नविकरणिय उर्जा

ग्लोबल वार्मिङ, क्लाइमेट चेन्ज को कुरा भैरहेको छ, क्लासमा । अझ नविकरणिय उर्जा अर्थात Renewable Energy Source को बारेमा त क्लास मा लामै बहस हुने गरेको छ । हामी नविकरणिय उर्जा भन्ने च्याप्टर पढ्दैछौँ, क्लासमा । सर भन्नुहुन्छ, हामी भन्छौँ, हामीले नविकरणिय उर्जाको प्रयोगलाई बढावा दिनुपर्छ । त्यसको लागि हामी सर्वसुलभ जलविद्युत अर्थात बिजुली को प्रयोग गर्न सक्छौँ । खाना पकाउन, पानी तताउन बिजुलीको प्रयोग गर्ने हो भने, सस्तो पनि पर्न आउँछ, साथै वातावरण पनि जोगिन्छ ।

लाग्छ, हामी वातावरणविद हौँ र हामी अरुलाई उपदेश दिइरहेका छौँ । यहाँ सबैले वातावरण को बारेमा चासो राख्नु जरुरी छ, भन्दै । क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङ को विषयमा पनि निकै तातो बहस गरिरहेका छौँ । बिजुली बाट प्रदुषण नहुने भएकाले, डिजेल, पेट्रोल, ग्यास, मट्टितेल आदि को सट्टा मा बिजुली को प्रयोग गर्दा बढ्दैगएको ग्लोबल वार्मिङ लाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । खाना बनाउन, सिलिन्डर एलपि ग्यास को सट्टा मा बिजुली प्रयोग गर्दा कति फाइदा हुन्छ, आदि आदि कुराहरु कपि मा हिसाब गरिरहेका छौँ, क्याल्कुलेटर थिचिथिचि । थाहा पाइयो, हामी सँग कति अनविकरणिय उर्जा रहेछ, अनि कहिले सम्म मा अनविकरणिय उर्जा (डिजेल, पेट्रोल, ग्यास आदि ) का स्रोतहरु, भण्डारहरु रित्तिने रहेछन् । त्यसैले बिजुली को विकल्प छैन । हो नि, अब बिजुली प्रयोग गर्दा वातावरण पनि जोगिने, खर्च पनि कम हुने, प्रदुषण पनि नहुने । नविकरणिय उर्जा त्यसमाथि बिजुली को फाइदाको लिस्ट बनाउने हो भने, लिस्ट धेरै लामो हुन्छ ।

यस्तै सोच्दै उ युनिभर्सिटिको होस्टल अर्थात आफ्नो वासस्थान मा पुग्छ । जाडो को मौसम, दाँत काट्ने चिसो पानी छ । उ बोइलर मा पानी भरेर, बिजुली को टुपिन पोइन्टमा बोइलर को प्लग जोड्छ । यत्तिकैमा, उसको कोठामा होस्टल वार्डेन ले छापा हान्न पुग्छन् । उसको बोइलर जफत हुन्छ, बिजुली जोडेर पानी तताइ, होस्टलको नियम उल्लंघन गरेको भन्दै । उसको नाम मा फाइन लगाइएको कुरा पनि नोटिस बोर्डमा टाँसिन्छ, अनि आइन्दा यसो नगर्ने चेतावनि पनि दिइन्छ । होस्टल का सबै विद्यार्थी फाइन सिट हेर्छन् । यस्तो लाग्छ कि मानौँ, अरु कुनै विद्यार्थीले बोइलर को प्रयोग गर्दैनन् । तर वास्तविकता बुझ्ने हो भने, प्रत्येक कोठामा बोइलर को प्रयोग भैरहेको छ । तर पनि बाँकि विद्यार्थिहरु उसैलाई हेरिरहेकाछन्, “ओइ ! होस्टल मा किन बोइलर, चलाइस ?” भन्दै । आफूहरु सबै “पानी माथि को ओभानु” बन्न खोज्दैछन् ।

उ नाजवाफ हुन्छ, उसको भन्ने कुरा केही छैन अनि सुनिदिने पनि कोही छैन । उसका ओठ, तालु सबै सुकेको छ, उ आफैँलाई नियालीरहेकोछ । उ आफ्नो क्षमता मै शंका गरिरहेको छ, सायद यो कुरा उ कसैलाई बुझाउन सक्दैन होला ।

उ सोचमग्न छ, किंकर्तव्यविमुढ छ । हाम्रो कोर्समा नविकरणिय उर्जा को पाठ राख्ने, अनि बिजुली ले पानी तताउन नपाउने भन्ने नियम बनाउने एकै त होलान् । सायद उनीहरुनै होलान्, आफ्नो कोठामा राइसकुकर मा खाना बनाउने, हामीलाई दिनभरि क्लासमा नविकरणिय उर्जा, विशेषत: बिजुली को बारेमा रटाउने । अनि बेलुका त्यही नविकरणिय उर्जा खपत गरे वापत, नोटिसबोर्ड को फाइन चार्ट सिटमा, हामी विद्यार्थीको नाम टाँस्ने ।

(लघुकथा)

8 comments :

  1. It should be a real incident.
    Nice

    ReplyDelete
  2. मैले त साँच्चिकै घटना भनेर पढिरहेको ....आखिरमा आएर पो 'लघुकथा' देखियो ।

    सत्य घटनामा आधारित लघुकथा हो?

    ReplyDelete
  3. जसो भन्दा पनि हुन्छ, यस कथालाई । अनि यसो हुने सम्भावना पनि धेरै छ । मुख्यत: कथा मार्फत, यसो गर्न पाइयोस, भन्ने आवाज पस्केको हुँ ।

    ReplyDelete
  4. त्यै त म पनि झन्डै सत्यतामा पो डुबेको दिलिप दाइ जस्तै आखिर कथा पो रहेछ।राम्रो लाग्यो कथामार्फत् चेतना पनि ।

    ReplyDelete
  5. good ! rahe6...ma yastai aru katha haruko pani अपेक्षा garda6u ...

    ReplyDelete
  6. बेजोड सशक्त र सफल लघुकथा । मैले पनि वास्तविकता ठानेर पढ्दैथिएँ ।

    ReplyDelete
  7. मैले त साँच्चिकै घटना भनेर पढिरहेको ....आखिरमा आएर पो 'लघुकथा' देखियो ।

    सत्य घटनामा आधारित लघुकथा हो?

    ReplyDelete
  8. :-) Well composed...Kudos :)

    ReplyDelete