प्रधानमन्त्रीको फेक ट्विटर एकाउन्ट बारे बहस भएको दुईहप्ता पछि नै, प्रधानमन्त्री डा. बाबुराम भट्टराई ट्विटरमा छिर्नुभएको छ । नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्विटर प्रवेश सँगै नेपाली ट्विटरजगत बाबुराममय भएकोछ । भट्टराईको पक्ष र विपक्षमा ट्विटहरु बर्सीरहेकाछन् । प्रारम्भिक अध्ययन अनुसार, भट्टराईले ट्विटरमा नकारात्मक टिप्पणी धेरै झेल्नु परेकोछ । १४ ट्विट ११ फलोइङ्ग यो ब्लग तयार गर्दा सम्म भट्टराईले १४ वटा ट्विट गर्नुभएकोछ भने ११ जनालाई फलो गर्नुभएकोछ । रिट्विटको बाढी डा. भट्टराईका सबै ट्विट लगातार रिट्विट भइरहेकाछन् । ट्विटोनोमीको अनुसार यो ब्लग तयार गर्दासम्म भट्टराईको १४ वटा ट्विट करिब नौ सय उनान्चालिस (९३९) पटक रिट्विट भएकाछन् । १३०० मेन्सन सोसल एनलाइटिक्स टप्सीका अनुसार हालसम्म डा. भट्टराईलाई करिब तेह्रसय (१३००) मेन्सन गरिएकोछ । (प्रोटेक्टेड ट्विटको गणना गरिएकोछैन, साथै टाइमजोनमा भएको फरकका कारण मिती तलको ग्राफमा फरक देखिएकोछ।) सबैभन्दा धेरै फलोअर नेपालबाट फलोअरओङ्कका अनुसार भट्टराईका करिब पैँतालिस सय (४५००) फलोअर मध्ये करिब २ हजार फलोअर नेपालबाट रहेक