै हिसाव ले ट्विट गरिरहेँ । आफूलाई लागेका कुराहरु ट्विटिरहेँ । पत्रकारहरुले केही ट्विट यस्ता गरे, जुन मैले सपनामा पनि सोचेको थिइन, र त्यो ट्विट यहाँ ब्लगमा राख्दा पनि राख्दिन ।

धेरै नै विवाद बढ्न थालेपछि, केही साथिहरु ले विरक्तिएर ट्विटर नै बन्द गर्नु भयो । प्राय ट्विटर छाड्नेहरुले ब्लग लेखेर ट्विटर बाट विदा लिए । उनीहरु ट्विटर बाट हराएसँगै सबैलाई के नपुगेको के नपुगेको जस्तो महशुस भइरहेको छ, कारण सबै सँग यति आत्मियता बढेको थियो कि, व्यक्तिगत रुपमा सबैलाई नचिनिएपनि ट्विटर का माध्यमबाट सबै एउटै घरका सदस्यहरु झैँ लाग्थ्यो। आशा छ, उनीहरु फेरि चाँडै ट्विटरमा फर्किएर आउने छन् ।

प्रोफेसनल हुनुपर्ने र राम्रो वातावरण मा ट्विटर मा आपसी छलफल हुनुपर्ने मा ट्विटर को झगडा व्यक्तिगत झगडामा बदलिएको झैँ भएको छ । जुन मुख्य कुरा ट्विट छान्दा विचार पुर्याउनु पर्यो भन्ने कुरा चाँही ओझेल मा परेको छ । यता ट्विटरमा प्रयोगकर्ताहरु पत्रकारको 'बदख्वाई' गरिरहेकाछन् भने उता पत्रकारहरु, पत्रकारिता को तागत देखाउँछु भनेर लागिपरेका झैँ देखिएकाछन् । पत्रकारलाई ज्यानमार्ने धम्कि दिइयो भनेर पर्सी को हेल्लो शूक्रबार मा खबर छापियो भने, उदेक नमाने हुन्छ ।  ट्विटरमा कलह देखिए सँगै पत्रकारहरु र हेल्लो शुक्रबार को ट्विटर एकाउन्टबाट केही गैरजिम्मेवार ट्विटहरु ट्विट भएकाछन् । ट्विटर प्रयोगकर्ताहरु पनि असंयमित नै देखिएकाछन् । तर पनि, को धेरै जिम्मेवार भनेर मलाई सोध्ने हो भने, म पत्रकार नै धेरै जिम्मेवार भएको ठहर्याउँछु । कारण पहिले ट्विट पत्रकारले नै छापेका हुन् । लौ, मानिलिउँ प्रयोगकर्ताहरु त असभ्य र असंयमित भए, पत्रकार जस्तो देशको महत्वपुर्ण अंग ले त्यसरी गैरजिम्मेवारपुर्ण व्यवहार देखाउन हुन्थेन । दर्जनौँ पाठकहरु/प्रयोकर्ताहरुलाई जवाफ दिन नसकेका उनीहरुले एउटा ट्विटर प्रयोगकर्ताले जे पायो त्यही भन्यो भन्दैमा, व्यक्तिगत ‘इश्यु’ बनाइहाल्नु हुँदैन थियो, उनीहरुले अरु पाठक को चित्त बुझाउन सक्नुपर्थ्यो । 

जे हुनु भइसक्यो, अब आगामी दिनमा यस किसिम का गल्तिहरु कुनै पक्षबाट नदेखियोस् भन्ने कामना गर्दछु । साथै, सबैलाई इन्टरनेटमा गाली गलौज को भाषा प्रयोग नगरिदिन हुन पनि आग्रह गर्दछु ।


Further Readings:

1) एउटा लामो ट्वीट

2) I want to believe

3) Debate Summary – Sneaky Journalism

4) Letter to Kantipur publication

5) An incompetent talks Twitter, Kantipur, ethics and the law

6) Taking Twitter for granted – Hello Sukrabar

7) Personal is not private

8) अधिकार र दायित्व

9) Twitter, Silliness Policing and Kantipur

10) बाँच अनि बाँच्न देऊ #TwitterKanda

11) When journalists threaten like criminals and people start to run away in fear

12) Sneaky #Journalism (#snkyjrn ) from Kantipur- Taking #Twitter for #Granted

13) शुक्रवार अगाडीको ट्वीट

14) ट्वीटरकाण्ड र अनुत्तरित प्रश्नहरू #TwitterKanda #questions #Kantipur

9 comments :

  1. मन्छे ले facebook or Twitter maa जे लेक्छन् थो सबै ले हेर्छ्न् but तै कुरो newspaper maa आयो भने के के न भयो भन्दै ना ना थरि कुरा गर्दै गर्ने यो त भय न ne यदि आफ्नो personal कुरो गर्नु छ भने social network side मा न आउनु u can write in your own blog no one see there and public e in news paper ............

    ReplyDelete
  2. म सहमत छु! छानिएका ट्वीटले पत्रकारको स्तर पनि निर्धारण गर्छ! छनौटमा मात्र ध्यान दिन सके यसको आफ्नै महत्व हुन्थ्यो!

    ReplyDelete
  3. I think we should stop this issue here. Bujhnu parne manchele na bhuje pachi k garne, hoina ra?

    ReplyDelete
  4. Really good analysis of the issue Anil and I agree with all the things you have written. And I also urge Tweeples not to use Twitter as a chat client - better to use DM for such messages.

    ReplyDelete
  5. Ramro analysis!
    Funny thing is that, Journalists involved arugued on some legal basis that the public tweets could be published on newspapers citing rules of the UK or elsewhere. Fine Newspapers here have rights to publish tweets but News companies alsohave rules defined on what the journalists involved can talk about the newspaper issues even on their PRIVATE accounts!
    (I doubt if Kantipur Publications has such regulations!)

    ReplyDelete
  6. मैले पनि यो ट्विटरकान्डको फड्के किनारको साक्षीजस्तै भएर विवादलाई नियालेको हो । हो गल्ती दुवै पक्षबाट भएका हुन् । ट्विट गर्नेले गरिहाल्यो । कम्तिमा छाप्दा भएको गल्तीलाई महसुसु गर्दिएको भए विवाद लम्विन पाउने थिएन । तर यस विवादले हामी जस्ता थुप्रै ट्विटर प्रयोगकर्ता सवैलाई सजग र पाको चाहि बनाएको छ ।

    ReplyDelete
  7. पोष्ट राम्रो छ, मलाई मनपर्यो। तर मेरा केहि असममतीहरु छन् :

    - म बाँकि ट्विटर प्रयोगकर्ताहरुको कार्यको लागि जिम्मेवार हुन सक्दिन- कहिलेकाँहि आफ्नैप्रति पनि हुन सक्दिन । तर पत्रकार र सम्बन्धित मानिसहरुले केहि ट्विटहरु मेरै बिरुद्ध लक्षित गेरको जस्तो लागेपछि मैले आफूले गरेका सबै ट्विटहरु हेरेँ- कतै गल्ति भएछ, चित्त दुखाइएछ कि भनेर । हुनत मन नपरेको कुरा स्पष्ट र सिधै भनेको मनपर्छ मलाई, तर सबै त्यस्ता हुँदैनन्- ठिकै छ। मैले आफ्ना ट्विटहरु हेरेँ ट्विटडिबेट र बाकीँ समयमा गरेको । त्यहाँ मैले भेटेँ मेरा अधिकांश ट्विटहरु ट्विटे साथिहरुलाई संयमित होऔँ, राम्रो बोलौँ, यस्तो किसिमका ट्विटहरु छन् । मैले कुनै पत्रकारलाई व्यक्तिगत केहि भनेको छैन, र पुरै पेसा र व्यवसायलाई पनि केहि भनेको छैन । म शुरु देखिनै दुबै तर्फलाई स्विकार्य हुने बिचको तर्कहरुको साहार लिँदै थिएँ, मेरो व्यक्तिगत बिचार पनि त्यस्तै केहि थियो ।

    - एकजना चिनिएका पत्रकारले त छद्म नाम प्रयोग गरेर 'कायरता' र 'हुती' सम्मलाई जोडेर मेरो ब्लगमा यसरी कमेन्ट गरे कि मानौँ यो पुरा विषयमा दोषि मै मात्र हुँ र मैले पत्रकारहरुको मनोबल गिराउने गैह्रजिम्मेवार कुरा गरेँ । मैले सँधै राम्रा पत्रकार र पत्रिकाहरुको राम्रा कामहरुको खुलेर प्रशंसा गरेको छु, अरुलाई पनि गर्न लगाएको छु । मैले केहि असन्तुष्टि राख्दा पनि मेरो पुस्ताका म र बाकिँ सबै पेशाकर्मिहरु आफ्नो पेशामा अब्बल बनुन र समग्र समाजमा सकारात्मकता छाओस भन्ने कामना राखेर गरेको छु । तर यस्तो 'कायरता', 'हुति' जस्ता कुरा गरेको देखेर दङ्गै परेँ र त्यसप्रति खेद नजनाएको देखेर पनि । अनि मेरा पुरै बिचारहरु, जुन अधिकांश ट्विटेहरुका बिरुद्धपनि थिए, त्यसप्रि पुरै बेवास्ता गरेर व्यक्तिगत प्रहार मा उत्रेको देखेँ र दु:ख मानेँ । त्यसदिन देखि मैले केहि ट्विटर एकाउन्टहरु हेरेको पनि छैन, किनकि मलाई नकारात्मकता, तुष र घृणा मनपर्दैन । कुनै कुरासँग असहमत नै हुनु परे पनि स्वस्थ्य तरीकाले गर्न सकिन्छ । यति धेरै घृणा, म आफूलाई यसबाट प्रभावित हुन दिन चाहन्न र मैले व्यक्तिगत रुपले चिनेका व्यक्तिहरुप्रतिको धारणालाई त्यसले प्रभावित हुन दिन्न - त्यसकारण म अहिले यो विषय पुरै वेवास्ता गरेर बसेको छु । म आशा गर्छु चाडैँ यो घृणा, कुन्ठा, क्षोभ, नकारात्मकता र तुष सकियोस् । नयाँ पुस्ताले यस्ता काम नगरौँ ।

    - म फेरी पनि भन्छु एक दुई जना ट्विटर प्रयोगकर्ताको व्यवहार मनपरेन भनेर पुरै पत्रिका र प्रेस स्वतन्त्रताको उर्जा त्यसको पछि प्रयोग गर्नु राम्रो होईन । सबै पत्रकार राम्रा मात्रै छैनन्, त्यसरी नै सबै ट्विटर प्रयोगकर्ता राम्रा मात्रै छैनन् । मलाई जे भनेपनि हुन्छ, तर यस्तो धारणा राख्दा राम्रा पत्रकारहरु को जज्मेन्ट क्षमतामा असर पर्न सक्ने सम्भावना छ, जुन हाम्रो समाजकै लागि नराम्रो हो । अङग्रेजीमा भनेजस्तै, its business, nothing personal. पेशासम्बन्धि प्रतिक्रिया र समाजका स्वभाविक विकारहरुलाई यसरी व्यक्तिगत लिनु कत्तिको राम्रो हो ?

    - हुन त मैले चिन्ने र ट्विटरमा भएका केहि राम्रा पत्रकारहरुले पनि मेरो तर्कसँग मिल्नेगरी नै बिचार राखेका छन्, त्यसकारण यसमा सङ्लग्न पत्रकार मात्र सहि र सबै नेपाली ट्विटर प्रयोगकर्ता मूर्ख, अज्ञानी भन्नु त आँफैलाई मुर्ख देखाउनु हैन र ? फेरी पत्रकारिता जस्तो सार्वजनिक छवि भएको पेशा अङ्गालेपछि त 'आफ्नो क्षेत्रमा सक्षम' र 'असक्षम' सबैले गरेका प्रतिक्रिया व्यक्तिगत तवरले नलिने बानी बसाल्नुपर्ने र सिकाउनुपर्ने होईन र ? हुन त मैले कसैलाई पेशागत सुझाव दिन सुहाउँदैन, त्यो मेरो विशेषता होईन, तर सार्वजनिक मामिलामा काम गर्ने मानिसहरुले सार्वजनिक मामिला नै मन नपर्ने भए त त्यो भन्दा अगाडि के बोल्नु मैले ?

    - कुतर्क हरु: कुतर्कहरु दुबै पक्षबाट आएका छन् तर मैले आफ्नो धेरै समय ट्विटर प्रयोगकर्ताहरुका कूतर्कहरु चिर्न प्रयोग गरेको छु । अर्को पक्षका तर्कहरु कम छैनन् भनेर यसो गरेको होईन, तर उनीहरुले त्यसलाई निकै व्यक्तिगत बनाउने सम्भावना देखेको हुँदा मौन रहेको हुँ- फेरी पत्रिकामा जे पानि छापिदिन्छु भने जस्तो व्यवहार गरेपछि बोल्न मन लागेन पनि । यौटा निरीह र बोल्न नजान्ने अल्लारे केटाले दिँदै नदिएको मृत्यु धम्किलाई अतिरञ्जित गर्नुभन्दा बरु देशभरी साँच्चै खतरामा काम गरिरहेका धेरै कम अवसर र सुविधा प्राप्त पत्रकार र अन्य पेशाकर्मीहरुको ज्यान जोगाउन तर्फ पत्रिकाहरुले ध्यान दिने रकेहि काम गर्ने हो कि ?

    - बाकिँ पछि लेख्दै गरौँला - अहिले यति हो ।

    ReplyDelete
  8. Post kaa laagi dherai dherai dhanyawaad Anil..... Maile twitter chalaauna thaaleko ek barsha pani bhaeko chhaina....twitterko nepaali jamaat bhaneko adhikaangsa computer sambandhi gyaan bhaekaa engineer/techies/webdevelopers ra yasai wisaya sanga sambhandhit widhyaarthi haru chhan, lagbhag 20 dekhi 30 umer samuhakaa prayogkartaa badhi bhaeko mero anumaan ho, ma jastai dherai prayogkartaa widesiekaa chhan, yasartha 'likeminded' prayogkartaa waa anille bhanejhain 'samuha' felaa paarne ani wichaar, ideas baandne twitter bhandaa upayukta platform maile bheteko chhaina, computer, technology sambandhi lagbhag kehi gyaan na bhaeko maile twitterkai maadhyamle dher thor bhae pani sikne maukaa paaeko chhu, , kahile sikdai na sikeko kuro pani sikeko chhu ani kahile tv ra patrikaale na bhaneko samaachaar pani thaahaa paaeko chhu, ani yo sab baahek pani, wideshmaa bhai bhai pani aafnai gaaunko kunai chiya pasalmaa basi chinekaa ra nachinekaa gaaunle haru sanga gaf garejhain ramaailo ra thattaa pani garne gareko chhu, facebookmaa jhain 'aafanta' harubaata gheriyeko jamaat bhandaa twitterko jamaat.dherai farak chha, yastai kaaranharule gardaa maile mero khaali samay twittermai bitaaune gareko chhu, tweets sangai sutne ani tweets sangai biunjhane, yasai bich yo ghatnaa bhayo..... Kaam bisesle sahar baahira bhaeko ma, yo 'kaanda' bhaeko tin din pachhi ani lagbhag dui ghantaa ko 'twitterko timeline' ani tweetdebate kaa paanaaharu paltaai sake pachhi ko 'ma' maa dherai farak paaen. Mero twitter pratiko lagaaw, bujhaai ityaadi sabai badliye...ekaaek birakta laagera aayo....ekaichhin aghisamma twittermaa 'jiski' raheko ma arko chhanmai niras bhaen.... Tyahi raat ekchhin man manai game, aafailaai kehi prashna sodhen ra 'man halungo' nabhainjhel' samma twitter baata baru bidaa line bichaar garen....tyahi 'tweetdebate' ma @ushaft le pokheko eutaa abhiwyakti jhain 'haami yuwaaharukaa nimti bahasyogya aru thuprai wishaya hundaa hundai pani yahi twitter kaandale yatro wikraal roop linu nai widambanaapurna chha....yas wishayamaa dherai charkaa charchaa paricharchaa bhaisakeko hundaa ma aru kehi kuro kotyaauna chaahadina...kehi mitraharule (Prabhat ra @webg0ru) twitter chhadeko khabar thaahaa paaundaa dukha pani laageko chha, duwai janaalai farkina ma aagraha pani gardachhu... Twittermaa chhaaeko ris, tush, dwesh, ghrindaa sabai samaapta houn...yahi mero chaahanaa ho....je bhayo durbhaagyapurna thiyo....baru yas baata paath sikdai twittermaa bhaekaa haamile 'reporting' nai garna milne kehi syaanai bhae pani 'farak' kaam (tweet for cause jastai) garna sake, twitterko jamaatlaai 'tundikhel' maa gaf haakne gafaadisanga tulanaa garne haruko manasthitimaa kehi pariwartan aaulaa ki...yo bhandaa raamro jawaaf haamile farkaauna sakdainaun jhain laagchha malaai..tyasaile saathiharule dekhaaeko 'agression' laai eutaa direction diun, wyaktigat risiwi na raakhaun ...yatinai aagrah chha.... Dhanyawaad - Nepaleeidiot

    ReplyDelete
  9. this is the really fucking thing ...what do u know de meaning of social network ? if u write in social network your personal things then that is not personal for other who read that one ...and one thing I wan a suggest u ......man that ....use u r own blog not this social network ........................

    ReplyDelete