Skip to main content

बाँच अनि बाँच्न देऊ #TwitterKanda

३ बर्ष हुन थालेको थियो होला सामाजिक सन्जाल ट्विटरमा रमाउन थालेको, मानिसहरु आउने जाने क्रम चलिरहेको थियो। संसारका साना मसिना ठुला सम्पुर्ण कुराहरु ट्विटरको माध्यमबाट थाहापाउँदै आएको थिए। ट्विटरमा बसिन्जेल नचिनेका मानिसहरुसँग अनौठो नाता जोडिएको थियो। मैले गर्ने कुराहरु सामान्यतया पाच्य हुन्थेनन् तर पनि कुरा भईरहन्थ्यो। अङ्ग्रेजिमा "Down to the Earth" भने जस्तो आफ्नै धरातलमा रहेर ट्विटेको थिए। सबैभन्दा पहिला मलाई ट्विटरमा पच्छाएर मेरा गतिला अगतिला सम्पुर्ण ट्विटहरु साथ दिनेहरुलाई धन्यवाद दिन चाहन्छु। जानि जानि कसैको मन दुखाएको छैन, तर अन्जानमा अवश्य कतिपयको मन दुखेको हुन सक्छ; हृदय देखि क्षमा माग्दछु।

आफ्नो बाटोमा हिँडिरहेको मानिसलाइ जिस्काउँदा जो कोहि पनि रिसाउँछ चाहे त्यो राजा महाराजा नै किन नहोस्। मेरो जो सँग सरोकार छैन, मैले जस्को चासो राखेको हुँदिन त्यसले मेरो कुरा नगरोस् मेरो त्यहि चाहना थियो र रहि आएको छ। सुतिरहेको चाहे त्यो बाघ होस् या बिरालो त्यसलाई आरामले सुत्न दिनु पर्छ भन्ने मेरो धारणा हो। पृथ्वी नारायण शाहले भने जस्तो "जाई कटक नगर्नु झिकि कटक गर्नु", आफु जिस्किन नजानु तर जिस्कनेलाई नछोड्नु भने जस्तै म पनि जिस्केको थिए। पढेका भनाउदाँ मुर्खहरुसँग नसकिने रै'छ। आफ्नो काम गराउन गधाको पनि पाउ मोल्नु पर्छ रे तर स्वाभिमानले गर्दा गधालाई तँ गधा होस भन्दा, आफुसँग भएको स्रोत साधन प्रयोग गरेर गधाले म गाई हो भन्न खोज्दा र त्यसलाई गाईको रुपमा स्विकार्न नसक्दा ट्विटर लगायत सम्पुर्ण सामाजिक सन्जालबाट विदा लिएको परिस्थिति हो।

सामाजिक मुल्य मान्यता मलाई पनि थाह छ, तर कोहिले त्यसको परिभाषा आफु अनुकुल व्याख्या गर्न खोज्छ भने त्यो मलाई कदापि स्वीकार्य हुने छैन। ट्विटरलाइ टुडिँखेल उपमा दिने, र ट्विटिनेहरुलाइ आफ्नो क्षेत्रमा असफल भएर ट्विटेका हुन भन्नेलाई एउटै प्रश्न छ, आफुलाई राष्ट्रको आवाज नाम दिने, थुप्रै ठाँउबाट एकैसाथ प्रकाशन हुने, र आफ्नो पेशामा २० बर्षको अनुभब भएको धाक दिने मानिसहरु; सफलताको कुरा लेख असफलहरुको जलेको घाउमा किन नुन छर्किन आउनु पर्यो? कोहिलाइ सफल र कोहिलाइ असफल देख्ने अध्ययनशिल जमात, त्यो तिमिहरुको नजरको दोष हो अरु केहि होइन। मलाई सानो हाकिमको कुराको केहि छैन त्यो त आलाकाँचो ठेट्ना हो, आफुलाई दोस्रो पुस्ताको प्रतिनिधि भन्दै हिड्ने मेरो लागि मैले नजरअन्दाज गर्ने एउटा बस्तु हो। सानालाई सम्झाउन छोडेर उक्साउँदै हिड्ने ठुला हाकिमसाब माथि दया लागेको छ।

मैले शुरु देखि भनेको थिँए मेरो ट्विट छाप्नु पर्दैन, मलाई मेरो सँसारमा रमाउन देउ। नमानेर छाप्ने; मेरो ट्विट नछापे उनिहरुको १० लाख पत्रिका नबिक्ने जस्तो गर्ने, अनि किन छापिस् भनेर राम्रोसँग सोध्दा नबोल्ने अनि नाना भाँति गालि गर्दा उनिहरुको मान हानि हुने। मलाई कानुन नपढाउ म कानुनको विध्यार्थी हुँ, मलाई कानुनि उपचार गर नभन मलाई थाह छ, आफ्नै सहकर्मिलाई पैसाको बलमा यौन पिपासुको बिल्ला भिराएर जेल पठाउने पनि तिमिहरु नै हउ।

यो झगडाको शुरुवात ट्विटर देखि भएको हो, म यो छोडेर जाँदै छु, न तिमिहरुले मेरो प्रश्नको जवाफ दिएउ तसर्थ मेरो जवाफको आसा नगर।

बाँच अनि बाँच्न देऊ !

सबैको कल्याण होस !!

~ Written By @PR4BH4T
(ट्विटर छाड्नु अघि, प्रभातले यो लेख लेखेका हुन् )

Comments

  1. हरेक क्षेत्रमा शक्ति दुरुपयोग को यो भन्दा पतित उदाहरण अरु केहि हुन सक्दैन।

    ReplyDelete
  2. आकार जी - कुरा अलिक लुकाएर नै गरिएको हो कि ? यस बाट प्रष्ट कुरा नै खुल्दैन नि ! यदि आफु सहि हो भने प्रत्यक्ष आरोप लागाउन किन धकाउने नि ?
    प्रभातले ट्विटर छाड्नु को मेन काण्ड अलिक प्रष्ट बुझिएन नि ! तर्क हरु सहि छन् तर यस्तो त मन बनावटी कुरा पनि त हुन् सक्छ नि ?

    ReplyDelete
  3. प्रभात ब्रो ले अलि ट्वीटर नै बन्द गर्न चाही नहुने, संसार मा कहाँ सबै राम्रा मान्छे छन् होइन र ? मलाई अझै याद छ मैले २०६४ को दशैं को तास खेल्ने समय मा "मेरो त टनेला आयो" भन्दै रिस्क लिइ लिइ सुरुवाती त्वित गरेको थिए (rewind it) , समय सान्त नै थियो|

    मान्छे अनेक आए, "बाल भो' " प्रभात ब्रो ले नै सम्झाएको होइन र मलाई, हाम्रो नेपाली ट्वीटर समाज अझ पनि जीवन्त नै छ, खहरे होला भनेको १-२ चोटी मात्र औछा, हामी चाही निरन्तर हिड्ने साधारण मान्छे नै हौँ नि| येही कमेन्ट बाट PR4BH4T लाई एक पटक ट्वीटर मा आउन मा बिनम्र अनुरोध गर्दछु | उही तास खेल्दा तिमीलाई थाहा नदिइ किन त्वित गर्ने साथी | @Ekendra

    ReplyDelete
  4. सर, टुइटर त्यागनु मलाइ अलिक चित्त बुझेन , अब त भन डराएर बन्द नै गर्दा रहेछन भनेर झन हेप्छन

    ReplyDelete
  5. सर, टुइटर त्यागनु मलाइ अलिक चित्त बुझेन , अब त भन डराएर बन्द नै गर्दा रहेछन भनेर झन हेप्छन

    ReplyDelete
  6. त्यसले बडी घमन्ड नदेखाय हुन्छ , कान्तिपुरमा त्यसको आफ्नो मान्छे भएर छिरेको हो ! त्यसले बुझोस् , तेस्को घमण्ड कुनै दिन खत्तम बनाई दिने छौ ,तेरो लेख मा म मात्र ठुलो मान्छे हु भन्ने पाराको लेख हुन्छ ! कम्पुटर का दुइ चार क ख पढे भन्दैमा घमण्ड नदेखा महाराज , त नेपाल मै छस ! तेरो कान्तिपुरमा पुतलीसडक र बाग बजार को कोचिंग सेन्टर को बिज्ञापन बाहेक पढ्न योग्य लेख के छ ? धेरै राम्रा युवा हरु ओझेल मा परेका छन् !

    ReplyDelete
  7. I am saddened by how a possibly educational discussion has gone to personal (ego) level.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

ठगाईमा उपभोक्ता

के तपाईहरुलाई थाहा छ, एनटिसि, स्पाइस र युटिएल का रिचार्ज कार्डहरुका कारण ठूलो संङ्ख्यामा उपभोक्ता ठगिएकाछन् भने व्यापारीहरु यसैबाट लाखौँ कुम्ल्याउँदै छन् । खासमा याद नगरिने तर प्राय: सँधै खड्किने कुरा हो, ब्यालेन्स ट्रान्सफर या नयाँ रिचार्ज कार्ड किन्दा त्यससँगै व्यापारीलाई दिनुपर्ने चार्ज । चाहे तपाई, १०, २०, ५० या १०० वा २०० कै रिचार्ज किन नगर्नुहोस्, व्यापारीहरु ले हामी बाट ५ रुपैँया बढि लिन्छन् । १० को रिचार्ज गर्नुपरे, १५ रुपैँया, अनि १०० को रिचार्ज गर्नु परेपनि १०५ रुपैँया । विचार गरौँ त, व्यापारीहरुले १०० रुपैँया कै कार्डबाट अधिकतम ५० रुपैँया सम्म कमाउन सक्ने रहेछन्, यदि त्यसबाट १० जनाले १०-१० रुपैँया को रिचार्ज गरेमा ! नेपाल टेलिकम ले ५० र १०० रुपैयाँ को रिचार्ज कार्डहरु भर्खरै निकालेको छ । अनि ती कार्डहरुमा अधिकतम खुद्रा मुल्य भनेर क्रमश ५१ रुपैँया र १०२ रुपैँया राखिएको छ, भ्याट सहित । तर ती कार्डहरु आम उपभोक्ता ले किन्दा भने क्रमश ५५ रुपैयाँ र १०५ रुपैँया पर्ने गरेको छ, अझ उस्तै ठाऊँमा परे १०० रुपैँया को कार्डलाई ११० रुपैँया नै लिनेगरिएको छ । के व्यापारीहरुले, साइबर क्याफे, प

प्रवृत्ति

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ

म छोरी

म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु । समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप । मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए ।

एउटा मुसो को कथा [Story of a Rat]

एउटा मुसा थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल को दूध, चिनी, चिसो आदि भण्डार गर्ने ठाउँ मा बस्दो रै’छ । हुन त मुसोबाट छुटकारा पाउन कठिन नै छ, सबैको घरमा कहिँ न कहिँ मुसो ले बास पक्कै गरेकै होला । तर पनि घरमा र विमानस्थलमा पाइने मुसोमा भिन्नता अवश्य हुन्छ । घरमा बस्ने मुसोलाई बिरालो ले बाँकि राख्दैन, उता विमानस्थलको मुसो ले भने प्लेन चढेर देश विदेश डुल्ने मात्र होइन, देशका अखबार देखि यही ब्लगमा समेत ठाउँ पाउँछ । मौका मिल्दा आक्कल झुक्कल टेलिभिजनमा नि देखिने मौका पाउँछ । मुसा विमान भित्र हुँदा, मुसाले विमान भित्र को तार काट्न सक्छ । यदि विमान उड्दै गरेको बखत कहिँ कतै मुसाले तार काट्न पाएको खण्डमा विमान ठूलो दुर्घटनामा पनि पर्न सक्छ । मुसाले यात्रीका मालसामान पनि काट्नसक्छन्, खानेकुरालाई दुषित बनाइदिनसक्छन् । अत: मुसा, विमान भित्रै भएको बखत उडान नगर्नु भन्ने गरिन्छ । तर यति थाहा हुँदा हुँदै पनि विमान उड्यो । समाचार मा पढियो, माथिको दवावमा क्याप्टेन ले प्लेन उडाए रे । दुइटा मध्ये एउटा विमान ग्राउन्डेड छ, अनि बाँकि एउटा विमान मा मुसो पसेको छ । नउडाएर पनि के गर्नु भन्या जस्तो  ! मुसा ले

पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]

“आप कहाँ तक जाएंगे?, रक्सौल रक्सौल” बिरगंज बसपार्कमा ओर्लन नपाइ एउटा टाङ्गावालाले सोध्यो । वास्ता गरिन, यतै तिर हो भनेर हात ले ईशारा गरेँ । १३ जुन सोमबार, बिहानको ११ बज्दै थियो, घर बाट यस्तै ८ बजे तिर हिँडिएको थियो । ब्याग भारी भएपनि बोक्न सकिने किसिमको भिर्ने ब्याग (ब्याकप्याक) थियो । त्यो ब्यागभित्र ल्यापटप सहितको अर्को ब्याग पनि अटाएको थियो । पहिलो पटक, म रक्सौल छिर्दै थिएँ, अझ भनौँ मेरो लागि पुरै नौलो यात्रा थियो । पहिलो पटक, विरानो ठाउँमा एक्लै जाने हिम्मत पलाएको थियो, तर घरमा भने साथी खोजेर जानु, एक्लै नजानु भनेर धेरै पिर गरिरहनुभएको थियो । एक्लो यात्रा गर्ने भए पनि, मनमा कुनै किसिमको डर रत्तिभर थिएन, आफूलाई भनेको ठाउँमा सकुशल पुग्छु, ठगे त्यही ५०-१०० ठग्लान्, त्यति ठगिएपनि मतलब छैन, सबै सिकिन्छ बिस्तारै भन्ने जस्तो लागिरहेथ्यो । नयाँरोडमा आएर बस चढियो, जनकपुर बिरगंजको । मिनिबस साह्रै भिड थियो, म ब्याग बोकेर भित्र छिरेँ, खलासी कराउन थाल्यो । ब्याग यता दिनु डिक्कीमा हाल्नुपर्छ, भित्र खाली छैन, मान्छे उभ्न त त्यस्तो गाह्रो छ । तर म ब्याग आफू सँगै राख्ने मनस्थितिमा थिँए । घरमा ममी

Subscribe to Aakar Post