ईन्टरनेटमा नेपाली भाषाको लागि यो हप्ता विशेष रह्यो । रोमनाइज्ड नेपाली युनिकोड मा आधारित एन्ड्रोइड एप 'हाम्रो नेपाली किबोर्ड' यसैहप्ता गुगल प्लेस्टोरमा सार्वजनिक भयो भने गुगलले आफ्नो ट्रान्सलेसन टुलमा नेपाली भाषा समावेश गर्यो। Read --> Best Nepali Keyboard for Android - Hamro Keyboard गुगल ट्रान्सलेसन टुलमा नेपाली भाषा समावेश भएसँगै, हामी विश्वका विभिन्न ८० वटा भाषासँग ईन्टरनेटको माध्यमबाट जोडिन पुगेकाछौँ । यो पटक नेपाली, पञ्जावी, मंगोलियन आदि नौ भाषालाई ट्रान्सलेसन टुलमा समावेश गरिएको, गुगलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । अब नेपाली भाषामा लेखिएको साइटहरुलाई गुगलले 'हिन्दी' को 'सट्टा' नेपाली उल्लेख गर्नेछ । साथै अब इन्टरनेटमा देखिने अधिकांश कुराहरु पनि नेपाली भाषामा पढ्न सकिनेछ भने नेपाली भाषामा लेखिएका कुराहरु पनि अन्य भाषा बोल्ने/लेख्नेहरुले उनीहरुको आफ्नै भाषामा पढ्न पाउनेछन् । जस्तो, अब नेपालीले 'चिनिया' भाषामा लेखिएको कुराहरु नेपालीमा पढ्न सक्छन्, अनि नेपालीमा लेखिएका कुराहरु 'चिनिया'हरुले आफ्नै भाषामा पढ्नसक्छन्। गुगल नेपाली