KUCC Press Release


सन् १९९७ मा स्थापना भएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि), काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रे मा कम्प्युटर साइन्स तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु व्दारा सञ्चालित गैर-नाफामुखी तथा आत्मनिर्भर कम्प्युटर क्लब हो । विगत ११ वर्षदेखि सूचना तथा प्रविधिको क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि) नेपाल कै एक उत्कृष्ट कम्प्युटर क्लब हो ।

विगतका वर्षहरुमा झैँ, यसवर्ष पनि केयुसिसि ले कम्प्युटर साइन्स तथा इन्जिनियरिङ डिपार्टमेन्ट, काठमाडौँ युनिभर्सिटि सँग को सहकार्यमा “सफ्टवेयर मिट – २००९” आयोजना गर्दैछ । प्रमुख अतिथि, माननिय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री श्री गणेश साह व्दारा उद्‍घाटन गरिने “सफ्टवेयर मिट – २००९” तीन दिन सम्म चल्नेछ । कार्यक्रममा, विभिन्न कलेज का विद्यार्थीहरुव्दारा निर्माण गरिएका सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयरहरु तथा प्रोजेक्टहरु विच प्रतिस्पर्धा गराइनेछ, साथै सूचना प्रविधि तथा कम्प्युटर प्रविधिसँग सम्बन्धित कार्यपत्रहरु पनि कार्यक्रम मा पेश गरिने छ ।

सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयरहरुको निर्माण तथा विकास गर्न विद्यार्थीहरुलाई तथा कलेजहरुलाई हौसला तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा, प्रतियोगी को रुपमा समावेश भएका सफ्टवेयर / प्रोजेक्ट / कार्यपत्रहरुलाई सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित वरिष्ठ व्यक्तिहरुले मुल्यांकन गर्नुहुनेछ ।

काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब ले आयोजना गर्न गइरहेको “सफ्टवेयर मिट – २००९”, निम्न स्थान, मिति र समय मा हुनेभएकोले कम्प्युटर तथा सूचना प्रविधि मा चाख राख्नुहुने सम्पुर्ण महानुभावहरुलाई यसै विज्ञप्ति मार्फत कार्यक्रममा उपस्थिति हुनको लागि सादर आमन्त्रण गरिन्छ ।

स्थान: काठमाडौँ विश्वविद्यालय, धुलिखेल काभ्रे ।
मिति: १०-१२ अप्रिल २००९ ( २८- ३० चैत २०६५)
समय: बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म (दैनिक)


Press Release by: Kathmandu University Computer Club (KUCC), Dhulikhel Kavre.

1 comment :

  1. तपाईँहरूको प्रयासलाई हार्दिक शुभ कामना !
    पछिल्लो समयमा प्रविधिमा चुलिँदै गएको नेपाली पाटोलाई कलेज र निजी क्षेत्रबाट हुने गरेका यस्तै अविराम होस्टेहैसेले नै जगाएको छ । अन्तरकुन्तरमा रहेको क्षमता र सम्भावना खन्दै-खोस्रदै व्य्कतिगत स्तरमा के-कति सकिन्छ सबैजना 'नियालौँ नेपाल' अभियानमा सरिक भएरै अब कायापलट हुनेवाला छ ।

    ReplyDelete