देउसी दनक

तिहार लागिसक्यो भन्दा हुन्छ । तिहार मा निकै रमाइलो पनि गरिन्छ, अनि देउसी भैलो पनि खेलिन्छ । यहाँ आज, सिस्नुपानी नेपाल ले खेल्ने देउसी को शब्द राखिएकोछ, जहाँ विकृति र विसंगति माथि कडा प्रहार गरिएको छ । आशा छ यो देउसी अवश्य मन पर्नेछ ।

ए भन भन भाई हो- देउसिरे !
ए भन भन बैनी हो- देउसिरे !
कुनै बेला हाम्रो- देशैमा !
किनिने बेचिने- केशैमा !
सम्सदबाट बोका- हराउथे !
हङकङमा पुगेर- कराउथे !
तस्करले तिन्लाई- चराउथे !
राजाले उठ्बस- गराउथे !
अहिले दरबार- रित्तो छ !
राजा छैनन- भित्तो छ !
भित्तामा गणतन्त्रको- नारा छ !
देशमा उही- पारा छ !
भन भन साथी हो- के भन्ने ?
संबिधान छिटो- ले भन्ने !!

राजा छैनन- भित्तो छ !
भित्तामा गणतन्त्रको- नारा छ !
देशमा उही- पारा छ !



भन भन भाई हो- जनता
भन भन बहिनी हो- जनता
जोड्ले भन- जनता
राम्ररी भन- जनता
पञ्चले भन्थे- जनता
राजाले भन्थे- जनता
नेताले भन्थे- जनता
पार्टीले भन्थे- जनता
सरकारले भन्थे- जनता
वाइसियल भन्छ- जनता
युथफोर्सले भन्छ- जनता
ज्वाला सिह भन्छ- जनता
कोब्रा सिह भन्छ- जनता
गब्बर सिह भन्छ- जनता
बब्बन सिह- जनता
टाइगर सिह भन्छ- जनता
सैतान सिह भन्छ- जनता
रिनमा डुब्छन- जनता
भोकले मर्छन- जनता
नेताले लुट्छन- जनता
कराइमा भुट्छन- जनता
बिक्रिमा लान्छन- जनता
सिक्रिले बाध्छन- जनता
खाल्टोमा रोप्छन- जनता
माटोले छोप्छन- जनता
जातोले पिन्छन- जनता
ढिकीले कुट्छन- जनता
लाठाले चुट्छन- जनता
छाला काड्छन- जनता
सेतीमा फाल्छन- जनता
कुटेपनी,चुटेपनी- भुटेपनी
जुरुक्क जुरुक्क उठ्छन- जनता
-------------------
प्रस्तुती:डामाडोल डटकम तथा सिस्नुपानी नेपाल

4 comments :

  1. la aakar ji le ta aaja dekhi nai deusi bhailo kheln aaunu bhae6. hun 6 ni ta ma pani ..tapai bhatyaaudai janu ...usai ma deusure bhandai jaaula ni.....
    ...........hun ra.....?

    ReplyDelete
  2. कुरो त पुरानै हो । ५-६ वर्षदेखि सिस्नुपानीमा खेल्दै आ'को । तर जहिलेपनि समयसापेक्ष हुन्छ !!

    ReplyDelete
  3. kasto ramro Bhailo/Deusi git ...Padhera majja aayo...Satahi Aaakar bro lagyat yo blog ma aaunu hune regular sathi haru lai Mero tarfa bata subha dipawali.

    ReplyDelete