केही महिना अघि देखि नेपालीमा लेखिएका ह्यासट्याग पनि ट्विटरमा देखिन थालेकोछ । पहिले नम्बर/पाउन्ड सिम्बोल भनेर चिनिने # लाई ट्विटरमा प्रयोग गर्न थालेसँगै ह्यासट्याग भन्ने गरियो । ट्विटरमा एउटै विषयमा कुरा गर्दा # सिम्बोल सँगै उक्त विषय/शब्द लेखौँ भनेर गरिएको ट्विटबाट ट्विटर ह्यासट्यागको थालनी भएको थियो । how do you feel about using # (pound) for groups. As in #barcamp [ msg ]? — Chris Messina ☠ (@chrismessina) August 23, 2007 ओपन सोर्स एडभोकेट्, क्रिस मेसिना (Chris Messina) ले सन् २००७ को अगस्टमा ट्विटर ह्यासट्यागको सुरुवात गरेकाथिए । न्युयोर्क टाइम्सका अनुसार क्रिसलाई ' ह्यासट्यागको गडफादर ' (hash godfather) भन्ने गरिन्छ । ट्विटरमा ह्यासट्यागको सुरुवात सन् २००७ मा भएपनि, यसको व्यापक प्रयोग हुन भने केही समय लागेको थियो। ट्विटरको ह्यासट्यागको शैलीलाई इन्स्टाग्राम, गुगलप्लस, फेसबुक आदिले पनि अनुसरण गरिसकेकाछन् । ट्विटरमा चलाइने 'क्याम्पेन', 'ट्विट च्याट' आदिमा ह्यासट्यागको विशेष महत्व रहन्छ । जनमत बुझ्नका लागि पनि ह्यासट्याग महत्वपूर्ण माध्यम हो । अघिल