आयो मार्क जुकरवर्ग कमिक [Mark Zuckerberg Comic Book]

केही महिना ‘सोसल नेटवर्क’ चलचित्र मा चित्रित गरिएका फेसबुक का सह-संस्थापक मार्क जुकरवर्ग को जिवनलाई अहिले ‘कमिक बुक’ को रुपमा प्रकाशन गरिएको छ ।

मार्क जुकरवर्ग को जिवनी मा आधारित ४८ पेज को  ‘कमिक बुक’  क्यानेडा को ‘ब्लुवाटर प्रोडक्सन’ नामक ‘कमिक’ कम्पनी ले आज सार्वजनिक गरेको हो । फेसबुक जस्तो, सामाजिक सञ्जाल को निर्माण गरेर, चर्चा को शिखर मा रहेका मार्क को ‘कमिक’ को शब्द पत्रकार ‘जेरोम मेइडा’ ले लेखेका हुन् भने चित्र ‘साल फिल्ड’ नामक कलाकार ले बनाएका हुन् ।

ZuckerCover

“अहिले का जमाना का सफल तथा कान्छो धनी व्यक्ति का रुप मा चित्रित मार्क को जिवन, सायदै धेरैले बुझेका छन्, उनको जिवन अचम्म खालको छ” भन्दै कमिक का शब्द लेख्ने पत्रकार मेइडा ले मार्क को ‘कम्प्लेक्स’ देखिने जिवन लाई कमिक मा उतार्न खोजिएको बताएका छन् भनेर सोसल मिडिया साइट मासवेल ले लेखेको छ । जति हामीले मार्क को बारेमा सुनेका छौँ, उनको सफलता को कथा पढेका छौँ तर त्यति नै फरक किसिम ले हामीले बाहिरी दुनिँयाले थाहा नपाएको कुरा लेखेका छौँ, लेखक मेइडा ले भनेका छन् ।

लेखक मेइडा भन्छन्, “सही या गलत थाहा छैन, तर मार्क ले धेरै सँग नराम्रो व्यवहार गरेका छन्, मार्क ले धेरै को चित्त दुखाएकाछन्, धेरैलाई बाटो मै छोडिदिएका छन्, हामीले त्यही उनको ‘कम्लेक्स’ जिवन र उनको व्यवहार को बारेमा लेखेका छौँ, सकेसम्म उनको जिवनलाई न्याय नै गर्ने प्रयास गरेका छौँ” ।

फेसबुक मार्फत लगभग संसार माथि नै पकड जमाउन सफल मार्क को जिवन मा आधारित चलचित्र ‘सोसल नेटवर्क’ बक्स अफिस मा हिट भएको थियो भने, अहिले ओस्कार को विविध विधाहरुमा मनोयन मा परेको छ । आज सार्वजनिक भएको ‘कमिक बुक’ पनि ‘हिट’ हुने अनुमान गरिएको छ । जुकरवर्ग को नाम मा आज देखि ‘कमिक बुक’ बजारमा आइसकेको छ भने, यही कमिक मा  आधारित रहेर हाइडेन मिडिया ले ‘मार्क जुकरवर्ग’ नामक कार्टुन चलचित्र  निर्माण गर्दैछ । कमिक को मुल्य ६.९९ डलर (लगभग ५ सय नेपाली रुपैँया) राखिएको छ ।

0 प्रतिक्रिया :

Post a Comment