केही कुराको खोजी गर्नुपर्यो भन्ने लाग्ना साथ हामी गुगललाई सम्झन्छौँ । वेबमा खोजि गरिएको कुरा, मिलिसेकन्डमा खोजेर गुगलले हामीलाई नतिजा देखाइदिन्छ । तर जब हामी लोक्कल सर्चको कुरा गर्छौँ, नेपालमा हाम्रो वरिपरि भएका कुराहरुको बारेमा जान्न खोज्छौँ, त्यसबेला हामीले चित्त बुझ्दो नतिजा भेट्दैनौँ । कुनै बैंक कहाँनेर छ भनेर गुगललाई सोधे भनेँ, गुगलले मलाई उक्त बैंकको ठेगाना दिनसक्ला, म्यापमा बाटो पनि देखाइदिनसक्ला तर त्यही बैंकको एटिएम कता छ भनेर खोज्यो भने, गुगलले बताउन सक्दैन। त्यसो त आफ्नो ठाउँ वरपर, पेट्रोल पम्प कहाँछ भनेर सोध्यो भने पनि गुगल नाजवाफ हुन्छ । गुगललाई नेपालको हस्पिटल, मुभि थिएटरको बारेमा जानकारी त होला तर हस्पिटलका डाक्टरहरु अनि चलिरहेको फिल्महरुबारे हालसम्म जानकारी छैन। भन्नको मतलब, गुगलमा खोजी गर्दा हाम्रा वरिपरि भएका, हामीलाई दैनिक जिवनमा चाहिने कुराहरु भेट्न कठिन छ । यस्तै लोक्कल समस्याहरुको समाधान गर्न एनलोकेट लागि परेकोछ । एटिएम खोज्नुपर्यो ? - एनलोकेट गर्नुस् । पेट्रोल पम्प ? - एनलोकेट गर्नुस् । हस्पिटल / डाक्टर / एम्बुलेन्स ? - एनलोकेट गर्नुस् । फिल