"गजुर छ मन्दिर हैन, पखेटा छ चरा हैन, करंग छ मान्छे हैन, घुम्रिएको पुछर छ कुकुर हैन के हो साथी तेस्को नाम?" गाउँखाने कथा भन्ने बित्तिकै आफूलाई चाँहि स्कुलको याद आउँछ । स्कुल पढ्दाताका गाउँखाने कथाहरु धेरै खेलिन्थ्यो, अरुलाई सोधिन्थ्यो, जवाफ पनि धेरै मिलाइन्थ्यो । हरेक बालपत्रिकामा "गाउँखाने कथा" हुने कारण पनि उ बेला धेरै जानकारी राखिन्थ्यो होला । हिजोआज गाउँखाने कथाका उत्तरहरु मिलाउन आफूलाई त हम्मे हम्मे पर्छ ।सबैकुरामा गुगलको भर पर्ने गरेका कारण कति कथाहरु त बिर्सि पनि सकियो । तर गाउँखाने कथालाई इन्टरनेटमा जिवित राख्न गाउँखाने कथा डटकम आएकोछ । सुशिल गुप्ताले निर्माण गरेको यस साइटमा गाउँखाने कथाहरु पढ्न सकिन्छ, अनि आफूले जानेका गाउँखाने कथाहरु साइटमा थप्न पनि मिल्छ । भविष्यमा गाउँखाने प्रतियोगिता पनि साइटमा राख्ने सुशिलको 'प्लान' छ । प्रयोगकर्ताहरुले अहिलेको लागि आफूलाई आउने गाउँखाने कथाहरु साइटमा थपिदिएर, गाउँखाने कथाको डेटावेस निर्माणमा सहयोग गर्न सक्छन् । 'थप्नुहोस्' सेक्सनमा गएर गाउँखाने प्रश्न, उत्तर, आफ्नो नाम र इमेल लेख्न