Shruti Sambeg : आधा बाटो : Episode - 15 [Interview with Krishna Dharabasi]


Listen to 15th episode [Interview with Krishna Dharabasi].


कृ्ष्ण धरावासी
श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” नभइ, उपन्यासकार धरावासीलाई नै कार्यक्रम मा लिएर आएका छौँ ।

१४ वटा श्रृंखला बजिसकेको छ, र अब अन्तिम एउटा श्रृंखला बाँकि छ । (उपन्यास को श्रृंखला नम्बर मा ध्यान नदिनुहोला) आज को श्रृंखला मा कार्यक्रम सञ्चालक अच्युत घिमिरे ले उपन्यासकार कृष्ण धरावासी सँग अन्तर्वाता लिनु भएको छ । यस  अंक मा धरावासीले आफ्नो उपन्यास अनुभव का साथै आफ्ना अन्तरंग कुराकानीहरु खोल्नु भएको छ ।

आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।

“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।

आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।

Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –15
Image: Republica

2 comments :

  1. tapai ko adha bato sachai ramro chha krisna sir........................
     

    ReplyDelete
  2. I'm inspired more than ever by this marvelous piece of literature! I would like to salute Mr. Dharabasi and his mental bravery. Would it be possible to translate this piece in English?

    ReplyDelete