Hope, KU will Resume Classes From Friday

विगत ३० दिन देखि पठनपाठन बन्द भएको काठमाडौँ विश्वविद्यालय धुलिखेलमा, भोलि देखि कक्षा पुर्ववत सुचारु हुने भएको छ ।

आज देखि कक्षा सुचारु हुने केयु प्रशासन को निर्देशन अनुसार आज केयु का स्कुल बसहरु धुलिखेल आएका थिए । तर  केयुका कम्प्युटर इन्जिनियरिङ दोस्रो वर्ष का छात्र नरेन्द्र विष्ट को हिजो असामयिक निधन भएपछि, आज कक्षा सञ्चालन गरिएन । विष्टको हिजो दोलालघाट (इन्द्रावती) मा डुबेर मृत्यु भएको थियो । विष्ट को सम्झनामा केयु ‘ब्वाइज होस्टल’ र प्रशासनिक भवन मा श्रद्धान्जली सभा को आयोजना गरिएको थियो ।

IMG_0627

समस्या समाधान को लागि प्रशासन ले वार्ता गरिरहेको भन्ने सुनिएको छ भने निर्वाचन छानविन समिति ले पनि आफ्नो काम द्रुतगतिमा गरिरहेको कुरा हाम्रो जानकारीमा आएकोछ । यसैबिच एमाले समर्थित अनेरास्ववियु (अखिल) ले चाँडो भन्दा चाँडो समस्या समाधान गर्न आग्रह गर्दै अन्यथा आगामी सोमबार देखि कडा आन्दोलनमा उत्रने कुरा एक विज्ञप्ति मार्फत जनाएको छ ।

आशा गरौँ शुक्रबार (भोलि) देखि केयु मा कक्षाहरु पुर्ववत सुचारु हुनेछ !

0 प्रतिक्रिया :

Post a Comment