झम्सिखेलको एक रेष्टुरेन्टको भित्तामा एउटा 'क्युआर' (QR) कोड टाँसिएको थियो, खानेकुरा अर्डर गर्नु भन्दा पहिले नै मैले मोबाइलमा 'क्युआर ड्रोइड' एप खोलेर उक्त 'क्युआर' कोड स्क्यान गरेँ, १२ प्रतिशत छुट भनेर स्क्यानरले देखायो । मेनु हेरेर केही खानेकुरा अर्डर गरियो, बिल तिर्नेबेला एउटा डिस्काउन्ट कार्ड देखाएँ, वेटरले १२ प्रतिशत छुट दिएको बिल ल्याए। मनमा केही शंका - उपशंका रहँदा रहँदै, एउटा इन्टरनेट कम्पनीले निकालेको डिस्काउन्ट कार्ड लिएकोथिँए, सोचेभन्दा सरल र सहज रुपमा काम गर्यो । अर्को पटक, जावलाखेलको एउटा डिपार्टमेन्ट स्टोरमा छिर्दा पनि त्यही कार्ड देखाएँ, त्यहाँ झन् गजब भयो । डिपार्मेन्ट स्टोरमा हरेक 'क्याटगोरी'का लागि फरक फरक छुट रहेछ, कार्ड मार्फत । कपडाको लागि छुट्टै, इलेक्ट्रोनिक्स सामानको लागि छुट्टै, ग्रोसरीका लागि छुट्टै छुटको व्यवस्था रहेछ। त्यसअघि उक्त डिपार्टमेन्ट स्टोर छिर्दा १ रुपैयाँ पनि छुट पाइएको थिएन। छुट पाउनु के थियो, 'दिल गार्डेन गार्डेन' भने झैँ भो । केही अघिसम्म छुटका कार्डहरुमा खासै विश्वास थिएन तर आफूले चाहेको ठाउँमा का