तपाईले गुगलको होमपेज याद गर्नुभएको छ? गुगलले केही दिन देखि आफ्नो होमपेजमा सर्चबक्सको तलपट्टि 'एन्ड्रोइड वान' को विज्ञापन (Introducing Android One. A new kind of smartphone) राखेकोछ । विज्ञापनमा राखिएको लिंक क्लिक गर्नुभयो भने, तपाई एन्ड्रोइड वानको नेपाल पेज मा पुग्नुहुन्छ । गुगलले सार्वजनिक रुपमा नेपालमा एन्ड्रोइड वान कहिले उपलब्ध हुन्छ नभनेपनि, विज्ञापन मार्फत जनवरी दोस्रो साता (माघ पहिलो साता) भित्रै उपलब्ध हुने संकेत दिएकोछ । बाहिर १०० डलर भनेर चर्चा गरिएको फोनको नेपाली मूल्य निर्धारण गरिएको छैन, तर इन्टरनेटमा चलेको हल्ला अनुसार एन्ड्रोइड वान फोन ५ देखि १० हजार नेपाली रुपैयाँमा नेपाली बजारमा उपलब्ध हुनेछ । त्यसो त नेपालमा एन्ड्रोइड वान भन्दा कम मुल्यमा विभिन्न ब्रान्डका एन्ड्रोइड फोनहरु पहिले नै उपलब्धछन् । तर अपरेटिङ सिस्टम, डिजाइन अनि हार्डवेयरका कारण ती सेटहरु भन्दा गुगलको एन्ड्रोइड वान उत्कृष्ट भएका कारण, धेरैको रोजाइ हुनजानेछ । एन्ड्रोइड किटक्याट अपरेटिङ सिस्टम सहित नेपाली बजार छिर्ने योजनामा रहेको एन्ड्रोइड वानले, तुरुन्तै एन्ड्रोइडको ललिपप अपडेट पाउनेछ, य