एउटा सभा #Satire #Poem

१)

क्राइष्टलाई झैँ काँटी ठोकी,

महान बनाइदिउँ झैँ लाग्ने !

हुसेनलाई झैँ पासो लगाई,

अमर बनाइदिउँ झैँ लाग्ने !

यस्तै यस्तै

महान आत्माहरुको,

बास छ एउटा सभामा !

अश्लिलता नै लजाउने,

रास छ एउटा सभामा ।

meetings

२)

मर्नै नपरी यिनेर्लेनै,

फुत्तै बैतर्नी तार्लान जस्ता ।

खेल्न मागे बालकहेर्ले,

तारै ऐले झार्लान् जस्ता !

यस्तै यस्तै

महान आत्माहरुको,

बास छ एउटा सभामा !

अश्लिलता नै लजाउने,

रास छ एउटा सभामा ।

 

३)

दक्षिण तिर बगाएर,

उत्तर तिर खोजौँ लाग्ने !

दुई चार झापड पड्काएर,

दुख्यो !!?? भनि सोधौँ लाग्ने !

यस्तै यस्तै

महान आत्माहरुको,

बास छ एउटा सभामा !

अश्लिलता नै लजाउने,

रास छ एउटा सभामा ।

 

४)

मति भर्ने महात्मा भए,

उनैको सामु थुपार्नु हुन्थ्यो !

कोपार्नु सम्म कोपार्नु हुन्थ्यो,

अनि

चिउँडै सम्म लोपार्नु हुन्थ्यो !

यस्तै यस्तै

महान आत्माहरुको,

बास छ एउटा सभामा !

अश्लिलता नै लजाउने,

रास छ एउटा सभामा ।

 

~ घिमिरे सुनिल

Image: stanacosmin

4 comments :

  1. गजब लाग्यो कविता !

    ReplyDelete
  2. कस्तो कुरा गरेको बिहानै,
    आचि अर्न पनि गारो हुने,
    अश्लिलता त लजाई सक्यो,
    के अर्ने हो अरि हाल,
    झुण्डाईदेउ काटीमा,
    पड्काइदेउ गालामा,
    पोलिदेउ छालामा,
    फालिदेउ नालामा,
    के अर्ने हो अरि हाल!!!!!!!!!!

    ReplyDelete
  3. sarai ramro lekh yaslai ajai badayera lanus hai !!!

    ReplyDelete
  4. अश्लिलता प्रयोग नगरेर अरु थोक नै प्रयोग गरे सायद अझ अर्थ खुल्थ्यो कि
    यस्तै लाग्यो मलाई चाहिँ

    ReplyDelete