सँधै राजनितिको कुराले तात्ने सोसल नेटवर्कहरुमा २-३ दिन यता नेपाल प्रहरीको नयाँ हर्कतले तातेकोछ । अपराध नियन्त्रणको निहुँमा कपाल पाल्ने, मुन्द्रा लाउनेहरुलाई प्रहरीले पक्राउ गर्दै कारवाही गर्न थालेकोछ । समाचार अनुसार “नियन्त्रणमा लिएकाहरुको नाम, थर, वतन, हुलिया, औठाछाप, फोटो राख्ने कार्य सुरु गरिएको छ। लामो अशोभनिय कपाल पालेकाको कपाल काटिएको छ तथा, अब उपरान्त त्यस्ता प्रकारको गतिविधि पहिरन र हुलिया बनाइ नहिँड्ने चेतावनी दिइकोछ।” नेपाल प्रहरीको ज्यादतिको विरोधमा फेसबुकका भित्ताहरु स्टाटस र फोटोहरुले भरिएकाछन् । प्रहरीको अभियान देखेर आफैँलाई लाज लागेकोछ । राजनैतिक दलहरुका वरपर रहेका डनहरु, अपराधिहरु खुल्लमखुल्ला हिँडिरहेकाछन्, तर प्रहरीले अपराध नियन्त्रण गर्ने निहुँमा लामो कपाल भएका युवाहरुको कपाल काट्ने अभियान थालेकोछ । संगठित अपराधीहरुबाट जनताले दु:ख व्यहोरीरहेका बेला, जनताको ध्यान मोड्न र पपुलिस्ट हुन, एउटा “वाहियात” अभियान सञ्चालन गरिरहेछ । आफ्नो असक्षमता ढाक्न कपाल लामो भएका युवाहरु अपराधी हुन् भन्ने कुरा प्रमाणित गर्न लागिपरेकाछन् । केही समय पहिले भारतमा, एकजनाले “चाउमिनका कारण...