भूँइचालो कहिले र कहाँ आउँछ भन्न सकिन्न । तर केही अनलाइन पोर्टल तथा सामाजिक सञ्जालहरुमा भने कहिले बिबिसी, कहिले सिएनएन, कहिले ज्योतिष त कहिले नासाको हवाला दिएर भूँइचालो यो समयमा यति म्याग्निच्युडको जान्छ भन्दै गलत सूचना प्रवाहित भइरहेकोछ । कतिले जानेर वा नजानेर यस किसिमका भ्रामक कुराहरु फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालमा ‘सेयर’ गर्ने गरेका कारण जनमानसमा आतंक श्रृजना हुनगएको छ । भूँइचालो कहिले र कहाँ आउँछ भनेर भविष्यवाणी गर्न नसकिएपनि, कहाँ गयो र के के भयो भने थाहा पाउन सकिन्छ तर यही सूचना - समाचारहरु पनि विभिन्न अनलाइन तथा सोसल मिडियामा ‘गलत’ तरिकाले प्रकाशन-प्रशारण भइरहेकोछ । हुँदै नभएको फोटो, भिडियो तथा विभिन्न अमुक स्रोतहरुको हवाला दिँदै झुटा सूचना तथा समाचार प्रकाशन प्रशारण भएको सन्दर्भमा यो ब्लग लेखिएको हो । उद्धार देखि राहत वितरण सम्बन्धी समाचार आदि पनि भ्रमपूर्ण रुपले आइरहेका कारण, ट्विटरमा भएका सरकारी स्रोतहरुबाट आएका सूचनालाई आधिकारिक मान्नु उचित देखिन्छ । भूकम्प गएसँगै नेपाल प्रहरी लगायत विभिन्न सरकारी र गैरसरकारी संयन्त्रहरु ट्विटरमा आएकाछन्, प्रकोप व्यवस्थापनको