Real Time Search Results in Google

गुगल ले आफ्नो सर्च रिजल्टमा मा Live Update को नतिजा पनि समेट्ने भएको छ । केही समय पहिले एकदम कडा प्रतिस्पर्धि को रुपमा हेरिएको ट्वीटर, फेसबुकमाइस्पेस को Live Update हरु अब गुगल कै सर्च मा देख्न पाइने कुरा  गुगल ले सार्वजनिक गरेको छ ।

Real Time सर्चमा आफ्नो पाइला बढाउँदै लगेको गुगल ले भनेको छ, ‘अब को केही दिन भित्रैमा Google युजरहरु ले आफ्नो सर्च मा नयाँ नयाँ ट्वीट, ब्लग, समाचार, लेखहरु तथा सोसल नेटवर्किङ साइटका गतिबिधिहरु हेर्नसक्नेछन्’ । जस्तो अहिले को जल्दोबल्दो टपिक ‘कोपेनहेगन’ (Copenhagen) जहाँ ग्लोबल क्लाइमेट चेन्ज को कुरा हुँदैछ, त्यही Copenhagen गुगल मा सर्च गरियो भने, सर्च रिजल्ट मा माथि वेव रिजल्ट आउँछ अनि त्यसपछि को बक्स मा ब्लग, प्रेस रिलिज, ट्वीटहरु आदि देखिनेछन् । अझ ट्वीटहरु को नतिजा त स्क्रोलबार मा आउनेछ, अत Real Time मा जति पनि ट्वीट गरिएकाछन्, ती सबै गुगल को सर्च रिजल्ट मा देखिनेछन् ।

फेसबुक, ट्वीटर, माइस्पेस सँग सर्चमा Real Time नतिजा देखाउन गुगल ले सम्झौता गरिसकेको भएपनि, सम्झौता मा के छ भन्ने कुरा चाँहि गोप्य नै राखिएको छ । यद्यपी, फेसबुक ले यसबाट पैसा कमाउने सोच राखिएको छैन भनेको छ, फेसबुक ले भनेको छ, पब्लिक पेज तथा पब्लिक प्रोफाइल का कुराहरु मात्र गुगल मा देखाइने छ । त्यस्तै आफ्नै सर्च इन्जिन भएको ट्वीटर ले भनेको छ, हाम्रो सर्च भन्दा गुगल को सर्च बाट युजर ले आफूलाई चाहिएको कुरा सजिलै पाउँछन् । साथै, गुगल सँग सहकार्य गरेको भएर पब्लिक को पनि विश्वसनियता बढ्ने कुरा मा ट्वीटर ढुक्क छ । तर ट्वीटर ले चाँहि माइक्रोसफ्ट को विङ्ग सँग पनि आफ्नो अपडेट देखाऊन सम्झौता गरेको छ ।

गुगल सर्च को नयाँ फिचर ले, भुकम्प जस्ता विनाशकारी र आपतकालिन स्थितिको न्युज ब्रेक गर्न गुगल सफल हुनेछ । ट्वीटर, फेसबुक जस्ता साइट मा यस्ता कुराहरु को अपडेट धेरै सोर्सहरुबाट हुने भएकोले, तथा त्यो नतिजा गुगल ले crawl गर्ने भएकोले, गुगल सर्च न्युज ब्रेक गर्न सफल रहनेछ ।

Real Time मा ट्वीटर, फेसबुक जस्ता साइट मा हुने अपडेटहरु तुरुन्तै गुगल सर्च मा देखिने भएकोले, सर्च को प्रभावकारिता बढ्नेभएको छ । माइक्रोसफ्ट को आफ्नो सर्च इन्जिन विङ कडा रुपमा प्रस्तुत हुँदै आएपछि, गुगल ले पनि नयाँ नयाँ प्रविधि को खोजी, नयाँ नयाँ विकल्प को खोजि कडा रुपमा गरिरहेको छ, यसैकै प्रतिफल स्वरुप, गुगुल सर्च मा यो नयाँ फिचर थपिएको छ ।

ट्वीटर यस्तो सामाजिक सञ्जाल छ कि, यहाँ एउटा कुरा ट्वीट हुने वित्तिकै पराल मा लागेको आगो झैँ संसार भर फैलिन्छ । अत: ती कुराहरु गुगल सर्च बाट पाइने हुँदा, गुगल सर्च का प्रयोगकर्ताहरु धेरै नै लाभान्वित हुने देखिन्छन् । अब कुनै नविन कार्य या समाचार को ट्वीट हेर्न गुगल मा सर्च गरेपुग्ने भो । प्रविधि तथा ठूला कम्पनी बिच प्रतिस्पर्धा भएमा, त्यसको फाइदा पब्लिक लाई नै पुग्ने कुरालाई नकार्न सकिन्न । साँच्चै गज्जब को छ है, गुगल को नयाँ सर्च पद्धति !

*This post is inspired by NyTimes.com news article 'Google Adds Live Updates To Its Results'

5 comments :

  1. Really nice reading....feels like updating self..

    ReplyDelete
  2. That is right for now by default it works only on hot topics as 'climate change' and live matches score updates. But there is a way to invoke it in all results.
    We need to add " &esrch=RTSearch " after searching and press enter again in the address bar.
    Check the videos here :

    http://afterthebend.blogspot.com/2009/12/googles-real-time-search.html

    Nice post aakar ! (Y)

    ReplyDelete
  3. Really nice reading....feels like updating self..

    ReplyDelete