साझा बस पून: सञ्चालनमा आउँदा क-कसले र कतिले खुशीको अनुभव गरे, त्यो कुरा चर्चा नगरौँ किनकी साझा बस चल्दा खुशी नहुने गाडी साहूजीहरु मात्र थिए रे। आफूले "साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्पेको टिकट काट्दछ..." भन्ने गित सुनियो मात्रै, ती साझा बस आफूले कहिले देखिएन, कहिले चढिएन (बिचमा आएको साझा नामक मिनिबस बाहेक)। म ८-९ वर्ष अगाडि काठमाडौँ छिर्दा साझा बसको अस्तित्व सखाप भइसकेकोथियो, ट्रली बस चाँहि त्यतिबेला नि कुद्दै थियो, कोटेश्वर देखि त्रिपुरेश्वरसम्म । अप्ठ्यारा सिट, पुरानो गाडी भएपनि सस्तो भएका कारण ट्रलीबस कहिलेकाँही प्लस टु पढ्दा कोटेश्वर देखि थापाथली सम्म चढियो । साझा बस अहँ पटक्कै याद छैन, सायद सानैमा साझा बस लामो रुटमा चलेको बेला कहिलेकाँही चढियोहोला तर निलो गाडी पूर्व - पश्चिम राजमार्गमा हुँइकिएको भने "रोड" तिर आउँदा प्राय देखिन्थ्यो । मकालु यातायात आएपछि, मकालु त साझा जत्तिकै भरपर्दो छ, अनि कारजस्तै तुफान हुँइकिन्छ भन्या भएर करिब ३-४ वर्ष काठमाडौँबाट घर जाने र घर आउने गाडी यही बन्यो । आजकाल दक्षिणकाली - हेटौँडा हुँदै हुँइकिने टाटा सूमो पहिलो