Skip to main content

Posts

यहाँ यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि कुरा गर्न सजिलो छैन । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि पढाइ स्कुल देखि नै सुरु हुने भएपनि यसबारेमा खुला रुपमा छलफल नगरिने कारण, अधिकांश किशोर/किशोरीहरुको बुझाइ अपुरो र गलत हुने गरेकोछ । किशोर/किशोरीहरुको यही समस्यालाई ध्यानमा राखेर, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी/परामर्श दिन आदिको लागि 'पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल' (Public Health Concern Trust) ले "मेरो लागि" एप निर्माण गरेकोछ । मेरो लागि एपमा आफूलाई चिन्नुहोस्, सम्बन्धहरु, गर्भ निरोधक उपायहरु, एच आइ भी र अन्य यौन रोगहरु, हाजिर जवाफ, ठिक/बेठिक, कथाहरु, सहयोग केन्द्रहरु आदि विभिन्न खण्डहरु राखिएकोछ । यी खण्डहरुको भित्र गएर, यिनीहरुको बारेमा जानकारी लिन सकिन्छ । जस्तो कि, आफूलाई चिन्नुहोस् खण्डमा, सेक्स र लिङ्गको फरक देखि लिएर पुरुष, महिलाको प्रजनन अंग र यौनको बारेमा जानकारी गराइएको छ । किशोरावस्था भनेको के हो, पुरुष प्रजनन अङ्गहरु के के हुन्, पुरुष हर्मोनहरु के के हुन्, किशोरावस्थामा शरिरमा के कस्ता परिवर्तनहरु देखिन थाल्छन् भन्ने कुरा पुरुषको खण्डमा समावे

अघिल्लो हप्ता 'वान्नाक्राइ र्‍यान्समवेयर'ले १५० देशका २ लाख ३० हजार भन्दा धेरै कम्प्युटरमा एकैसाथ आक्रमण गरेर सन्सनी मच्चायो । वान्नाक्राइ र्‍यान्समवेयर एक किसिमको कम्प्युटर भाइरस हो, जसले तपाईको कम्प्युटरको डाटालाई नियन्त्रणमा लिन्छ (या भनौँ अपहरण गर्छ) र त्यसवापत फिरौती माग गर्छ । प्रयोगकर्ताले फिरौती रकम नतिरेसम्म, कम्प्युटरका डाटाहरु प्रयोग गर्नबाट रोक्छ । मेरो कम्प्युटर अरुको नियन्त्रणमा कसरी होला? मेरो आफ्नै कम्प्युटरमा रहेको डाटा प्रयोग गर्न नसक्ने पनि होला र? भनेर प्रयोगकर्तालाई जिज्ञासा लाग्नु सामान्य हो । वान्नाक्राइ र्‍यान्समवेयर, र यसले नेपालमा पारेको प्रभाव र जोगिने उपायहरुबारे रिगो टेक्नोलोजीले तयार गरेको सामाग्री आजको ब्लगमा साभार गरेका छौँ । रिगो टेक्नोलोजी 'आइटि सेक्युरिटी' कम्पनी हो, जसले व्यवसायहरुको लागि चाहिने सफ्टवेयर टेस्टिङ, सेक्युरिटि अडिट, आइटि अडिट, सेक्युरिटी तालिम आदि विभिन्न सेवा प्रदान गर्छ । वान्नाक्राइ र्‍यान्समवेयर हामी पहिले देखिनै फिरौती माग्ने ऱ्यान्समवेयर (Ransomware) (एक प्रकारको कम्प्युटर भाइरस) का बारेमा सुन्दै आएकाछौं। जस

स्थानीय निर्वाचनको ताजा नतिजा दिनको लागि हाम्रो पात्रो ले स्थानीय निर्वाचन विशेष नयाँ अपडेट सार्वजनिक गरेको छ । हाम्रो पात्रोको पछिल्लो अपडेटसँगै प्रयोगकर्ताले अब सजिलो रुपमा आफ्नो क्षेत्रबाट निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका दौरान प्राप्त नजिता तत्काल हेर्न सक्छन् । निर्वाचनका समय प्राप्त जरूरी सूचना, सामाचारको सम्प्रेषण तथा महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका, तथा गाउँपालिकाहरूमा अग्रता लिएका मेयर, उप-मेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार, राजनीतिक पार्टिहरूको ताजा अवस्था तथा अन्तिम नतिजाबारे हरपलको जानकारी हाम्रोपात्रोमा उपलब्ध हुनेछ । यसका साथै जिल्ला अनुसारका दलहरू, दल अनुसारका उम्मेद्वारहरूका विवरण पनि हेर्न सकिन्छ । हाम्रो पात्रोमा उपलब्ध स्थानीय निर्वाचनबारेका गतिविधिहरु सजिलै विभिन्न सामाजिक सञ्जालमा सेयर गर्न सकिन्छ । स्थानीय निर्वाचनको ताजा गतिविधि हेर्नको लागि तपाईको फोनमा हाम्रो पात्रोको पछिल्लो संस्करण हुन जरुरी छ । यदि तपाईको फोनमा हाम्रो पात्रोको अटोमेटिक अपडेट छैन भने प्लेस्टो

विकी लभ्स अर्थ २०१७ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको चौथो संस्करण हो । १ मे, २०१७ देखि ३१ मे, २०१७ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । विकिपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकिमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो । सन् २०१३ मा यो प्रतियोगिता विकिमिडिया युक्रेनले एक्लै पहिलो पटक आयोजना गरेको थियो । सन् २०१४ र २०१५ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायत १५ भन्दा बढी राष्ट्रहरूले सहभागिता जनाएका थिए । नेपालको तर्फबाट मात्रै सन् २०१४, २०१५ र २०१६ गरी करिब ८,३०० भन्दा बढी चित्रहरू यस प्रतियोगितामा अपलोड भएका छन् । उत्कृष्ट ३ फोटो सहित उत्कृष्ट योगदान दिनेलाई नगद पुरस्कार दिइने छ । प्रथम पुरस्कार: रु १५,००० दोस्रो पुरस्कार: रु १०,००० तेस्रो पुरस्कार: रु ५,००० उत्कृष्ट योगदानकर्ता (फोटो अपलोडको आधारमा): रु ५,००० साथै, शीर्ष १० योगदानकर्ताहरू (फोटो अपलोडको आधारमा) लाई एक-एक विकी लभ्स अर्थ टि-सर्ट दिइने छ भने प्रति

गुगल अर्थ हेर्नको लागि कम्प्युटरमा अब गुगल अर्थ सफ्टवेयर डाउनलोड गर्नु नपर्ने भएकोछ । गुगल अर्थको पछिल्लो संस्करण सँगै, अब सिधै क्रोम ब्राउजर मार्फत गुगल अर्थ हेर्न/चलाउन सकिन्छ । यो हप्ता आउँदै गरेको पृथ्वी दिवस ( अर्थ डे ) को अवसर पारेर क्रोम ब्राउजर तथा एन्ड्रोइड मोबाइलको लागि गुगल अर्थको नयाँ संस्करण सार्वजनिक गरिएको हो । गुगल अर्थको नयाँ संस्करणमा प्रयोगकर्ताले ब्राउजरमै थ्रिडीमा हेर्न पाउनेछन् भने 'म भाग्यमानी महसुस गरिरहेको छु' (आइ एम फिलिङ लक्की) बटन थिचेर गुगलले विशेष रुपमा तयार पारेको विभिन्न ठाउँहरुको भ्रमण गर्न सक्नेछन् । 'आइ एम फिलिङ लक्की' मार्फत नसोचेको, नसुनेको ठाउँको यात्रामा निस्किन सकिन्छ (तल फोटोमा देखाए झैँ, आइ एम फिलिङ लक्की थिचेर म एक्कासी अन्नपूर्णमा पुगेँ, हिमालहरु थ्रिडीमा साह्रै गज्जब लाग्ने रहेछन्)। स्थानसँगै आउने 'ज्ञान कार्ड' (नलेज कार्ड) मार्फत उक्त ठाउँबारे जानकारी लिन सजिलो छ। 'भोयाजर' (Voyager) खण्डमा चलचित्रकर्मी, वैज्ञानिक आदि विभिन्न व्यक्तिहरुले निर्माण गरेका अन्तरक्रियात्मक यात्राहरु (इन्टर्‍याक्टिभ टुर

"सबैको लागि छिटो चित्र बनाउनको लागि" भन्दै गुगल'ले कम्प्युटर, मोबाइल तथा ट्याबलेटमा सजिलैसँग चलाउन मिल्ने 'अटोड्र' नामक वेव एप सार्वजनिक गरेको छ । केही पहिले चित्र बनाउने सजिलो तरिका 'को बारेमा लेखेको थिँए, आज चाँहि छिट्टो चित्र बनाउने गुगलको अटोड्रबारे लेख्दैछु । 'तँ आँट, म पुर्‍याउँछु' भनेझैँ हामीले हातले कोरेको चित्रहरुलाई, गुगल ले मेसिन लर्निङ पद्धतिबाट बुझेर हामीले बनाउन खोेजेको चित्र तुरुन्त बनाइदिन्छ । भन्नको मतलब मैले अटोड्र मा गोलाकार चित्र कोरेँ भने गुगलले मैले कोरेको गोलो चित्रसँग मिल्दोजुल्दो चित्रहरु देखाइदिन्छ, जुन आफूले छानेर राख्न सकिन्छ । उक्त चित्रलाई सानो, ठूलो बनाउनको साथै, रंगहरु परिवर्तन गर्न सकिन्छ । हेर्दा, सोच्दा सामान्य लाग्ने 'अटोड्र'मा आफूलाई चाहिएको चित्रहरु छिटो बनाउन सकिन्छ । कुनै आईकन चाहियो वा कसैलाई केही कुरा बुझाउनुपर्‍यो वा कसैलाई 'पोष्टकार्ड' बनाएर दिनुपर्‍यो भने, कि त गुगल सर्च नै गर्नुपर्ने वा क्यान्भा, पेन्सिल लगायतका विभिन्न वेब एपहरु प्रयोग गर्नुपर्ने झन्झटबाट 'अटोड्र'ले छुटका

चिनी धेरै खायो भने तितो हुन्छ, भन्ने कुरा हालै आएर फेसबुक स्टोरीले प्रमाणित गरिदिएकोछ । स्न्यापच्याटले सुरु गरेको स्टोरी फिचर, स्न्यापच्याट प्रयोगकर्ताहरु माझ लोकप्रिय छ । स्न्यापच्याट स्टोरी भनेको आफूले पोष्ट गरेको फोटो, भिडियो २४ घन्टा सम्म मात्र रहने र पछि आफैँ हराएर जाने फिचर भनेर बुझ्न सकिन्छ । फोटो, भिडियो केही समयपछि हराएर जाने कन्सेप्ट स्न्यापच्याटबाट सुरु भएको थियो । स्न्यापच्याट स्टोरीको लोकप्रियता देखेर फेसबुकले पनि सोही कन्सेप्ट कपि गरेर, इन्स्टाग्राममा स्टोरी फिचर ल्यायो । इन्स्टाग्राम स्टोरी धेरैले मन पराए । त्यसपछि फेसबुकले मेसेन्जर हुँदै गतहप्ता फेसबुकको मोबाइल एपमा पनि स्टोरी फिचर ल्यायो । अघिल्लो हप्ता फेसबुकमा स्टोरी थपियो; फेसबुक एपको सबैभन्दा माथिको लहरमा 'स्टोरी'; त्यसपछि स्टाटस अपडेट गर्ने ठाउँ; अनि त्यसपछि न्युजफिड । फेसबुक एप खोल्दा दिक्क लाग्यो, मैले तत्कालै फेसबुक एप मोबाइलबाट हटाएँ । मलाई २४ घन्टामा आफैँ हराएर जाने फोटो, भिडियो पोष्ट गर्नुछ भने, म स्न्यापच्याट वा इन्स्टाग्राम प्रयोग गर्छु, फेसबुक किन प्रयोग गर्छु र? स्न्यापच्याट र इन्स्टाग्राम

अनलाइनमा नेपाली टिभी च्यानलहरु हेर्नको लागि भनेर दर्जनौँ मोबाइल एप अनि सयौँको सङ्ख्यामा वेबसाइटहरु छन्। तर आफूले हेर्न खोजेको बेला अधिकांशले काम गर्दैनन् । अर्को कुरा इन्टरनेट 'स्पिड' का कारण, नेपालमा इन्टरनेटमा टिभी हेर्न सजिलो पनि छैन । गत हप्ता नेपाल र केन्याविच किर्तिपुरमा भएको क्रिकेट म्याच 'एन टिभी प्लस' (नेपाल टेलिभिजन) ले प्रत्यक्ष प्रशारण गरेको थियो । नेपाल टेलिभिजनकै साइटमा उक्त खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था थियो । केही मिनेट ढिलो गरि आइरहेको प्रशारण, त्यसमाथि राम्रो भनिएको इन्टरनेटमा पनि भिडियो अड्किरहने समस्या भयो ।  यसै त कमशल गुणस्तरको भिडियो, त्यसमाथि अनेक समस्या, जति नै प्रयास गरेपनि एनटिभीकै साइटमा उक्त प्रशारण हेर्न सकिएन । त्यसपछि विकल्पको रुपमा युट्युब च्यानलहरु चहारियो, करिब दर्जन जति युट्युब च्यानलहरुमा उक्त खेलको प्रत्यक्ष प्रशारण आइरहेको थियो, जुन एनटिभीको साइटमा भएको भन्दा राम्रो त थियो, तर आफूले खोजेजस्तो भेटिएन । अफिसमा कर्मठ दाइले सुझाउनु भयो, नेट टिभीको एप्‌मा राम्रो आइरहेको छ, लौ यसैलाई टिभी स्क्रिनमा हेर्ने व्यवस्था मिलाउँ

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोले नयाँ एप सार्वजनिक गरेको छ । यो नयाँ अपडेट सँगै एन्ड्रोइड एपमा उपलब्ध विभिन्न फिचरहरु आइफोन एपमा उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताहरुले अब एकै विषयका उस्तै समाचारहरु एकै ठाउँमा पढ्न सक्नेछन् । गतवर्ष नेपाली न्युज माइनिङ इन्जिन प्रयोग गरेर एउटै विषयका उस्तै समाचारहरु, विभिन्न स्रोतहरुबाट लिएर हाम्रो पात्रोको एन्ड्रोइड एपमा पढ्न मिल्ने सुविधा थपिएको थियो । मेसिन लर्निङ पद्दतिबाट नेपाली भाषा सम्बन्धि तालिम गराइएको 'नेपाली न्युज माइनिङ इन्जिन'ले नेपाली भाषामा उस्तै प्रकारका समाचार देखाउने कार्यमा ९० प्रतिशत सफलता हासिल गरेकोछ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीका अनुसार, हाम्रो पात्रो एपको इन-एप ब्राउजर पहिलेको भन्दा ४० प्रतिशत "फास्ट" बनाइएको छ । नयाँ आएको आइफोन एपमा तस्विरहरुलाई पनि "अप्टिमाइज" गरिएकोछ, भन्नको मतलब एप खोल्दा अब हाम्रो पात्रोले डाटा स्पिड/नेटवर्क अनुसार तस्विरको गुणस्तर (क्वालिटि) स्वत घटबढ हुने सुविधा थपेको छ । हाम्रो पात्रो एप सबैभन्दा सुरुमा आइफोनको लागि बनाइएको भएपनि, एन्ड्रो

हिजोआज फोटो प्रशस्त खिचिन्छ, तर पहिलेको जस्तो फोटो धुलाएर एल्बम बनाएर राखिन्न । अहिले डिजिटल एल्बम बनाइन्छ, खिचिएका हरेक फोटोहरु गुगल फोटो , फ्लिकर, आइक्लाउड आदिमा भण्डारण भएर बस्छन् । पहिलेका फोटोहरु यत्तिकै एल्बममा थन्किएर बसेकाछन् । पुराना दिनहरु सम्झना आउँदा कहिलेकाँही ती एल्बमहरु पल्टाएर हेरिन्छ तर पुराना फोटोहरु पुराना हुँदैजाँदा बिग्रदैँ जान्छन् । पुराना फोटोहरु कतिले स्क्यानर प्रयोग गर्दै आफ्नो डिजिटल लाइब्रेरीमा राख्छन् भने कतिले फोटोबाट फोटो नै खिचेर राख्ने गरेकाछन् । स्मार्टफोनको पहुँच बढेसँगै अधिकांशले मोबाइल क्यामेराबाट पुराना फोटोहरु खिच्ने गरेकाछन् । तर फोटोबाट फोटो खिच्न भनेजस्तो सजिलो छैन, फोटो स्क्यानर पनि धेरैको पहुँच बाहिरको कुरा हो । यही कुरालाई मध्यनजर गरेर गुगल ले, केही महिना पहिले "फोटो स्क्यान" मोबाइल एप सार्वजनिक गरेको थियो । आइफोन र एन्ड्रोइडको लागि उपलब्ध फोटो स्क्यान एप चलाउन सजिलो छ, फोटो स्क्यानको फ्रेमभित्र फोटो राखेपछि, अटोमेटिक रुपमा फोटोको छेउकुना पत्ता लगाएर स्क्यानरले फोटो खिच्छ । फोटोको छेउकुना चित्त नबुझेको अवस्थामा फोटो लिइसकेपछि