केही हाइकु

आरोप लाग्यो
प्रत्यारोप नि भयो
बकवास रे !

आश्वासन नि
भन्देको मात्र हो रे
महत्वहिन !


गल्ति गरियो
विश्वास र माया ले
धोका भएछ !

बेफुर्सदी रे
अब महत्व छैन
खेलौना जस्तो !

माया र प्रेम
अवस्था अनुकुल
मलाई बाल !

जागिरदार
आफ्नै संसार छ
टाइमपास !

अब को प्रण
छ मेरो आफ्नो बाटो
सम्बन्ध छैन !

टाढा भाग्नुछ
सपना टुक्र्याएर
धन्यवाद है !

0 प्रतिक्रिया :

Post a Comment